17/04/2026
नेपालमा राजनीतिज्ञहरूको सम्पत्ति छानबिन गर्ने विषयले चर्चा पाइरहेको छ। यो कदमले accountability र transparency तर्फ संकेत गर्छ, तर civil engineering को दृष्टिले हेर्दा एउटा ठूलो प्रश्न उठ्छ , के हाम्रो infrastructure sector पनि यस्तै जवाफदेही छ?
नेपालमा धेरै परियोजनाहरू समयमै सकिँदैनन्, लागत बढ्छ, र अन्त्यमा quality मा compromise हुन्छ। तर यस्ता विषयमा वास्तविक audit र जिम्मेवारी निर्धारण कम देखिन्छ। यदि कुनै project ढिला भयो भने त्यसको कारण के हो? design fault, planning weakness, contractor performance, कि supervision failure? यी सबै कुरा स्पष्ट रूपमा analyse हुनुपर्छ।
विकास केवल budget खर्च गर्ने कुरा होइन, त्यो कसरी खर्च भयो र त्यसले कस्तो structure उत्पादन गर्यो भन्ने हो। जबसम्म project-level accountability, transparent reporting, र technical audit लाई कडाइका साथ लागू गरिँदैन, तबसम्म infrastructure development सधैं कमजोर नै रहन्छ।
यदि देशले वास्तवमै transparency चाहन्छ भने, त्यो केवल व्यक्तिको सम्पत्तिमा होइन, प्रत्येक निर्माण परियोजनामा देखिनुपर्छ। यहीँबाट वास्तविक परिवर्तन सुरु हुन्छ।