08/09/2026
हार्दिक श्रद्धाञ्जली तथा ऐक्यबद्धता 🕯️
रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण नागरिकहरूप्रति सिन्धुली एकेडेमी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
यस प्राकृतिक विपत्तिले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। धेरै परिवारले आफ्ना प्रियजन गुमाएका छन् भने हजारौँ परिवार अझै आफ्ना आफन्तको खोजी र पर्खाइमा छन्। उद्धार तथा खोजी कार्यमा खटिनुभएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा स्थानीय नागरिकहरूप्रति हाम्रो उच्च सम्मान छ।
आज विद्यालयमा विद्यार्थी तथा शिक्षक–कर्मचारीहरूको उपस्थितिमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै मौनधारण गरी शोकमा रहेका परिवारहरूप्रति ऐक्यबद्धता प्रकट गरियो।
हामी प्रार्थना गर्दछौँ:
• दिवंगत आत्माहरूको चिरशान्ति होस्।
• सम्पर्कविहीन सबै नागरिक सकुशल भेटिनुहोस्।
• प्रभावित परिवारमा धैर्य र साहस प्राप्त होस्।
• घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ होस्।
• उद्धार तथा राहत कार्य अझ प्रभावकारी बनोस्।
विपद्को पीडा साझा गरौँ, मानवताको हात बढाऔँ।
सिन्धुली एकेडेमी परिवार
_____________________________________________
Heartfelt Tribute and Solidarity 🕯️
The Sindhuli Academy family offers heartfelt tribute to all the people who lost their lives in the devastating flood in the Rasuwa–Bhotekoshi area.
This natural disaster has caused great loss of life and property. Many families have lost their loved ones, while thousands of families are still searching for and waiting for news of their relatives. We hold deep respect for the Nepali Army, Nepal Police, Armed Police, health workers, volunteers, and local citizens who are working on rescue and search operations.
Today, students, teachers, and staff at the school observed a moment of silence, praying for eternal peace for the departed souls and expressing solidarity with the grieving families.
We pray that:
• The departed souls rest in eternal peace.
• All missing citizens are found safe.
• The affected families receive patience and strength.
• The injured recover quickly.
• Rescue and relief efforts become even more effective.
Let's share this disaster's pain and extend a hand of humanity.
Sindhuli Academy Family