03/02/2019
शिर्षक : Dear कान्छी
भाग : पाँचौ
लेखन : दिपेश गौतम (àløñè bøy)
आँसु झार्दै भित्ता मा अडेस लाग्दै भुइमा बसे र कयौ दिन देखि थुनिएको बाध भरिएर फुटेको थियो रोकिने नाम लिएको थिएन बस बगिरहेको थियो बगिरहेको थियो .....
हात मा भएको चिट्ठी मैले बगाएको आसुले पुरै भिजी सकेको थियो । जसको कारण ले तल लेखिएको अक्षर हरु चिन्नी रहेको थिएन । अब हात मा उन ले मेरो लागि छोडेर गएको डायरी मात्रै थियो । बगिरहेको आँसु पुछ्दै जहाँ लडेको थिए चिट्ठी पढेर त्यो ठाउँ बाट उठेर सोफा मा बसे र उन ले छोडेर गएको डायरी खोले पहिलो पेज मा लेखिएको थियो : Dear डायरी तिमी सधैं मेरै साथ मा रहिरहनु चाहे खुसी हौ या दुखी । अनि दोस्रो पेज मा त्यो तस्वीर थियो जुन बेला हाम्रो भेट भएको थियो । ममि को साथी को छोरी को बिहेमा तर तस्बिर हेर्दा जस्तो लाग्थ्यो कि कसैले फलो गर्दा लिएको हो । अनि तेस्रो पेज मा त्यो तस्बिर थियो जुन उन ले मेरो प्रोफाइल खोल्दा स्क्रिन सट लिएको थिइन । अनि चौथो मा मेरो फ्रेन्ड रिक्योस्ट को अनि पाँचौ मा हामी हरु को पहिलो च्याट को स्क्रिन सट । त्यसरी नै प्रत्येक दिन को तस्वीर हरु डायरी मा टासिंएको थियो । जुन तस्बिर ले ती पूराना दिन झल झली याद दिलाउदै थियो । क्रमशः तस्वीर हरु हेर्दै गए बगिरहेको आँसु एकाएक रोकियो र ओठ मा थोरै मुस्कान आएको थियो बस त्यो डायरी ले गर्दा जस्मा हामी हरु ले बिताएको त्यो सम्पुर्ण याद हरु समाबेस थियो जुन धेरै रमाइलो थियो । तर मेरो त्यो खुसि धेरै बेर टिक्न सकेन । डायरी को पेज पल्टाउदै जादा पेज हरु खाली हुँदै गए । कहि 1 पेज कहि 2 पेज खाली हुँदै तस्बिर हरु टाँसिएको थियो । 1/2 पेज हुँदै पुरै खाली थियो 20/25 पेज । अनि 20/25 पेज पछि लेखिएको थियो : मेरो पहिलो भेट मेरो राजकुमार संग साथी वर्षा को बिहेमा भयो । साथ मा घोडा थिएन तर उसको त्यो हिड्ने चाल नै मन पर्यो । साथ मा प्रजा थिएन तर उन ले गरेको आदर सम्मान त्यो मन पर्यो अनि सबै भन्दा धेरै उन को मुस्कान जुन मुस्कान मा म फिदा भए तर बिस्तारै भिड बढ्दै गयो र मेरो राजकुमार मेरो नजर बाट टाढा हुँदै गयो । मेरो नजर ले खोज्दै जादा साथी वर्षा संग बोल्दै गरेको देखे र म पनि उनी हरु भए तिर केही नसोची हिडे तर फेरि त्यो भिड ले मेरो राजकुमार लाई लुकायो । खोज्ने क्रममा मैले केही फोटो हरु लिन सफल भएको थिए तर फोटो भने सोचे जस्तो लिन पाएको थिइन । धेरै खोजे तर कतै भेटीन र साथी वर्षा लाई सोध्छु भनेर वर्षा भए तिर गए र सोधे : अघि गफ गर्दै गरेको को हो ? साथी वर्षा : धेरै संग बोले अब त लाई को भनौ ? अनि मैले वर्षा लाई मैले लिएको फोटो देखाए र वर्षा मुस्कुराउदै भन्यो : उ मेरो भाइ । म : ए ए ... आफ्नै भाइ ? वर्षा : उम्म आफ्नै जस्तै जस्तै हो । म : एउटै आमा को त होइन नि ? वर्षा : होइन तर भाइ टीका चाहिँ लाउछौ । म : त्यसो हो भने ठिकै छ । तेरो भाइ सारै हेन्सम रहेछ । वर्षा: उम्म मेरो भाइ ले पनि तेरो तारिफ गर्दै थियो । मुस्कुराउदै मैले भने : ए होर ! के के भन्यो भन्न । वर्षा : अहिले? अलिक पछि भन्छु । म : नभन नभन तर तेरो भाइ को नाम चाहिँ भन । वर्षा ले नाम भन्यो । थोरै खुसी थिए वर्षा को कुरा सुनेर । तर त्यति धेरै खुसी पनि थिइन किन कि वर्षा को मजाक गर्ने बानी थियो । त्यस्तै मजाक मजाक मा धेरै लाई दुख दिएको थियो त्यसैले अलिक उसको कुरा को बिश्वास लाग्दैन थियो । मेरो नजर ले उस लाई खोज्दा खोज्दै बिहे पनि सक्यो र सबै आफ्नो घर जाने क्रममा सबै बिहे घर पुरै खाली भयो । घर गएर उन को नाम फेसबुक मा सर्च गरेर हेरे । खोज्दै जादा प्रोफाइल भेटे
र प्रोफाइल चेक गर्दै थिए उतैबाट फ्रेन्ड रिक्योस्ट आयो । त्यति खेर यदि खुसि नाप्ने कुनै यन्त्र हुन्थ्यो भने सायद त्यो यन्त्र गलत साबित हुने थियो । किन कि म यति धेरै खुसी थिएकी मेरो खुसी को कुनै सिमा नै थिएन ....
क्रमशः
( लेख्ने क्रममा धेरै गल्ती हरु गरे होला आसा छ हजुर हरुले माफी दिनु हुनेछ अनि हजुर हरु लाई कथा कस्तो लाग्यो कमेन्ट साथै सेयर पनि गरि दिनु होला , कहि केही कमि कमजोरी भए सल्लाह सुझाव पनि दिनु होला )
🌹🌹 धन्यवाद 🌹🌹