02/11/2026
नेपालमै उत्पादित सामग्रीको निर्माणमा समर्पित नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज केवल कागज तथा अन्य सामग्री उत्पादन गर्ने उद्योग मात्र होइन, महिला उद्यमशीलता र स्थानीय रोजगारी प्रवर्द्धनमा समेत उत्तिकै महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। उद्योगले आफ्ना उत्पादनमार्फत स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय महिलाहरूलाई रोजगारीका अवसर प्रदान गर्दै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग गरिरहेको छ।
यसरी एउटा उद्योगले उत्पादन मात्र गर्दैन, स्थानीय समुदायको आर्थिक विकास, महिला सशक्तीकरण र स्वदेशी अर्थतन्त्रको मजबुतीमा समेत योगदान पुर्याउन सक्छ भन्ने उदाहरण बनेको छ ।
🇳🇵