Bojini

Bojini Jiri Khola Hydropower Project situated in eastern Jiri of Jiri district started test production.

iri Khola Hydropower Project situated in eastern Jiri of Jiri district started test production. Bojini Company Private Limited is developing 2.4 MW project from two 1.2 MW . Jiri Khola is one of the tributaries of Khimti River which itself is tributary of Tamakoshi River. Through 7 Km transmission line of 33 kV capacity is connected to Nepal Electricity Authority substation at Jiri.

भदौ ३, दोलख

ा । जिल्लाको पूर्वी जिरीमा निर्माण सम्पन्न २ दशमलव ४ मेगावाट क्षमताको जिरी खोला जलविद्युत् आयोजनाले परीक्षण विद्युत् उत्पादन शुरू गरेको छ । जिरी–३, ४, ५ र ९ मा पर्ने जिरीखोला र सिक्रीखोलामा अलगअलग बाँध तथा खिम्तीखोलाको दोभानमा विद्युत्गृह निर्माण गरी मङ्गलवारदेखि परीक्षण उत्पादन शुरू गरेको हो । आयोजना निर्माण गरिरहेको बोजिनी कम्पनी प्रालिका आयोजना प्रमुख यज्ञ सुवेदीले १२ सय किलोवाट क्षमताको दुईओटा टर्बाइनमार्पmत परीक्षण उत्पादन शुरू भएको जानकारी दिए ।

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको ६ किलोमिटर लामो प्रसारण लाइनमार्पmत जिरी–७ स्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जडान गरिएको आयोजना प्रमुख सुवेदीले जानकारी दिए । आयोजनाबाट उत्पादित विद्युत् १५ दिनसम्म परीक्षणका रूपमा नेपाल विद्युत् प्राधिकरणलाई निःशुल्क उपलब्ध गराउने र त्यसपछि व्यापारिक उत्पादन हुने पनि उनले बताए ।

वार्षिक कुल १ करोड ४० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाको परीक्षण उत्पादनका क्रममा एकदेखि डेढ मेगावाटसम्म उत्पादन भइरहेको छ । सुवेदीका अनुसार ६ महीना पूर्ण क्षमतामा सञ्चालन हुने र सुक्खा मौसममा न्यूनमत १ मेगावाट विद्युत् उत्पादन हुनेछ । कुल रू. ४० करोड लागत अनुमान गरिएको आयोजना पूरा हँुदासम्म ५५ करोड रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ । पहिलो कन्सल्टेण्टले गरेको डिजाइन असफल भएपछि पूर्णरूपले ‘रिडिजाइन’ गर्नु परेको कारण १ वर्ष ढिला हँुदा बैङ्क ब्याज, मूल्य वृद्धि, प्रशासनिक खर्चलगायत कारण आयोजना सम्पन्न हुँदा १५ करोड रुपैयाँ लागत वृद्धि भएको हो ।

आयोजनाको बाँधदेखि २ हजार ८ सय मिटर पेनस्टक पाइपको प्रयोगद्वारा १ सय ३७ दशमलव ५ मिटर हेडबाट पानी खन्याएर विद्युत् उत्पादन गरिएको छ । साढे ३ वर्ष अघि निर्माण शुरू भएको आयोजना रन अफ दि रिभर प्रकृतिको हो । आयोजनाको कुल लागतमध्ये ७० प्रतिशत ज्योति विकास बैङ्क र प्रिमियम फाइनान्स लिमिटेडबाट संयुक्त ऋण र ३० प्रतिशत आयोजनाले व्यवस्था गर्ने गरी लगानी सम्झौता भएको थियो ।

Address

Jiri
Jiri

Alerts

Be the first to know and let us send you an email when Bojini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bojini:

Share

Category