Konjyosom suppliers pvt.Ltd

Konjyosom suppliers pvt.Ltd Local Business

18/06/2025
30/11/2024

ए हजुर! घर बनाउदै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस । हामी तपाईंलाई सुफत मुल्यमा घर बनाउने सम्पुर्ण निर्माण सामाग्रीहरू प्रदान गराउछौ ।


📌 गिट्टी ,
📌 बालुवा,
📌 चिप्स,
📌 ईट्टा,
📌 माटो

📌 बास लगायत हाड्वेयर सम्बन्धि सम्पुर्ण सामान यकै छाना मा उपलब्ध छ।

र अग्रिम बुकिङ गर्नेलाई बिशेष छुटको पनि ब्यबस्था छ ।

Hey! Remember us if you are building a house. We provide you with all the construction materials to build your house at affordable prices like Gravel, Sand, Chips, Brick, Block, Soil etc. and there is also a special discount for those who book in advance. Do you want to build a house using quality building materials? If interested, contact today:
☎️: 985-1341469 9745301174 (WhatsApp/ Viber)

13/04/2024

नव वर्ष २०८१ सालको देश/ बिदेशमा रहनु हुने सम्पुर्ण आफ्नो आफन्त इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना🙏

21/11/2023

घर बनाउन अनुमानित लागत कसरी निकाल्ने ? यस्तो छ इञ्‍जिनियरकाे सुझाव
घर बनाउन अनुमानित कति लागत लाग्छ भन्ने कुरा थाहा नभई घर बनाउन सुरु गर्ने आँट पनि आउँदैन

घर बनाउने वित्तिकै खर्चको कुरो हाइहाल्छ । जीवनभर कमाएर एउटा घर बनाउनुपर्ने हुन्छ । एउटा कन्सल्ट्यान्ट वा ठेकेदारले दिएको लागतमा भरोसा गरेर घर बनाउनुपर्छ । यदि हामीलाई घर निर्माणका विषयमा सामान्य जानकारी पनि भएन भने ठगिन सक्ने सम्भवना हुन्छ ।

आज हामी तपाईंलाई घर बनाउन लाग्‍ने अनुमानित लागत कसरी निकाल्ने ? तपाईंलाई अरुले दिएको रेट सहि हो वा गलत हो ? महंगो हो वा सस्तो हो ? कसरी छुट्याउने भन्‍ने बारेमा जानकारी गराउन गइरहेका छौं ।

यदि तपाईं घर बनाउने सोँच्दै हुनुहुन्छ वा बनाइसक्नुभयो भने पनि तपाईंलाई पक्कै यो कुराले सोँच्‍नै बाध्य बनायो होला । घर बनाउन आँटेपछि कति लागत लाग्ला, आफुसँग भएको बजेटले पुग्‍ने हो कि खोज्‍नु पर्ने हो भन्‍न‍े चिन्ताले पनि सताउँछ ।

घर बनाउन अनुमानित कति लागत लाग्छ भन्‍ने कुरा थाहा नभई घर बनाउन सुरु गर्ने आउँट पनि आउँदैन । यदि तपाईंले आफुसँग ४५/४५ लाख रुपैयाँ साथमै छ, त्यती रकमले त अढाई तलाको घर बनिहाल्छ नि भनेर निर्माण सुरु गर्नुभयो भने मोटो रकम ऋण लिनुपर्ने स्थिती आउँछ ।

अढाई तलाको घर २०/२५ लाख मै बन्‍ने हो कि, ४०/४५ लाख रुपैयाँ लाग्‍ने हो कि, ७०/७५ लाख वा १ करोड नै छुन्छ भन्‍ने थाहा पाउनुभयो भने तपाईं घर बनाउँदा ऋणमा डुब्नु हुँदैन । आफ्नो बजेट व्यवस्थापनमा पनि सहज हुनेछ ।

सबैभन्दा पहिला के बुझौँ भने, लागत भनेको घरको साइज र डिजाइनमा धेरै भर पर्छ । तपाईंको छिमेकीले ३ आना जग्गामा ७० प्रतिशत जमिन ओगटेर (करिब ७०० बर्गफिट)को घर बनाउन जति खर्च गर्नुभयो, त्यती नै लागतमा ४ आना जग्गामा (करिब ९५० बर्गफिटको) घर बनाउन सम्भव नै हुँदैन । त्यसो त घरको क्षेत्रफलले मात्र होइन होइन कि घरको फिनिसिङ कस्तो गर्ने, कति महंगो सामान प्रयोग गर्ने, सिमेन्ट, डन्डी, इँटा कस्तो प्रयोग गर्ने भन्‍ने कुराले पनि लागत फरक पारिदिन्छ ।

घर बनाउन ठेक्का दिनेहरुले अहिले बजारमा चलेको वर्गफिटको आधारमा रेटको कुरा गर्नुपर्ने हुन्छ, जुन अत्यन्तै अव्यावहारिक र अफ्ठ्यारो कुरा हो । हामी प्राविधिकलाई समेत झुक्याउने गरि रेट राख्‍ने चलन बजारमा चलेको हुन्छ ।

हिजोआज सामाजिक सञ्‍जालहरुमा नयाँ कन्सन्ट्रक्सन कम्पनी भन्दै प्रतिबर्गफिट ३ हजार, २८ सय, २५ सय हुँदै २२–२३ सयसम्ममै राम्रो फिनिसिङसहितको घरको चाँबी दिने भनेर विज्ञापन गरेको पनि देखिन्छ । यस्ता विज्ञापन मान्छेलाई दिग्भ्रमित पार्ने गरि राखिएको हुन्छन् । सबैको उदेश्य झुक्काउने नहोला, तर तपाईं चनाखो भने हुनुपर्छ ।

कतिसम्मको रेट ठिक हो त ?

माथि उल्लेख गरेअनुसार घरको लागत घरको आकार र फिनिसिङमा भर पर्छ । त्यसैले यति नै रेट ठिक हो भनेर ठ्याक्कै भन्‍न सकिदैँन । तपाईंको आवश्यकता अनुसार रेट फरक पर्न सक्छ ? अनि फेरी अर्को बिर्सिनै नहुने कुरा चाहीँ बर्गफिटमा रेट आउँदा घरको के–केको क्षेत्रफल नापिने हो भनेर पनि राम्रोसँग बुझ्नुपर्छ ।

उदाहरणका लागि– ३ आना जग्गामा अढाई तले घर बनाउँदै हुनुहुन्छ भने त्यसमा ३ वटा स्लयाब ढलान गरेको हुन्छ । मानौं, अनुमानित क्षेत्रफल २ हजार बर्गफिट निस्कियो भने त्यो स्लयाबको क्षेलफल हो । अब त्यसमा प्रिल्थ (घरको ग्राउन्ड फ्लोर)को एरिया करिब ७०० बर्गफिट हुन्छ ।

अब तपाईं पहिले निर्माण कम्पनिमा जानुभयो भने प्रतिबर्गफिट ३२ सय रुपैयाँ रेट पाउनुहोला । अर्को निर्माण कम्पनीमा जानुभयो भने प्रतिबर्गफिट ३६ सय रुपैयाँभन्दा तल काम गर्न सकिन्‍न भन्‍ने जवाफ पाउनुहोला ।

अझ ३२ सय भन्‍नेले एकदमै राम्रो फिनिसिङ, मार्बल, ग्रेनाइट, किचेन, फल्सिलिङ सहितको घर बनाइदिन्छु भन्छ । ३६ सयको रेट दिनेले साधारण फिनिसिङ हुन्छ फल्सिलिङ मार्बल ग्रेनाइट हुदैन भन्‍न सक्छ ।

यहाँ प्रतिबर्गफिट ३६ सय रुपैयाँ रेट भन्‍नेले मार्जिन धेरै राख्यो भनेर बुझ्नुभन्दा पहिले उसले त्यो रेटमा के–के सेवा र कस्तो सामाग्री दिन खोजेको छ त्यो बुझ्नुपर्छ । यस्तै, एरिया नाप्दा के–के नाप्छ त्यो पनि बुझ्नुपर्ने हुन्छ ।

प्रतिबर्गफिट ३२ सय लागत भन्‍नेले सायद एरिया नाप्‍ने बेला २०००+७०० गरेर २७०० को हिसाब गरेको हुन सक्छ र ३६ सय भन्‍नेले २ हजार बर्गफिटको मात्र हिसाब गर्ने पनि हुन सक्छ ।

यदि यस्तो भयो भने ३२ सय रेट भन्‍ने पहिलो कम्पनीका अनुसार घर बनाउँदा कुल लागत ८६ लाख ४० हजार रुपैयाँ पर्न आउँछ । ३६ सय रुपैयाँ रेट भन्‍ने दोश्रो कम्पनिका अनुसार घर बनाउँदा कुल लागत ७२ लाख रुपैयाँमात्र पर्न आउँछ । यहाँ सस्तो रेट भन्‍ने सँग भन्दा महंगो रेट भन्‍ने सँग घर बनाउँदा उल्टै घर बनाउने लागत कम हुने भयो । बढि रेट भन्‍नेले झन् थोरै पैसामा बनाउँछु भनेको पो रहेछ ।

अब ७२ लाखमा काम गर्ने कम्पनीले दिएको सस्तो रेटमा फिनिसिङ पनि काम नै हुने भयो ।

त्यसैले मार्केटमा चलेको यो रेट युद्धमा नफस्नु होला । कति रेट तिर्नुपर्यो भन्दा पनि जम्मा लागत कति पर्ने भयो भन्‍ने कुराले तपाईंलाई फरक पार्ने हो । त्यसैले कसैले मेरो रेट यति हो भन्यो भने जम्मा कति पर्ने भयो त भनेर पनि सोध्‍न नभुल्नु होला ।

यसो भन्दैमा प्रतिबर्गफिट ३२ सय र ३६ सय रेट नै ठिक भन्‍न खोजिएको भने होइन । सबैले आ–आफ्नो रेट राख्‍ने गर्छन्, सबैको काम गर्ने तौरतरिका र रेट पनि फरक हुन्छन् ।

अजिरा बिल्डर्सले दिने रेटमा जहिले पनि भुइँको क्षेत्रफल गणना गरिदैन। साधारण रुपमा हामीसँग दुई किसिमको रेट हुन्छन्, मध्यम आय हुनेको लागि स्टेलर प्याकेज र उच्च आय हुनेको लागि स्टेलर प्लस प्याकेज ।

स्टेलर अन्‍तर्गत इकोनोमीक (३२५० प्रति बर्गफिट), स्टान्डर्ड (३५५० प्रतिवर्ग फिट) र प्रिमियममा (४१५० प्रतिवर्ग फिटमा) मा काम गरिरहेका छौं । स्टेलर प्लसअन्तर्गत लक्जरी होम डिजाइन र निर्माण ४८ सय रुपैयाँ प्रति बर्गफिटबाट सुरु हुने गरि गरिराखेका छौँ ।

यो सबै प्याकेजमा प्रयोग हुने सामाग्रीहरु फरक भए पनि निर्माण गुणस्तर भने सबैमा बराबर नै कायम हुन्छ ।

अन्तिममा, रेटको बारेमा छलफल धेरै लामो हुन्छ । एउटा सामाग्रीले मात्र घर बन्‍ने होइन । हजारौँ साना–साना कुराको ध्यान दिनुपर्ने हुन्छ । सबैको छुट्टाछुट्टै गुणस्तर र रेट पनि हुन्छन् । त्यसैले कति रेटमा काम गर्दा सिमेन्ट, डन्डी, ट्रायल, मार्बल, कलर, झ्याल ढोकाजस्ता थुप्रै सामान कस्ता र कति रेटका प्रयोग हुने हुन सबै कुरा पहिले नै निक्यौल गर्नुपर्छ ।

यति मात्र होइन तपाईंको घरको नक्सा डिजाइनले पनि तपाईंको घरको लागतमा धेरै नै फरक पर्छ । यसको बारेमा अर्को दिन चर्चा गरौँला ।

समग्रमा घरको नक्सा डिजाइन, निर्माण सामाग्रीको छनौट, सामाग्रीको मुल्यजस्ता थुप्रै कुराहरुले घरको लागतमा धेरै फरक पर्छ । घर बनाउने स्थानले पनि फरक पर्छ । काठमाडौँमा बनाउनु र चितवनमा बनाउनुमा पनि निर्माण सामाग्रीको मुल्यको कारण घरको मुल्य फरक पर्छ ।

Address

Kageshwari Manhara 5 Thali
Kathmandu
44601

Telephone

+9779851341469

Website

Alerts

Be the first to know and let us send you an email when Konjyosom suppliers pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Konjyosom suppliers pvt.Ltd:

Share