28/07/2026
डिभिजन वन कार्यालय, गुलरिया, बर्दियामा कार्यरत इन्जिनियर शुभम यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सार्वजनिक सेवामा आफ्नो पेशागत दायित्व निर्वाह गरिरहेका इन्जिनियरमाथि भएको यस्तो अमानवीय, हिंसात्मक तथा निन्दनीय घटनाको नेपाल इन्जिनियर्स एशोसिएसन (NEA), लुम्बिनी प्रदेश घोर भर्त्सना गर्दछ।
नेपाल इन्जिनियर्स एशोसिएसन (NEA)
लुम्बिनी प्रदेश