07/08/2026
कुराे यस्ताे आयाे।।
सबै मन्त्रालयबाट खरिदार–सुब्बा ‘आउट’ ! तीन वर्षभित्र दरबन्दी शून्य बनाउने सरकारको निर्णय 😮
ओ एण्ड एममा अहिले नै खरिदार र नायब सुब्बाका करिब ४ सय दरबन्दी कटौती, बाँकी दरबन्दी पनि तीन वर्षभित्र स्वतः खारेज हुने; मन्त्रालयलाई ‘अधिकृतमूलक’ बनाउने नीति।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित १८ वटै मन्त्रालयमा खरिदार र नायब सुब्बालाई शून्य बनाउने भएको छ । मन्त्रालयहरुलाई अधिकृतमूलक प्रशासन बनाउने अवधारणा अनुसार सरकारले आगामी ३ वर्ष भित्र सबै मन्त्रालयमा खरिदार र नायब सुब्बाको दरबन्दी शून्य पार्ने निर्णय गरेको हो । त्यसअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटै मन्त्रालयबाट खरिदार र नायब सुब्बा (नासु) तहका दरबन्दी तीन वर्षभित्र पूर्णरूपमा हटाइने भएको छ ।
सरकारले हाल भइरहेको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) मार्फत मन्त्रालयमा रहेका राजपत्र अनंकित कर्मचारीका दरबन्दी क्रमशः कटौती गर्दै लैजाने र ओ एण्ड एम स्वीकृत भएको मितिले तीन वर्षभित्र खरिदार र नासुको दरबन्दी शून्यमा झार्ने निर्णय गरेको हो ।
यससँगै संघीय मन्त्रालयमा अब अधिकृत, उपसचिव, सहसचिव, सचिव र मुख्यसचिव तहका कर्मचारीको प्रशासनिक संरचना रहनेछ । कार्यालय सहयोगी तथा चालकजस्ता सहयोगी तहका कर्मचारी भने यथावत् रहने बताइएको छ ..Aashman Upadhaya - आसमण उपाध्यायTanka K.C
Target PsTul Khadka - तुल खड्काDeba Raj Luitel देबराज लुइटेल
Laxman ShahiKamal Bhusal-कमल भुसालBalenBharat Khanal - भरत खनाल
Post credit __ DJ Bajgain-डिजे बजगाईं sir