26/08/2026
३५औँ नेपाली भाषा मान्यता दिवस — भाषा, साहित्य र संस्कृतिको उत्सव
“भाषा हो सभ्यता हाम्रो,
सारा उदय उन्नति,
जीत, वैभव भाषामै
बाँच्छन् पछिसम्म यी।”
— बालकृष्ण सम
Paljor Namgyal Girls वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित ३५औँ नेपाली भाषा मान्यता दिवस भाषा, साहित्य, संस्कृति र राष्ट्रिय पहिचानप्रतिको सम्मान एवं गौरव अभिव्यक्त गर्ने विशेष अवसर बन्यो।
कार्यक्रमका विशिष्ट अतिथि श्री Prem Narayan Pradhan ज्यूको गरिमामय उपस्थितिले समारोहलाई अझ विशेष बनायो। उहाँलाई विद्यालयका उपप्रधानाचार्यज्यूद्वारा खदा, पुष्पगुच्छा तथा स्मृति–चिनो प्रदान गरी सम्मान गरिएको थियो।
नेपाली विषयकी PGT शिक्षिका Miss Elvina Tamang ज्यूले स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाली भाषाको इतिहास, साहित्यिक समृद्धि तथा यसको संरक्षणमा भावी पुस्ताको भूमिकामाथि प्रकाश पार्नुभयो।
विद्यार्थीहरूले कविता वाचन, नृत्य तथा ‘मुना–मदन’मा आधारित नाट्य प्रस्तुति मार्फत नेपाली भाषा र साहित्यप्रतिको आफ्नो प्रतिभा र सिर्जनशीलता प्रस्तुत गरे।
कार्यक्रमको समापनमा नेपाली विषयका PRT शिक्षक श्री Pradeep Chhetri सरले धन्यवाद ज्ञापन गर्दै विशिष्ट अतिथिज्यू, विद्यालय प्रशासन, शिक्षक–शिक्षिका, विद्यार्थी तथा कार्यक्रम सफल बनाउन सहयोग पुर्याउनुहुने सम्पूर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।
यस अवसरले हामीलाई पुनः स्मरण गरायो—
भाषा हाम्रो पहिचान हो,
साहित्य हाम्रो सम्पदा हो,
संस्कृति हाम्रो गौरव हो।
३५औँ नेपाली भाषा मान्यता दिवसको हार्दिक शुभकामना! 🤍💙