Àløñè bøy

Àløñè bøy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Àløñè bøy, Aerospace Company, Kailali.

शिर्षक : Dear कान्छी भाग : पाँचौ लेखन : दिपेश गौतम (àløñè bøy) आँसु झार्दै भित्ता मा अडेस लाग्दै भुइमा बसे र कयौ दिन देख...
03/02/2019

शिर्षक : Dear कान्छी
भाग : पाँचौ
लेखन : दिपेश गौतम (àløñè bøy)

आँसु झार्दै भित्ता मा अडेस लाग्दै भुइमा बसे र कयौ दिन देखि थुनिएको बाध भरिएर फुटेको थियो रोकिने नाम लिएको थिएन बस बगिरहेको थियो बगिरहेको थियो .....

हात मा भएको चिट्ठी मैले बगाएको आसुले पुरै भिजी सकेको थियो । जसको कारण ले तल लेखिएको अक्षर हरु चिन्नी रहेको थिएन । अब हात मा उन ले मेरो लागि छोडेर गएको डायरी मात्रै थियो । बगिरहेको आँसु पुछ्दै जहाँ लडेको थिए चिट्ठी पढेर त्यो ठाउँ बाट उठेर सोफा मा बसे र उन ले छोडेर गएको डायरी खोले पहिलो पेज मा लेखिएको थियो : Dear डायरी तिमी सधैं मेरै साथ मा रहिरहनु चाहे खुसी हौ या दुखी । अनि दोस्रो पेज मा त्यो तस्वीर थियो जुन बेला हाम्रो भेट भएको थियो । ममि को साथी को छोरी को बिहेमा तर तस्बिर हेर्दा जस्तो लाग्थ्यो कि कसैले फलो गर्दा लिएको हो । अनि तेस्रो पेज मा त्यो तस्बिर थियो जुन उन ले मेरो प्रोफाइल खोल्दा स्क्रिन सट लिएको थिइन । अनि चौथो मा मेरो फ्रेन्ड रिक्योस्ट को अनि पाँचौ मा हामी हरु को पहिलो च्याट को स्क्रिन सट । त्यसरी नै प्रत्येक दिन को तस्वीर हरु डायरी मा टासिंएको थियो । जुन तस्बिर ले ती पूराना दिन झल झली याद दिलाउदै थियो । क्रमशः तस्वीर हरु हेर्दै गए बगिरहेको आँसु एकाएक रोकियो र ओठ मा थोरै मुस्कान आएको थियो बस त्यो डायरी ले गर्दा जस्मा हामी हरु ले बिताएको त्यो सम्पुर्ण याद हरु समाबेस थियो जुन धेरै रमाइलो थियो । तर मेरो त्यो खुसि धेरै बेर टिक्न सकेन । डायरी को पेज पल्टाउदै जादा पेज हरु खाली हुँदै गए । कहि 1 पेज कहि 2 पेज खाली हुँदै तस्बिर हरु टाँसिएको थियो । 1/2 पेज हुँदै पुरै खाली थियो 20/25 पेज । अनि 20/25 पेज पछि लेखिएको थियो : मेरो पहिलो भेट मेरो राजकुमार संग साथी वर्षा को बिहेमा भयो । साथ मा घोडा थिएन तर उसको त्यो हिड्ने चाल नै मन पर्यो । साथ मा प्रजा थिएन तर उन ले गरेको आदर सम्मान त्यो मन पर्यो अनि सबै भन्दा धेरै उन को मुस्कान जुन मुस्कान मा म फिदा भए तर बिस्तारै भिड बढ्दै गयो र मेरो राजकुमार मेरो नजर बाट टाढा हुँदै गयो । मेरो नजर ले खोज्दै जादा साथी वर्षा संग बोल्दै गरेको देखे र म पनि उनी हरु भए तिर केही नसोची हिडे तर फेरि त्यो भिड ले मेरो राजकुमार लाई लुकायो । खोज्ने क्रममा मैले केही फोटो हरु लिन सफल भएको थिए तर फोटो भने सोचे जस्तो लिन पाएको थिइन । धेरै खोजे तर कतै भेटीन र साथी वर्षा लाई सोध्छु भनेर वर्षा भए तिर गए र सोधे : अघि गफ गर्दै गरेको को हो ? साथी वर्षा : धेरै संग बोले अब त लाई को भनौ ? अनि मैले वर्षा लाई मैले लिएको फोटो देखाए र वर्षा मुस्कुराउदै भन्यो : उ मेरो भाइ । म : ए ए ... आफ्नै भाइ ? वर्षा : उम्म आफ्नै जस्तै जस्तै हो । म : एउटै आमा को त होइन नि ? वर्षा : होइन तर भाइ टीका चाहिँ लाउछौ । म : त्यसो हो भने ठिकै छ । तेरो भाइ सारै हेन्सम रहेछ । वर्षा: उम्म मेरो भाइ ले पनि तेरो तारिफ गर्दै थियो । मुस्कुराउदै मैले भने : ए होर ! के के भन्यो भन्न । वर्षा : अहिले? अलिक पछि भन्छु । म : नभन नभन तर तेरो भाइ को नाम चाहिँ भन । वर्षा ले नाम भन्यो । थोरै खुसी थिए वर्षा को कुरा सुनेर । तर त्यति धेरै खुसी पनि थिइन किन कि वर्षा को मजाक गर्ने बानी थियो । त्यस्तै मजाक मजाक मा धेरै लाई दुख दिएको थियो त्यसैले अलिक उसको कुरा को बिश्वास लाग्दैन थियो । मेरो नजर ले उस लाई खोज्दा खोज्दै बिहे पनि सक्यो र सबै आफ्नो घर जाने क्रममा सबै बिहे घर पुरै खाली भयो । घर गएर उन को नाम फेसबुक मा सर्च गरेर हेरे । खोज्दै जादा प्रोफाइल भेटे
र प्रोफाइल चेक गर्दै थिए उतैबाट फ्रेन्ड रिक्योस्ट आयो । त्यति खेर यदि खुसि नाप्ने कुनै यन्त्र हुन्थ्यो भने सायद त्यो यन्त्र गलत साबित हुने थियो । किन कि म यति धेरै खुसी थिएकी मेरो खुसी को कुनै सिमा नै थिएन ....
क्रमशः

( लेख्ने क्रममा धेरै गल्ती हरु गरे होला आसा छ हजुर हरुले माफी दिनु हुनेछ अनि हजुर हरु लाई कथा कस्तो लाग्यो कमेन्ट साथै सेयर पनि गरि दिनु होला , कहि केही कमि कमजोरी भए सल्लाह सुझाव पनि दिनु होला )
🌹🌹 धन्यवाद 🌹🌹

💞💞⚘⚘पल्लबि.....भाग:४लेखक: दिपेश गौतम (àløñè bøy) कृयया कुनै शब्द अशुद्द भएको खण्डमा क्षमाप्रार्थी छु🌹🌹...  क्रमश...........
29/01/2019

💞💞⚘⚘पल्लबि.....
भाग:४
लेखक: दिपेश गौतम (àløñè bøy)
कृयया कुनै शब्द अशुद्द भएको खण्डमा क्षमाप्रार्थी छु🌹🌹... क्रमश.........म बौला..यताबाट जवाफ फर्काएँ..ए बौला पो हो सन्चै छौ?....अँ ठिक छु अनि तिमी?...उम् म पनि ठिकै छु..उसको जवाफ आयो.. अनि किन फोन गरेको त बौला?.... ल किन फोन गरेको रे यो कस्तो प्रश्न...के जवाफ दिउँ.. मन अलिकति निरास भयो…सरि फोन गरेको राम्रो लागेन हो?.. यत्ति भनेँ.. नाई मेरो मतलब राम्रो लागेन भनेको होइन सधैं अनलाइन आउने मान्छे आज आएनौ त्यही भएर सोधेको उस्ले भनी...म्यासेजमा तिम्रो बोली सुन्न पाउँदिन त्यहि भएर तिम्रो यति मीठो बोली सुन्न फोन गरेको नि त..हल्का जिस्किँदै जवाफ दिएँ...लल धेरै नफुर्काऊ मेरो स्कुलको बस आयो म गएँ बाई भन्दै फोन काटिहालि..मेरो बाई सुन्ने फुर्सद नि छैन कति हतार भएको फोन काट्न मनमनमा सोच्दै मोबाइल खल्तीमा राखेर मपनि अफिस तिर लागेँ...म जब अनलाइन आउँछु उसको नामको छेउमा हरियो थोप्लो खोज्छु उ अनलाइन छ कि छैन..जब उसँग कुरा गर्न थाल्छु मेरो मनमा एउटा सोच आउँछ उसँग सधैं यसरी नै कुरा गरिराख्न पाऊँ हामी बिच कुनै न कुनै प्रसंग उत्पन्न भईरहोस्.....के ऊ पनि म जस्तै सोच्दि हो त? के ऊ पनि म अनलाइन आउने प्रतीक्षा गर्दि हो? के उ पनि मजस्तै अनलाइन देख्नासाथ बोल्न आतुर हुदिँ हो?... बोल्न थालेको बल्ल २/४ दिन त भएको छ म कसरी बुझ्दो हुँ उसको मनको कुरा..यसैपनि उ मनको कुरा बोल्ने खालकी नै कहाँ थिई र ... हरेक कुरामा आफ्नो छुच्ची शैलिको जवाफ फर्काउँथि..कहिलेकाही ऊ सोध्थि के गरिराछौ? ... म भन्थेँ तिम्लाई मिस् गरिराको....किन गरेको त?...फोन गर्थें..उसको उहीँ सवाल..किन गर्या त?....उफ् किन गरेँ भनुँ म...बिगतले छिन्नभिन्न पारेको मनस्थिति सम्हाल्न चाहन्थेँ म..आफुलाई ती बितेका भयानक दिनहरुबाट टाढा गराउन चाहन्थेँ म..कोहि होस् आफ्नोपन दिलाउने दुखि हुँदा सम्झाउने हौसला दिने सम्बनधको मिठास दिलाउने...तर ऊ त हरेक परिस्थितिमा छुच्चोपन देखाउँथि मानसिकता नै खलबलिने गरि...तर म यति कुरा त अड्कल लगाउन सक्थेँ उसको व्यवहार छुच्चो थिएन मनले हरेक परिस्थिति बुझ्न सक्थि तर ब्यबहारमा चाहिँ बनावटि शैली थियोे.....माघ महिना मेरो बर्थडे...साथीहरूलाई invite गरेको थिएँ...फेसबुकमा सबैलाई invite पोष्ट नि गरेको थिएँ सम्भवतः ऊ पनि देखेकि हुदिँ हो...धेरै साथीहरूले जन्मदिनको शुभकामना पठाएका थिए..साँझ साथीहरू अनि दिदिहरुको साथमा बर्थडे मनाएँ...राति सबैले पठाएका शुभकामना अनि म्यासेजहरु हेरेँ अहँ उसले ह्याप्पि बर्थडे भनेर न त कुनै म्यासेज गरेकि थिई न त कसैको पोस्टमा कमेन्ट् ...मन निरास भयो जाबो एउटा म्यासेज गर्न नि नसक्ने..हुन त उसलाई के मतलब उ पनि के मजस्तै सोच्दि हो र...यस्तै सोच्दै गर्दा म्यासेजमा टोन बज्यो..कसले गर्यो होला हत्तपत्त म्यासेज खोलेँ
क्रमश:🌹🌹💕💕
कथा कस्तो लाग्यो आफ्नो अमुल्य सल्लाह सुझावहरु दिन नभुल्नुहोला हजुरहरुको सुझावले नै मलाई अरु भागहरु लेख्नको लागि प्रेरणा मिल्नेछ धन्यवाद 🌹🌹💕💕⚘🙏

शिर्षक : मेरो प्रदेशी श्रीमान भाग : पहिलो लेखक : दिपेश गौतम (àløñè bøy) थाहा छैन गल्ती कस्को र कति बेला भयो !जब महसुस भय...
28/01/2019

शिर्षक : मेरो प्रदेशी श्रीमान
भाग : पहिलो
लेखक : दिपेश गौतम (àløñè bøy)

थाहा छैन गल्ती कस्को र कति बेला भयो !जब महसुस भयो तब जिउने आस मरेर गयो ! तिमी ले भनेका ती झुटा बात हरु याद गर्छु !अनि आँसु को मुहान फुटेर आदि तुफान मन भरी गयो ! अनि कहिले कहि त्यो पारी डाडा मा जान्छु र आफु ले आफै लाई प्रस्न गर्छु , आखिर यो सब के को लागि र कस्को लागि ? जस्ले छिन भर मै नाता तोडेर गयो , आफू खुसी भै आँसु छोडेर गयो , अनि मन लाई सम्झाउदै त्यो अतीत मा हराउछु र सपनी मा रमाउछु , सपना त सबैले सजाएको हुन्छ मन भरी तर पूरा कसैले गर्न सक्दैन वा पूरा हुदैन । भन्छन् नि अभागी खप्पर जता गएनी ठक्कर .... मेरो अतीत अनि सपना यस्तै छ , धेरै सपनाहरू थियो मन मा जुन जसरी पनि पूरा गर्छु , चाहे जे होस , अनि त्यो अन्तिम पल सम्म कोसिस गर्छु जब सम्म जीवन देखि हर्दिन भन्ने अठोट बोकेर अघि बडि रहेको थिए । एक दिन कोहि आउँछ र यो सानो गाउँ बाट त्यो ठूलो सहर मा लिएर जान्छ । मैले बगाएको आँसु को हरेक थोपा को मूल्य मलाई तितेर लिएर जान्छ । घर को जेठी छोरी थिए एउटा भाइ अनि दुई बहिनी पनि थियो एउटै कोख बाट जन्म नभएनी । सानै थिए रे म, आमा बित्नु हुदा त्यो पनि गाउले हरुले कुरा गर्दा सुनेको । सौतेनी आमा ले धेरै माया गर्नु हुनथ्यो रे सानो छदा खेरी तर जब आफ्नै सन्तान जन्म भए पछि म प्रती को माया सबै आफ्नै सन्तान तिर सार्नु भयो मैले महसुस गरे को थिए । सायद भाग्यमानी आमा को अभागी छोरी भएर जन्म लिएको थिए ! मेरो आमा सारै भाग्यमानी हुनु हुन्थ्यो रे , धेरै माया गर्ने श्रीमान (मेरो बाबा ) पाउनु भएको थियो रे । धेरै याद आउँछ आमा को तर मेरि आमा कस्तो हुनु हुन्छ त्यो पनि याद छैन । जुन बेला आमा बित्नु भयो त्यो बेला राम्रो क्यामेरा वाला मोबाइल हरु थिएन रे फोटो खिच्न लाई सहर आउनु पर्थियो रे । जब आमाको याद आउथ्यो अनि घर देखि धेरै टाढा एउटा सुन्सान ठाउँ मा ठुलो डाडा मा चडेर रुने गर्थिए अनि रुदा थोरै मन हलुका हुन्थ्यो अनि घर फर्किन थिए घाँस को भारी बोकेर । गाउका साथी कोहि पढ्न सहर गए कोहि बिहे गरेर गए कोहि थिएन मेरो साथी जस्लाइ म मेरो भावना बताउन सकु । बिहिनी थिइ मुस्कान मेरो हरेक काम मा हात बडाउने । मेरो कारण ले सानी आमा ले गाली गर्नु हुन्थ्यो तर पनि मुस्कान कहिलै सगाउनु छोडेन । धेरै माया गर्छे मुस्कान ले मलाई सायद मुस्कान ले गरेको माया अरु घर मा भएकाले पनि त्यस्को 1% माया गरि दिदा पनि कति खुसी हुन्थिए होला तर म अभागी को खप्पर मा दुख मात्रै लेखिएको थियो । कहिले काहीँ मुस्कान लाई पनि लाने गर्थिए त्यो ठाउँ मा जाहा म अक्सर जाने गर्छु । मुस्कान लाई पनि त्यो ठाउँ मन पर्थियो । त्यो ठाउँ बाट सहर पुरै देखिन्थियो । जब साझ पर्न लागेको हुन्थ्यो अनि सहर मा बलेको पत्ती ले झन छुट्टै सौन्दर्य देखिन्थियो । मानौ त्यो दृश्य यति सुन्दर देखिन्थ्यो कि त्यो पुर्णिामा मा जुन पनि फिक्का फिक्का लाग्थ्यो । यस्तै यस्तै मा दिन बित्तै गयो । धेरै चिज परिवर्तन भएको थियो तर मेरो जीवन मा केही परिवर्तन भएन सधै जस्तै त्यही घर को काम अनि घर को काम सकेर घाँस डाउरा गर्न जंगल जानू पर्ने । मुस्कान सहर गएकी थिइ पढ्न लाई बेला बेला फोन गर्थी मुस्कान ले धेरै कुरा हुन्थ्यो । उसले सबै कुरा मलाइ सुनाउथी दिन भरी कलेज मा के के भयो र दिन कसरी बित्यो । कहिले फोन आउथ्यो कहि आफैले गर्थिए । दिन भरी काम गरेर मन को भारी बिसाउन त्यही डाडा मा जाने गर्थिए । एक दिन त्यही डाडा मा बसिरहेको बेला पछाडि आबाज आयो ` हेल्लो मैयाँ ´ मैले पछाडि फर्किएर हेरे सानै को साथी सोम आएको रहेछ । म केही नबोली चुपचाप बसे । सोम नजिक घाँस को भारी मा अडेस लाग्दै भन्यो : तिमी यहाँ छौ म भने तिमी लाई गाउ भरी खोजेर ...... म फेरि पनि मौन थिए । मेरो मौनता लाई हेर्दै सोम ले फेरि भन्यो : श्रीमान ले छोडेर परदेश गाए जस्तै एक्लै टोलाएर बसिकी छौ नि कि सिर्जना ?? फेरि पनि म मौन नै थिए कारण थाहा छैन । सायद मलाई घमण्डी सोच्छन होला कोहि संग बोल्दिन । म मौन हुनु यदि घमण्ड नै हो भनी म घमन्डी नै छु । जो संग म नजिक हुन्छु एक्दिन उ उनै म लाई छोडेर टाढा गै दिन्छ अनि साथ यहि एक्लो पन र आँसु मात्रै हुन्छ । त्यसैले एक्लो नै म ठिक छु । धेरै बोलि रहेको थियो एक्लै । यस्तो बोलेको अस्ति भखरै गाउँ मा चुनाब हुदा साइला काका ले बोल्नु भएको थियो । आफू मात्रै बोली रहने अरु ले के चाहेको छ र आफुले के भन्दै छु कैको पर्वाह नगरी बोलेको बोलै । साझ पर्न लागेको थियो त्यसैले घाँस को भारी बोकेर अघि बढ्दै थिए । पछाडि बाट सोम ले हात समायो । मैले भने : के गरेको यो तिमी ले ? मेरो हात छोड ? सोम : ए तिमी बोल्छौ पनि पो , म त तिमी बोल्दैनौ र सुन्दैनौ पनि हो ला भन्ने सोचेको थिए ! खै घाँस को भारी म लाई देउ म बोक्छु .......
क्रमशः

( लेखनसैली नमिले पनि भावना बुझिदिनु हुन्छ भन्ने तपाई हरु बाट आशा गरेको छु अनि हजुर हरु लाई कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला , कहि केही कमि कमजोरी भए सल्लाह सुझाव पनि दिनु होला )
🌹🌹 धन्यवाद 🌹🌹

शिर्षक : Dear कान्छी भाग: चौथोलेखन : दिपेश गौतम (àløñè bøy) एउटा ठूलो डायरी अनि एउटा चिट्ठी हात मा ठमाउदै भन्नू भयो : छो...
27/01/2019

शिर्षक : Dear कान्छी
भाग: चौथो
लेखन : दिपेश गौतम (àløñè bøy)

एउटा ठूलो डायरी अनि एउटा चिट्ठी हात मा ठमाउदै भन्नू भयो : छोरी ले तिम्रो लागि छोडेर गएकी छिन लौ .......

भन्दै एउटा चिट्ठी को साथ मा डायरी मेरो हात मा ठमाइ दिनु भयो र मैले चिट्ठी खोले जस्मा लेखिएको थियो ......

खाएका बाचा कसम तोडेर जाँदै छु
यो मेरो मुटु तिमिलाइ छोडेर जाँदै छु

देख्न सकेन खुसी, स्वार्थी यो दुनियाले
त्यसैले आज बाटो अन्तै मोडेर जाँदै छु

हात समाइ हिडेको त्यही बाटो हुँदै
फुलले सजिएको डोलि चडेर जाँदै छु

हजारौं को नजर कतै लाग्छ कि भनी
डोलिमा चडी घुम्टो ओडेर जाँदै छु

आँसु एक दिन हासो जुनि जुनि तिमीलाई
नखसाल्नु आँसु,अधुरै कथा कोरेर जाँदै छु

बिर्सी देउ त्यो सम्पुर्ण यादहरु जुन याद मा तिमी र म मात्रै छौ । बिर्सी देउ त्यो बाचा कसम जुन तिमी र मैले खाएका थियौ । किन कि अब यति टाढा गैसकेकी छु जहा बाट न फर्किछु न तिमी संग हात मा हात राखी खाएका ती बाचा कसम हरु नै पूरा गर्न सक्छु । बस त्यो तातो दिपमा जलेर तिमी ले बगाएका आसु का धारा मात्रै देख्न सक्छु । त्यति बेला नरौ भन्दै तिमी ले बगाएका आँसु पनि त पुछ्न सक्दिन । म यति लाचार र बिवस भएको हुने छु कि चिच्याउदै बारम्बार मेरो नाम लिएर बोलाउदा पनि चुपचाप बसेर टुलुटुलु हेरि रहन मात्रै सक्छु । म त जाँदै छु तिमी लाई एक्लै छोडेर , तिमी र मैले गरेका सयौं बाचा कसम र सपनाहरू संगै लिएर । कुनै बेला झुक्किएर मेरो याद आयो भने यो डायरी हेर्नु र पढ्नु जस्मा मैले सम्पुर्ण याद हरु कोरेको छु जब तिमी संग भेट भयो र तिमी संग बिताएका हरेक पल हरु सम्हालेर राखेकि छु । सपना थियो नाति पनाती हरु लाई हाम्रो प्रेम सम्बन्ध को कहानी सुनाउने जुन अधुरो रहयो । भाग्य लेख्ने पनि स्वार्थी रहेछ राजेश जसले खुसी त लेख्यो तर सिमित । त्यसैले त आज तिम्रो सामुन्ने मा म छुइन । जस्तो सोचेका थियौ आज त्यस्तै भयो है हाम्रो प्रेम कथा । अक्सर तुलना गर्ने गर्थियौ नि हामी देबदास को प्रेम कथा संग । त्यसरी नै हाम्रो पनि सुरुवात र बिछोड हुँदै छ । फरक यति भयो कि त्यो कथा को अन्त्य मा पारो लाई देब ले छोडेर जान्छ अनि हाम्रो प्रेममा म छोडेर जाँदै छु । आसु एक दिन अनि हासो जुनि जुनि तिमी लाई , नखसाल्नु है आँसु , म त अधुरै कथा कोरेर जाँदै छु । पत्र पढ्दा पढ्दै आँखा रसाएको थियो । हात ले पत्र समाउन सकि रहेको थिन र लेखिएको अक्षरहरु आँखा मा भरी भरिएको आँसु ले देख्न सकिरहेको थिइन । आँसु झार्दै भित्ता मा अडेस लाग्दै भुइमा बसे र कयौ दिन देखि थुनिएको बाध फुटेर आयो । रोकिने नाम लिएको थिएन बस बगिरहेको थियो बगिरहेको थियो .....
क्रमशः

( लेख्ने क्रममा धेरै गल्ती हरु गरे होला आसा छ हजुर हरुले माफी दिनु हुनेछ अनि हजुर हरु लाई कथा कस्तो लाग्यो कमेन्ट साथै सेयर पनि गरि दिनु होला , कहि केही कमि कमजोरी भए सल्लाह सुझाव पनि दिनु होला )
🌹🌹 धन्यवाद 🌹🌹(page like share comment harna na bhulnu hola)

काल्पानिक.....Àløñè ...💕 # # दर्बारमार्ग बाट रत्नपार्क बत्तिको बिल तिर्न अफिसले दिउँसोको २ बजे तिर मलाईनै पठाईदियो..सदा ...
27/01/2019

काल्पानिक.....
Àløñè ...💕
# # दर्बारमार्ग बाट रत्नपार्क बत्तिको बिल तिर्न अफिसले दिउँसोको २ बजे तिर मलाईनै पठाईदियो..सदा अरु भाईहरुले तिर्ने गर्थे आज खै किन हो मलाईनै पठाईदिए...एक शब्द नबोलि रत्नपार्क तर्फ मोडीए..जत्ति पाईला चाँल्थे उसैको आभाष हुन्थ्यो खै किन हो...😢मन त्यही उ टाँढा हुने कुराले तंरगीत बनाईरहेको थियो.... बत्तिको बिल तिर्ने ठाँउमा पुगेको पत्तै भएन रहेछ सेक्युरीटी दिदी: भाई बत्तिको पैसा बुझाउनु आउनुभएको हो.. उता पट्टिको ६ नंम्बर कोठामा जानुस... म केही बोलिन.. यद्दपी फिस्स हासो पनि दिईन् दिदी आफै फिस्स हासिन् टोकन सिस्टम रहेछ एउटा टोकन लिए मेरो नम्बर थियो ६०४ नजिकैको घण्टा घरको बेला बेला बज्ने टङ्ग टङ्ग घण्टीको आवाज होस त टोकन सिस्टम्मा बोल्ने ति दिदीको आवाजले होस केवल मलाई घच्घचाई रहन्थ्यो..केबल म उसैको यादमा हुन्थे हो उसैको... बल्ल बल्ल झण्डै आदा घण्टाको रफ्तारमा मेरो पालो आयो बिल अनुशार पैसा तिरे र मोडीय उही दर्बारमार्ग तर्फ...रत्नपार्कको आकाशे पुलमा भिड उस्तै थिए कोही कलेज ड्रेसमा त कोही ग्रन्स पाईट्मा सजिएर मन्दमुस्कान सहित हिडीरहेका थिए केबल म थिए एक नौलो पनमा...पुल माथि ट्राउजर ५००को दुईटा ५०० को दुईटा भन्नेको आवाज गुन्जन्थे त कतै १०००|१५०० पर्ने जुत्ता मात्र ६५०/९५० र ११५० मा भन्ने माईकमा बोलेको आवाज मात्र गुन्जिरहेथ्यो त कतै १०० को तिनजोर मोजा भन्नेहरुका आबाज सुनिन्थे...तंरगित मन्ले उही समिझीरह्यथ्यो...१०० मा तिन जोर मोजा आउछ...६५० मा एक जोर जुत्ता आउछ तर म किन एक्लो छु... यस्तै यस्तै कुरा मनैमा ढुलाउदै पुलको रेलिङ्ग बारमा समात्दै बसेको झण्डै आदा गण्टा भईसकेछ घण्टाघरले दिएको समय कसरी नपत्याउनु...धेरै बेर उभिएको देखेर होला हात भरि एर्फोन र चार्जर बोकीरहेको दाईले नजिकै आएर भन्यो भाई १५० एकजोर एर्फोन लैजानुस...बोहनी भाको छैन मिलाएर लैजानुस दाई म आफै सिङ्गल छु दुईओटा किन चाहीयोर मुखबाट फ्याटै खुस्कीएछ...ति दाई हल्का सर्टको बट्न मिलाउदै भाई कस्लाई कुरीरहेको एक आदा घण्टा देखी उभिरहेको देखीरहेछु...Aakrti फ्याटै मुख बाट फुत्किएछ. ए हैन दाई त्यतिकै रमाईलो दृस्य हेर्दै बसेको फिस्स हाँसे...अनी भाई नँया हो र...? अर्को प्रश्न गरिरहेका थिए ति दाई म चुप बसे फेरी सोदे भाई यहा नया होर...? बिचरा उसलाई के थाँहा होस मेरो मनको पिढा एक जोर एर्फोन राम्रो खाले दिनुस्न त प्रतिउतरमा जवाफ दिए..यि हेर्नुस भन्दै फर्क फर्क ब्राण्डका एर्फोनहरु देखाईरहेका थिए कुनै मन परेन त कुनै मोबाईलमा मिल्दैन थियो बल्ल बल्ल एउटा मन पर्यो तर कलर मन परेन सेतो थियो...सोचे सबै कुरा कहा मन पर्रने पाईन्छ त सेतो कलर जोगाउन गार्हो दाग लागिहाल्ने डर एकजोर एर्फोन लिए फेरी फेरी पनि आउनुहै भाई म फिस्स हाँसे सम्बन्ध जोड्न कत्ति सजिलो छ है.. हो त्यही संमबन्ध बचाउन कत्ति गार्हो छ त केबल म उसैको आभाषमा तड्पिरहेको एक अन्जान सहात्रीलाई मात्र थाहा थियो... हुन्छनी दाई फेरी भेटौला भन्दै मन भरि उसैको यादहरुको भंगालो बोकी म दर्बारगमार्ग तिर मोडीए...
# #सोचे... भरोसामानै अडीयको रहेछ जिन्दगी नत्र किन कसैले भन्दा हुन् ...

फेरी भेटौला..💕
# miss eu 😢

पल्लबि...भाग:३लेखक: दिपेश गौतम (àløñè bøy)  कृपया कुनै शब्द शुद्ध नभएको खण्डमा क्षयमा प्राथि छु..🙏🙏⚘⚘😊.एकछिन पछि रिप्लाई...
26/01/2019

पल्लबि...
भाग:३
लेखक: दिपेश गौतम (àløñè bøy)
कृपया कुनै शब्द शुद्ध नभएको खण्डमा क्षयमा प्राथि छु..🙏🙏⚘⚘😊.एकछिन पछि रिप्लाई आयो..अँ हो नि त...सायद मनले उस्लाई आफ्नो ठानिसकेछ क्यारे त्यसैले त होला उसको जवाफले मेरो मन नराम्रोसँग चिमोटिएको थियो.. राम्री मान्छे जत्ति सबै के खान हत्तारमा बिए गर्छ होला जस्तो पनि नलागेको होईन केही जवाफ दिन सकिन एकछिन पछि केवल एउटा sad वाला ईमोजि रिप्लाई गरेँ.....उताबाट रिप्लाईमा आयो हाँसोको ईमोजि मात्र...किन हाँसेको..? मैले तत्कालै सोधेँ..केहि बेरमा रिप्लाई आयो ..बौला पत्याको हो..? म त मजाक पो गरेको😁😁... हासको ईमो सहितको😊 अब भने म ढुक्क भएँ खै किन हो ओईलाएको साँगझै म एकै छिनमा खाईलाक्दो भएर आए .. किनकिन उस्ले भनेको बौला शब्द उसको त्यो चन्चले बानी उसँगका कुराकानी मलाई निकै प्यारो लाग्न थालिसक्यको थियोे...अरु बेला भन्दा धेरै म पनि काममा बिजि हुन थालेको थिएँ सायद उ पनि बिजि हुँदि हो... हाई हलो र सन्चो बिसन्चो का छोटो सम्बाद मै प्राय दिन हरु काटिरहेका हुन्थियौ..सधैं हामी बोल्ने एउटै समय हुन्थ्यो..साढे नौ देखि दसबजे सम्म.. के गरिराछौ म सोध्थेँ उसको जवाफ हुन्थ्यो स्कुल जान चोकमा बस कुरिराको...सधैंको त्यहि समय र त्यहीँ ठाउँ थियो उसको मसँग कुरा गर्ने.. सधैं झैँ हाईहेल्लो को च्याटिङपछि मैले एक दिन उसलाई मेसेन्जरमा फोन गरेँ... निकै मिठो लाग्यो मलाई उसको आवाज...अब भने ममापनि उसलाई जिस्काउने अलिअलि हिम्मत आएको हुदो हो उसको चन्चले स्वभावले गर्दा...मेसेन्जर कलमा कुरा कहिले काँही हुन्यो अब भने हामी तपाई बाट तिमीमा झरिसकेका थियौ र पहिलाको सम्बन्ध भन्दा अल्लि नजिक भैसकेको थियौ..कुराकानिको सिलशिलामै सोध्य अनि खाना खयौ त....? अँ खाँए.. मैले जिस्कदै सोध्य अनि खै त मलाई...?उत्ता बाट रिप्लाई आयो भ्याईयो.. छैन तिम्लाई त... खङरङ्ग सुकेको मकैका ढोडझै भए म त उसको एकै शब्दमा जिस्कने मुडनै हरायो..के भनु मनमा दोधार भैरहेको थियो..यत्तिकैमा भन्दिए.. तिमी कति छुच्चि छौ है मलाई खाना नराख्देको... म त एक्लै छु त्यही भएर खाना बनाउन नि अल्छी लागेर भोकै हिँडेको अफिस फिस्स हासेको ईमोसहित ...म पनि त आँफै बनाएर खाएर हिँडेको तिमी पनि आँफै बनाउन अल्छी बौला.. उस्को प्रतिउतर यस्तो आउथ्यो कि हर चिजमा उ छुच्चिपन देखाउथि.. ...गफैगफको सिलिसिलाम भनेँ..अनि तिमी नम्बर नदिने नै हो त छुच्चि प्लिज नम्बर देउ न म अरुजस्तो होइन नि जतिबेलासुकै फोन गरेर डिस्टर्व गर्दिन..अलोन फिल भाको बेला तिम्लाई फोन गर्छु नि है अनि तिमी स्याड भएको बेला मलाई फोन गर म तिमीलाई हसाउँछु दुखि हुन दिन्न हामी बेस्टफ्रेन्ड बनौँ न है.....एकछिन पछि उनले भनिन् अँ..हुन्छ तर म मेरो नम्बर एकचोटि मात्र भन्छु तिमी सम्झ है... खुशी हुदै भने हुन्छनि डियर ...उनले नम्बर भनिन् 98........सम्झियौ बौला? अँ सम्झिएँ पछि फोन गर्छुनि है ..... ल ल हस् मेरो स्कुलको बस आयो म गएँ है बाई बौला टेक केयर भन्दै कल काटेर उनी अफ भईन्... उनिसँगका कुराकानी उनको बोली सम्झिदै म पनि कामतर्फ लागेँ....अब दिनहरु सामान्य हुँदै थिए बिगतका तिता यादहरु कम हुँदै जान थाले उनिसँगको कुराकानी र सामिप्यता बढ्दै गयो..एकदिन साबिकझैँ उनीसँग अनलाइन मा कुरा गर्ने समयमा उनलाई कल गरेँ...एकछिन पछि फ‍ोन उठ्यो...उताबाट आबाज आयो ...हेल्लो......को बोलेको? उनको प्रस्न..... म बौला यताबाट जवाफ फर्काएँ.....ता की उसैले बौलाहा बौलाह भन्दा भन्दै मेरो निक नेमै भईसकेको थियो
क्रमश🌹🌹💕💕
# #स्टोरि कस्तो लाग्यो...?सल्हा सुझाब दिन नभुल्नुहोला😊💕💕⚘

26/01/2019

✍✍कुनै नारिले कुमारित्व (भर्जिन) गुमाउनु ठुलो कुरा होईन...🤚🤚 तर कुमारित्व(भर्जीन) जो सँग गुमायो पछि त्यसैलाई गुमाउनुचै ठुलो कुरा हो...🤚🤚 त्यसैले बिवाह भन्दा पहिलेको सम्बन्ध त्याहा सम्म मात्र राख्नुस...जुन जाजयज छ.. तपाईको ईज्जत तपाईको हातमा छ...मुनामदन लाई फ्लप पार्ने माँया को आँस देखाई तिम्रो शरिरमा नङ्गा गाडि गिद्धले झै लुच्छी लुच्छी यौवनको प्यास मेटाई तिम्लाई घारिमी लगेर फाल्ने ब्वाँसोको कमि छैन.. त्सैले भन्छु प्रिय दिदीबैनी हो भाग्य जन्मेको छौटौ दिन भाबिले लेख्छ भने भबिष्य आफैले लेख्ने हो...
# #नोटःसायद यो पोस्ट प्रायलाई नराम्रो लाग्न सक्छ तर बास्तविक यहि हो...🤚🤚 आफ्नो प्रतिकृया राख्न सक्नुहुनेछ... # Gautam # # #(àløñè bøy)

25/01/2019

#जीवनको_मूल्य ??
एकजना मान्छेले बुद्धलाई सोधे, ‘जीवनको मूल्य कति हो ?’ बुद्धले ती मानिसलाई एउटा चम्किलो ढुंगा दिएर भने, ‘बजारमा जाउ र यो ढुंगाको मूल्य पत्ता लगाएर आउ तर यो ढुंगालाई तिमीले बेच्न पाउने छैनौ ।’
ती मानिस ढुंगा बोकेर बजारमा गए र एक सुन्तला व्यापारीलाई सोधे, ‘यसको मूल्य कति हो ?’ सुन्तलावालाले चम्किलो ढुंगा बोक्यो र भन्यो, ‘१२ सुन्तला लेउ र यो ढुंगा मलाई देऊ ।’
ती मानिस एक सागसब्जी बेच्ने व्यापारी भएको ठाउँमा गए र सोही प्रश्न दोहोर्याए । ती सब्जी व्यापारीले भने, ‘एक बोरा आलू लेउ र यो ढुंगा मलाई देऊ ।’ ऊ सुन पसलेकोमा गयो र त्यही प्रश्न सोध्यो । सुन व्यापारीले भने, ‘५० लाख दिन्छु, यो ढुंगा मलाई बेच ।’ उसले हुँदैन भन्यो । तत्काल व्यापारीले भन्यो, ‘त्यसो भए २ करोडमा देउ अथवा यसको मूल्य कति हो भन ।’ उसले सुनारलाई आफूलाई गुरुले यो ढुंगा बेच्ने अनुमति नदिएको सुनायो ।
त्यो मानिस ढुंगाको मूल्य पत्ता लगाउन एक हिरा व्यापारीको पसलमा गयो र पत्थर देखायो । हिरा व्यापारीले उक्त मानिसको अमूल्य रुबी हेर्दै त्यसलाई रातो कपडामा बिछ्याएर परिक्रमा गर्दै ढोग्यो । हिरा व्यापारीले भने, ‘कहाँबाट ल्यायौ यो अमूल्य रुबी ? सारा संसार बेच्दा पनि यसको मूल्य आउँदैन । यो अमूल्य छ ।’
ती मानिस हैरान भएर सिधै बुद्धकोमा फर्किए । सबै वृत्तान्त बताएर पुनः सोधे, ‘अब भन्नुहोस् भगवान, मानवीय जीवनको मूल्य के हो ?’
तब बुद्धले जवाफ दिए–
सुन्तला व्यापारीलाई देखायौ भने यसको मूल्य १२ वटा सुन्तला बतायो । सब्जीवालाले यसको मूल्य १ बोरा आलू लगाए । सुनारले २ करोड तोके भने हिरा व्यापारीले अमूल्य भने । मानवीय मूल्यको कुरा पनि यस्तै हो ।
यसर्थ, बुझ्न सक्यौं भने, हामी सबैको जीवन अमूल्य छ, तर अरुले आफ्नो औकात अनुसार हाम्रो जीवनको मूल्य तोक्छन् । तर कुनै दिन तपाईंको मूल्य बुझ्ने मानिस पनि भेटिनेछ, यसकारण जीवनमा सधैं आशावादी हुनुपर्छ र आफ्नो जीवनप्रति सकरात्मक हुनुपर्छ ।

पल्लबि..    भाग:२लेखक : दिपेश गौतम (àløñè bøy)..  # #कृपया कुनै शब्द शुद्ध नभएको खण्डमा क्षयमा प्राथि छु⚘🙏🙏  ..........स...
25/01/2019

पल्लबि..
भाग:२
लेखक : दिपेश गौतम (àløñè bøy)..
# #कृपया कुनै शब्द शुद्ध नभएको खण्डमा क्षयमा प्राथि छु⚘🙏🙏
..........सब एक एक गरेर चिहाउन थाले ता कि प्रहरीले अब्राधी माथि खान्तालासि गरिरहेको छ...बल्ल थाँहा भो एक बर्ष अगाडि मैले फ्रेनरिक्वईस पठाको रहेछु...सायद त्यहि पिढाको बेलामा हुदो हो...लगातै मेसेज छोडे एक बर्ष लाग्दो रहेछ है एड गर्न.. हासेको ईमोसहित😊..क्रमश भाग:२👇👇👇👇.......BHAUL😂 हासेको ईमो सहित लगातै अर्को मेसेज आयो..दङ्ग परे अन्जान मान्छेले एक्कासी यस्तो मेसेज पठाँउदा कतै मैले पढ्न त मिस्टेक गरिन..? दोराह्राई तेराई हेरे के भन्न खोजिएको थियो । बुझ्नै सकिन..फिस्स 😊 हासेको ईमोईज मात्रको मेसेज पठाँए...लगातै अर्को मेसेज आयो..कँहा नी...लु फेरि अर्को आपत के भन्या हो..?के भन्न खोजिएको हो ..?एक चोटि त मान्छे मात्र राम्री हो कि क्या हो दिमिख खुस्केको छ कि क्या हो नसोचेको पनि हैन😊 ए हजुर हजुरले के भन्न खोज्नु भएको मैले त पटकै बुझिन है.. १० मिनेटको अन्तरालमा मेसेज आयो..स्किनसर्ट रहेछ..मैले एक बर्ष पहिले पठाँएको मेसेजको ... हजुरलाई मैले आज बसमा देखेको थिएनी...😊 मन गलेर आयो मुटुका भल्भहरु रगत कन्टोल गर्न नसकि रहेको जानकारी गराउदै थिए हात गोडा लुला भएका थिए ओठ तालु एक एक सुकिरहेको थियो.. एक बर्ष अगाडि गरेको मेसेज त्यो पनि आफैले कुन मोड्मा गरे..?के सोचेर गरे..? उसलाई कँहा देखे..? हरे अर्को आपत मेसेजको रिप्लाई के दिउ..?आफैमा प्रशनहरु उठिरहेको थिए..त अर्का तिर यति राम्री मान्छे बोलि रहेकी छे.. कुरा त मिलारै गर्.. एक मनले चिमोटिरहेको थियो...पठाईदिए मेसेज हावामा 😂 म बुटवलमा जाँदै थिए..त्यहि बेला बस मा देखेको थिए... समयोग बस भनु वा मेरो उनि सँग को नजानिदो पाराको सम्बन्ध अगाडि बढाउने भाग्य चम्किएको भनौ..उस्को घर बुटवलनै रहेछ..😊 हो र ...? अर्को मेस्ज आयो... अ 😊 फिस्स हासेको ईमोईज सहित अर्को मेसेज पठाई दिए.. अनि तपाईको घर कतानी...? अर्को मेसेज आयो..मेरो काभ्रे 😊 यसरिनै बिस्तारै हाम्रो परिचय हुदै गयो...दिन बित्तै थियो उनि शिक्षिका रहेछीन्.. फेस्बुकमा अन्लाईन देख्ने बितिकै हामि hi/hlo गरिहाल्थियो..मनले सोचेको जस्तो..अरु केटी जस्तो पटकै सोचिन मैले उसलाई हाई हलो हुन्थो सन्चो बिसन्चो सोधिन्थो बस यतिमै सिमीत.. उ भने मलाई प्राया मेसेजमा जिस्काउथ्यो के छ बौला..? खाना खायो बौला..? उफ्फ मेरो त नामै राखिसकेकि थिई.. बौलाहा सोच्थे किनमलाई बौलाह भन्छ के..? मायाले..? रिसले..?..या मनजितेर भनि आफैमा प्रशन गरिरहन्थ्यो अब सोध्ने कुरै भएन.. मलाई उस्ले तिमी भन्थेयो म चाँही तपाई भन्थे..उस्ले जे भने पनि म सिधा सिधा उतर दिन्थे..खै किन हो म उ सँग जिस्कन चाँहान्थे तर फिलिङ्सनै आउदैन थियो.. त्यति धेरै अनलाईन बस्दिन थिए म काम सकेर बेलुकी साँझ मात्र अनलाईन आउथे हाम्रा सम्बन्ध खासै केहि थिएन..कहिले बोल्थियौ त कहिले बोल्दैन थियो..एक दिन जिस्कने मुडमा हुदो हु म..ओ म्याडम हजुरको नम्बर दिनुस त..फिस्स हासेको ईमो सहितको मेसेज पठाई दिए...मेसेज आयो केहि बेरमा त्यही बेला ब्यालेन्स सकिएर मेसेज हेर्न पाँईन.. दौडिए पसल तिर रिचार्ज किन्न गए..हाले अनि फेरी अन्लाईन आए..मेसेजमा लेखिएको थियो....बौला बुढोले थाँहा पायो भने मार्छ... सँङरङ्ग सुकेको भदौको मकैका बोट्झै भए एकासी.. उम्लिरहेको पानिमा रायोको साँग चोबालेझै फत्तक भएका थिए शंरिर ..खै कि न हो..सायद मनले थोरै आफ्नो ठान्यो अथवा मात्र राम्री लाग्थ्यो जे होस ओठ तालु सुक्ने गरी...जवाफ पाएको थिए...थर्रर हात कपाँउदै मेसेज लेखे तिमी म्यारिड हौ र...? केहिबेर पछि मेसेज आयो.....क्रमश
हजुरहरुलाई स्टोरी कस्तो लाग्यो पढेर सल्ला सुझाव दिनुहुन्छ भन्ने अपेक्क्षा गर्दछु..😊⚘⚘🙏🙏

शिर्षक : Dear कान्छी भाग : तेस्रो लेखन : दिपेश गौतम (Àløñè bøy).. अचानक सामुन्ने गाडी आयो गाडिमा त ठोकाइन भन्ने थाहा थिय...
25/01/2019

शिर्षक : Dear कान्छी
भाग : तेस्रो
लेखन : दिपेश गौतम (Àløñè bøy)..

अचानक सामुन्ने गाडी आयो गाडिमा त ठोकाइन भन्ने थाहा थियो तर जब आँखा खुलेको थियो तब म हस्पिटल को बेड मा थिए ....

अनि मेरो शरीर मा पुरै बेण्डिस लगाइएको थियो । बेड बाट उठ्न धेरै कोसिस गरे तर सकिन । केहि बेर पछि नर्स आउनु भयो र मैले सोधे : सिस्टर ! म यहाँ आएको कति भयो ? सिस्टर : ठ्याक्कै भन्न त सक्दिन तर म यहाँ आएको चाहिँ 1 महिना भयो । पहिला अर्कै हस्पिटल मा काम गर्थिए अहिले यता आएकी छु । म : आज कति गते हो सिस्टर ? सिस्टर : 8 feb 2017 । तपाई आराम गर्दै गर्नुस म हजुर को गार्जेन लाई खबर गरि दिन्छु । यति भन्दै सिस्टर त्यहा बाट जानू भयो । म त हस्पिटल जोइन भएको पनि झण्डै 2 महिना पो भएको रहेछ । 24 घन्टा नबोली बस्दा मेरो हालत यस्तो भयो झन कान्छि को अवस्था कस्तो भएको होला झन उनी त म संग नबोली बसेको 2 महिना बिति सक्न आटेको छ । उन को अवस्था र हाल खबर सोध्न लाई म संग केही साधन थिएन । त्यतिकै बेड मा पल्टी रहेको थिए । केही बेर पछि बुबा आमा र केही साथी हरु त्यहा आए र कस्तो छ अहिले तलाई यस्तै यस्तै कुरा कानी भयो । होस आएको हप्ता दिन पछि म लाई घर लगियो । तर मलाई भेट्न कान्छी हस्पिटल आएको थिएन । सायद उन लाई खबर गरेको थिएन होला । घर पुगेर मामु लाई सोधे : मामु नेहा मलाई भेट्न आएकी थिइ? मामु : उम्म आएकी थिइ तर धेरै अगाडि । म : मामु मेरो मोबाइल ? मामु : तेरो मोबाइल त पुरै फुटेको थियो । त्यसैले मोबाइल बनाउन दिएको छु । धेरै कुरा नसोच छोरा बस आराम गर । म : आराम पनि कति गर्नु मामु 2 महिना त सुतेरै बिताए छु । बरु तपाई को मोबाइल मलाई एकछिन दिनु । मामु : दिन त दिन्छु तर धेरै बेर चलाउन पाउदैन्स । म : हुन्छ मामु । मामुले पनि मोबाइल दिनु भयो र सुरु मा कान्छी को नम्बर डाइल गरे तर फोन अफ रहेछ । नेहा को फोन लागि रहेको थिएन । धेरै बेर ट्राइ गरे तर प्रत्येक पट्क फोन काटियो । अनि फेस बुक खोले । तर मैले यो भुले छु कि उन ले त फेसबुक मा पनि ब्लग गरेकी छिन भन्ने । त्यति खेर यति धेरै बौलाहा सरह भएको थिए कि मामु को मोबाइल पनि भुइँमा पछारेर फुटाइ दिए । यति धेरै छट्पटी, यति धेरै रिस! कन्ट्रोल गर्न सकि रहेको थिइन । साथी हरु लाई पनि फोन गरेर सोध्ने कोसिस गरे कहाँ छिन उनी र के गर्दै छिन तर जवाफ मा सबैले एउटै भन्ने गर्थियो : घर मै छिन , चिन्ता नगर म खबर गरि दिन्छु । तर यस्तो भनेको पनि साथि हरु हप्ता दिन बिति सक्दा पनि उनको हाल खबर के कस्तो छ भन्ने खबर आएको थिएन । पानी बिना जसरी माछा छट्पटीन्छ त्यसरी नै म छट्पटी भएको थिए बस उन को कमि ले गर्दा र एक दिन उन को घर जाने निश्चिति गरे र उन को घर गए । एक जना बाहिरै बसिरहनु भएको थियो र म उहाँ भए नजिक गए र केही भन्न खोज्दै थिए उहाँ ले नै भन्नू भयो : तिमी राजेश ? म : हजुर तर ... उहाँ : छोरी ले तिम्रो तस्बिर देखाएकी थिइ । म: नमस्ते बुबा , अनि छोरी खै ? उहाँ : नमस्ते नमस्ते बाबू , तर तिमी आउन अलिक डिला गर्यौ बाबू । म : ढिला ! मैले अलिक कुरा बुझिन बुबा? उहाँ : एक छिन बाबू । यता आउ । भन्दै कोठा भित्र लानु भयो र एउटा ठूलो डायरी अनि एउटा चिट्ठी हात मा ठमाउदै भन्नू भयो : छोरी ले तिम्रो लागि छोडेर गएकी छिन लौ .......
क्रमशः

( लेखनसैली नमिले पनि भावना बुझिदिनु हुन्छ भन्ने तपाई हरु बाट आशा गरेको छु, लेख्ने क्रममा धेरै गल्ती हरु गरे होला आसा छ हजुर हरुले माफी दिनु हुन्छ भन्ने अनि हजुर हरु लाई कथा कस्तो लाग्यो कमेन्ट गर्नु होला, कहि केही कमि कमजोरी भए सल्लाह सुझाव पनि दिनु होला )
🌹🌹 धन्यवाद 🌹🌹

25/01/2019
शिर्षक : Dear कान्छी भाग : दोस्रो लेखन : दिपेश गौतम (àløñè bøy )तनाव मा मोबाइल खाट को एका तिर फ्याले र म अर्को तिर पल्टि...
24/01/2019

शिर्षक : Dear कान्छी
भाग : दोस्रो
लेखन : दिपेश गौतम (àløñè bøy )

तनाव मा मोबाइल खाट को एका तिर फ्याले र म अर्को तिर पल्टिए । केही बेर पछि मोबाइल को घण्टी बज्यो ..

कान्छी ले फोन गरि भनेर फोन खाट बाट उठाए तर साथी ले गरेको रहेछ । फोन रिसिभ गर्दै भने : रोमियो सन्चै छ ? रोमियो : सास फेरि राछु यार अनि तँ? म : म पनि यार .. अनि के कति काम ले सम्झिस यति राती ? रोमियो : भोलि को लागि सम्झिएको यार । म : भोलि के होर ? रोमियो : तैले लात खाइस अब ! प्लान बनाउने त आफै अनि त लाई थाहा छैन । म : के को प्लान अनि कस्तो प्लान ? रोमियो : ड्राइभ टुर को प्लान तेरो अनि फेरि अहिले आएर थाहा छैन भन्छ । सबै ले पछि जानू पर्छ अहिले ब्यस्त छौ भन्दा तै आफै कर गर्छ अनि सबै रेडि भए पछि त बाङ्गिन्छस लात हानौ तलाई ! म: ठिकै छ नि त जाउ न त । तर सुन्न रोमियो हाम्रो फेरि ब्रेकअप भयो यार । मेरो कुरा सुनेर मुस्कुराउदै रोमियो : ए होर फेरि तर कति मिनेट को लागि ? म : पुरै 24 घन्टा को लागि । रोमियो : ए पुरै जिन्दगी भर कै लागि रहेछ त ....... तिमी हरु को सधै को नाटक । फोन राखे मैले भोलि जक्सनमा बिहानै आइजा है । म : हुन्छ यार । यति भन्दै फोन राख्यो । त्यति बेला सम्म लगभग रात को 11/12 बजि सकेको थियो । आँखा ले पनि साथ दिन छोड्यो अनि लामो सास फेर्दै सुते मन मा कयौ सपनाहरु बोकेर कतै सपनी मै भए पनि भेटी पो हाल्छु कि भनी । कान्छी सङ्ग भेट भए देखि पहिलो पटक छिटो र अबेर सम्म सुतेको थिए । खाट मा छामेर फोन खोजे र फोन को लक खोले लगभग 8 बज्न लागेको रहेछ अनि 13 मिस्कल सबै साथी हरु ले फोन गरेको रहेछ । अनि मैले रोमियो लाई फोन लाए म घर बाट निस्किए तिमी हरु काहा छौ भन्दै । जबाफ मा रोमियो ले भन्यो : तेरै घर को बरण्डा मा बसिरहेका छौ त्यही आइजन । आज चाहिँ के के खाने भए , राती नै लात खान्छस त भन्दै थियो । आखा मिच्दै बाहिर निस्कीए सबै साथी हरु कुर्सी मा बसेर चिया पिउदै थिए । अनि मामु ले भन्दै हुनु हुन्थ्यो तिम्रो साथी सारै बिग्रीसक्यो यति बेर सम्म सुतेको सुतै छ काम धन्दा केही छैन खायो सुत्यो डुल्यो यस्तै छ । बुबाले काम मा लाई दिएको थियो 3 महिना पनि टिक्न सकेन । के गरि खान्छ होला यस्ले । मेरो साथी सुमित ले भन्यो : आन्टी अब छोरो को बिहे गर्दिनुस अनि लाइन मा आफै आउछ । मामु : तिम्रो साथी ले मेरो कुरा सुने पो कति भन्नू उसलाई कोहि केटि मन पराएको छस भने भन म कुरा गर्न जान्छु भनेर । अहिले नै बिहे गर्दिन भन्छ । रोमियो : कुन केटीको माया प्रेम मा छ म नाम भनौ आन्टी ? मामु : अ बाबू भन्न त को हो ? अनि म बिच मै कुरा काट्दै : `मामु भोलि जानू पर्छ बुहारी को घर , वर माला किन्दै गर्नुस ´ यति भन्दै म त्यहा पुगे । अनि म लाई देखेर रोमियो ले भन्यो : यो त कुरा पो सुनिरहेको रहेछ जान छिटो रेडि हु । म : साथी हरु बस्दै गर म आइ हाले है त । यति भन्दै म रेडि हुन लाई भित्र फेरि छिरे र केही बेर मै रेडि भएर म बाहिर निस्किए । तर अचम्म को कुरा के थियो भने म बाहिर आउने बितिकै त्यहा हल्ला गरिरहेको साथी हरु एकाएक चुपचाप भएको थियो । पछि कुरो बुझ्दा रोमियो ले सबै बताइ दिई सकेको रहेछ मेरो र नेहा ( कान्छी ) को बारेमा । अनि मामु ले भन्नू भयो : भने पछि मेरो छोरा ले बुहारी भगाएर ल्याउने भयो । म : ह्या मामु पनि के कुरा गर्नु भको के ? मामु : रोमियो ले भनी सक्यो सबै कुरा अब धेरै नख्रा देखाउनु पर्दैन । तिमी हरु घुम्म जाउ अहिले फर्किएर आए पछि सल्लाह गर्नु पर्छ बसेर तेरो बुबा संग । म : हुन्छ मामु । यस्तै यस्तै गफ को अन्त्य पछि हामी सबै साथी घुम्न लाई भनी निस्कियौ । त्यो चिसो मौसम मा 70/80 को स्पिड मा हुइकाइएको बाइक ले कसैको कमि महसुस गराउदै थियो त त्यो हो कान्छी । घुम्न त आइयो तर मन मस्तिष्क मा भने उनी नै उनी छाएको थियो । यात्रा को पहिलो गन्तव्य धरान मा बाइक रोक्यौ र खाजा खान लाई एउटा रेस्टुरेन्ट मा छिर्यौ । र साथी रोजन ले भन्यो : अन्तिम गन्तव्य हुदा त अल्कोहल पिउदा हुन्थ्यो , मौसम पनि चिसो थियो तर यात्रा लामो छ फेरि मापासे मा परिन्छ । सौगात : त्यस्तो सोच्दै छ , म त के सोच्दै छु भनी नि एउटि साथ मा गलफ्रेन्ड हुदा झन रमाइलो हुन्थ्यो भने । शिशिर : अनि गलफ्रेन्ड नहुने ले चाहिँ घर मा भएको श्रीमती ल्याउनु पर्ने थियो होला हैन , नचाहिने कुरा मात्रै गर्छ । रोमियो : भोक लागेको बेला हल्ला नगरन यार के खाने हो सल्ला गरन यार । सुमित : ज्यान भने बिग्सोको जस्तो छ कति भोक लाग्दो रहेछ यसलाई । यस्तै यस्तै कुरा गर्दै खाजा मगायौ र खाएर त्यहा बाट निस्कियौ । अनि भेडेटार हुँदै नमस्ते झर्ना पुग्यौ । पहिलो पटक नेहा संग आउदा धेरै सुन्दर लागेको थियो त्यो ठाउँ तर अहिले उजाड लागि रहेको छ । उनी संग आउदा बिताएको त्यो पल झल झली नजर सामुन्ने नाची रहेको थियो । त्यो प्रत्येक सिडि जुन उकालो चड्न नसकेर कहिले हात समाएर त कहिले बोकेर हिडेको प्रत्येक सिडिले उन को कमि को आभाष गराउदै थियो । साथी हरु झर्ना को मुनि पानी मा ओर्लिएर फोटो चिच्दै थिए , सबै को मुहार मा खुसी देखिन्थ्यो तर किन किन त्यो माहोलमा म अन्जान ब्यक्ती सरह थिए । न त्यो सुन्दर दृश्यले लोभ्यायो न त झर्नाको त्यो चिसो हावाले नै मन सान्त बनायो । पिपल लाई पात ले साथ छोडे जस्तै अनि जुन लाई बादल ले डाके जस्तै उजाड र अन्धकार भएको थियो त्यो पल । दिन त जसो तसो बित्यो साझ मा होटल मै बाँस हुने भयो । साथी हरु ले मदिरा र मासु को आइटम हरु मगाए र रात भरी त्यसैको नसामा झुम्न थाले । खादिन भन्दा पनि साथी ले खुवायो तर थोरै भन्दा भन्दै कति खेर धेरै भएछ थाहा नै भएन । बिहान होटल बाट निस्कदा पनि राती पिएको नसाले छोडेको थिएन । साथी हरु घर फर्किने अब भन्दै जिद्दी गर्न सुरु गरे र होटल बाट बिदाइ लिदै घर तर्फ लाग्यौ । आउदा जुन उत्साह र उमंग थिएन त्यो घर फर्किदा थियो किन कि 24 घन्टा पूरा भै सकेको थियो । बस अब घर सम्म पुग्न मात्रै हतार थियो त्यसैले त बाइकको गति बढाएको थिए साथी हरु लाई पछि पार्दै । मस्तिष्क भरी उनी नै उनी थिइन तर अचानक सामुन्न

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Àløñè bøy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share