Shree ganesh fiber industries

Shree ganesh fiber industries We are Manufacturer of Composite fiber Doors, Windows, Door & Window Frame, school table, desk, bench, chair, Bathtub, fiber Sheets and other FRP Products.

With board 3D Digital Door.

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। शुभ साइत अनुसार भाइटीका बिहान ११ बजेर ३९ मिनेटमा गर्ने उ...
23/10/2025

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। शुभ साइत अनुसार भाइटीका बिहान ११ बजेर ३९ मिनेटमा गर्ने उत्तम मानिन्छ। दाजुभाइ–दिदीबहिनीबीच माया, स्नेह र आशीर्वाद साटासाट गर्ने अवसरको रुपमा यो पर्व मनाइन्छ। सबैले परम्परा र संस्कृतिप्रति सम्मान राख्दै रमाइलो र मंगलमय दिन बीतोस ।

12/05/2025

किराँतीहरुको महान चाड उभौली साकेला तथा बुद्ध जयन्तीको सबैलाई हार्दिक शुभकामना🌹🌸🌹🌿🥰

ॐ विश्वकर्माय नमः।। जय श्री विश्वकर्मा बाबा।। विश्वकर्मा पूजाको हार्दिक शुभकामना।। आश्विन संक्रान्ति अर्थात्  कन्या संक्...
16/09/2024

ॐ विश्वकर्माय नमः।। जय श्री विश्वकर्मा बाबा।। विश्वकर्मा पूजाको हार्दिक शुभकामना।।
आश्विन संक्रान्ति अर्थात् कन्या संक्रान्तिलाई देवगणका शिल्प विशेषज्ञ भगवान श्री विश्वकर्माको बिसेष पूजा आरधना गर्ने परम्परा रहेको पाईन्छ। खासगरी बर्षमा ४ पटक विश्वकर्मा पूजाको महत्व राख्दछ। कार्तिक शुक्ला प्रतिपदा (गोवर्धन पूजा),भाद्रपद पंचमी (अंगिरा जयन्ति), मे दिवस र कन्या संक्रान्तिको दिनलाई विश्वकर्मा-पुजा महोत्सव पर्वको रुपमा उल्लेख गरेको पाईन्छ। तिनै लोकमा आराध्य देव बाबा बिश्वकर्मा लाई कला र शिल्प समुदायले ठुलो पर्वको रुपमा मान्ने गरेको देखिए पनि सबै वैदिक सनातनिहरूले पूजा गर्नु राम्रो हुनेछ। उहाँलाई पुज्नु कला, शिप र मजदुर बर्गको सम्मान गर्नु हो। सत्ययुगमा स्वर्गलोक , त्रेतायुगमा लंका ,द्वापर युगमा द्वारका कलियुगको आरम्भ पूर्व इन्द्रप्रस्थको भगवान विश्वकर्मा द्वारा निर्माण गरेको मानिएको छ। आजको आधूनिक यूगमा पनि देव शिल्पी भगवान श्री विश्वकर्मा बाबाले वैदिक कालमा गरेको प्रविधि तथा अनेक निर्माणका अनुसरणकै कारण बिश्वजगतमा ठुला ठुला भवन,विमान,जहाज लगायत बिबिध कला र प्रविधिको निर्माण भएको देखिन्छ ।विश्वकर्मा पूजाको दिन उद्योग कलकारखानाको कार्य पुर्णरूपमा बन्द गरिन्छ । सवारी साधन धोइ पखाली गरिन्छ । मजदुर हरु पुर्ण बिदामा हुन्छन् र कलकारखानामा भेला भएर ध्वजा पतका फुल मालाले कारखाना सजाएर माटो दवार निर्मित विश्वकर्मा बाबाको मुर्तिमा पूजा गर्ने तथा आफुले प्रयोग गर्ने फलामका मेसिनरी औजार ओरपर झकिझकाउ बनाउनुका साथै मेसिनमा स्वस्तिक लेखी पुजा गर्ने गर्दछ्न । आआफ्नो सवारीसाधनमा विश्वकर्मा भगवानको फोटो टासि पूजा गर्ने गरेको देखिन्छ। विश्वकर्मा बाबाको पूजाको भोलिपल्ट बाजागाजाको सहित नजिकैको खोला या नदीमा बाबाको मुर्ति सेलौना लाने प्रचलन रहेको छ।
Happy Vishwakarma Day ❤️🙏

नेपाली नारीहरुको महान पर्व हरितालिका (तीज) २०८१ को  अबसरमा देश  विदेशमा रहनु भएका सम्पूर्ण  नेपाली  नारीहरूमा हार्दिक शु...
06/09/2024

नेपाली नारीहरुको महान पर्व हरितालिका (तीज) २०८१ को अबसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली नारीहरूमा हार्दिक शुभकामना ।
श्री गणेश फाईबर ईन्डटिज परिवार

तिजको शुभकामना🙏
06/09/2024

तिजको शुभकामना🙏

22/08/2024
आज जनै पुर्णिमा अर्थात श्रावण शुक्ल पूर्णिमा वा ऋषि तर्पणी !       पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृतासुरका...
19/08/2024

आज जनै पुर्णिमा अर्थात श्रावण शुक्ल पूर्णिमा वा ऋषि तर्पणी !

पौराणिक कथा अनुसार देवराज ईन्द्र र दैत्यराज वृतासुरका साथ १२ वर्षसम्म भयकंर युद्ध चलेको थियो । यस युद्धमा असुरहरूले देवताहरू माथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कार विहीन भएर जीवनयापन गर्न लागे । यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्र बाच्नु भन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसंग अन्तिम युद्ध गर्ने संकल्प लिनुहुन्छ । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयको कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमूहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर वल प्रदान गरेका थिए । त्यसैकारण आज पनि ब्राह्मण वा आचार्य गुरूहरूले शिष्य, यजमानहरूलाई यो मंत्रोचारण गरी रक्षा वन्धन गर्ने चलन यद्यपि रहि आएकोछ ''येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः । तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल ।।'' अर्थात् जुन रक्षासूत्रले अत्यन्त वलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमिलाई सुरक्षित गर्दछु । उक्त मंत्र उच्चारण गरि इन्द्राणीले पनि इन्द्रको दाहिने हातमा रक्षासूत्र बांध्नुहुन्छ । त्यो रक्षासूत्र बांध्नाले देवराज इन्द्रले विजय प्राप्त गरे। वास्तवमा त्यो पवित्रताको रक्षासूत्र थियो । जसको भावार्थ यही हो कि यदि मानिसले आफूले आसुरी प्रवृतिहरू माथि विजय प्राप्त गर्न चाहन्छ भने आफ्ना धर्मपत्नीसंग पनि रक्षासूत्र अवश्य बांध्नु पर्दछ ।एक अन्य शास्त्र कथा अनुसार जब यमदूतले आफ्नो बहिनी यमुनासंग राखी बाँध्ने समयमा भनेको हुन्छ कि जसले यस पवित्रताको राखी बँधाउछ उ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । रक्षाबन्धन एक धार्मिक उत्सव पनि हो । जसको सम्बन्ध जीवनमा श्रेष्ठता एवं निर्विकारितासंग छ । यसकारण यस पर्वलाई विषतोडक पर्व पनि भनिन्छ ।

जनैको महत्व :-हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ''ज्ञानको धागो'' पनि भनिन्छ। धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ। यज्ञाेपबित धारण गरे पछि मात्र समस्त सनातन धर्म कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य मानिन्छ । यस्तै शुद्द गरि मन्त्रीयका योज्ञपवितहरुको धारणा गर्नाले सुर्य भगवान् को प्रत्यक्ष उर्जा प्राप्त हुने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरिक , मानसिक र आध्यात्मिक सामर्थ्यको बृध्दी हुने बिश्वास गरिन्छ भने शरीरमा रहेका सूक्ष्म विन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्। यो पबित्र धागोबाट बिधि पूर्वक निर्मित र बेद पाठको मन्तरद्वारा प्राण भरी शुद्द गरिएको डोरीले शरीरमा रहेका रोमकुप, मुटुको बाहिरी विन्दु, फोक्सोको बाहिरी विन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्दछ । हामी कहाँ बैदिक बिधि अनुसार तयार गरि पबित्र स्थान अर्थात जलाशय , मठ मन्दिर , देवालय , शिवालय आदिमा गएर तप , जप , ध्यान गर्नुका साथै सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी , यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने ) गरिन्छ । बैदिक मंत्रद्वारा पबित्र र शुद्ध गरी (मन्त्ररी) अर्थात् पवित्र घागोबाट बनेको जनैमा प्राण भरी हामी तागाधारी हिन्दुहरुले श्रावण शुक्ल पूर्णिमाका दिन उक्त नयाँजनै र रक्षावन्धन धारण गर्ने परम्परा रहदै आएको छ । हामीले लगाउने जनैमा रहने दुईवटा शिखाका ६ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।

वैदिक सनातन धर्मको अत्यन्तै सुन्दर पक्ष उपनयन संस्कार अन्तरगत जनै लगाउने र कर्म बन्धनबाट बिचलित नभई ज्ञान चक्षु खोल्ने बिधि हो । जस अन्तर्गत बर्षेनी हामीहरु भब्य र उत्साहका साथ जनै पूर्णिमा मनाउने गर्दछौँ ।

हामीहरु सबै वैदिक सनातन वर्णाश्रमधर्म मान्ने तागाधारीहरुले सधै वैदिक विधिशास्त्र अनुसार बनाईएका र वैदिक बिधि मन्त्रद्वारा मन्तरीयका जनै मात्र प्रयोग गरि मन, बचन र कर्मलाई शुद्ध र पबित्र राख्नु पर्दछ ! शुद्ध आत्माले गरिने हरेक कृयाकलाप पनि पबित्र नै हुने हुनाले शुद्ध जनै ( यज्ञाेपवित ) धारण गर्नु पर्दछ । आजको दिन बेदको महत्व बढि भएकोले यस दिनलाई बेद जयन्ती पनि भनिन्छ ।

``रक्षाबन्धन अर्थात जनैपूर्णिमा २०८१ को पावन अवसरमा वैदिक सनातन वर्णाश्रमधर्म मान्ने समस्त हिन्दू तागाधारी लगायत सम्पूर्ण नेपाली जनहरुमा हार्दिक शुभकामना ।´´ 🌹🙏

आज नाग पञ्चमी हामी सबैले नागको पूजा आरधाना गरौँ। सर्पदम्स बाट मुक्ति मिल्न सक्छ। अरुको सम्मान गरौँ, आफ्नो आस्था र संस्का...
08/08/2024

आज नाग पञ्चमी हामी सबैले नागको पूजा आरधाना गरौँ। सर्पदम्स बाट मुक्ति मिल्न सक्छ। अरुको सम्मान गरौँ, आफ्नो आस्था र संस्काको रक्षा गरौँ । आज नाग पञ्चमी। सम्पुर्णमा हार्दिक शुभकामना🌹🙏

01/08/2024
गुरु सर्बेसबा🙏
21/07/2024

गुरु सर्बेसबा🙏

Address

Kathmandu
977

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779865358394

Website

Alerts

Be the first to know and let us send you an email when Shree ganesh fiber industries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree ganesh fiber industries:

Share