09/07/2021
बाख्राको खोर बनाउ“दा ध्यान दिनुपर्ने कुराहरु
– बाख्राको खोरको लागि गाउँ÷ठाउँको वस्तुस्थिति खासगरेर हावापानी, सिरेटो, तातो हावा, एवं सूर्यको प्रकाशको अवधिलाई विचार पुयाउनुका साथै पानी नजम्ने र केहि अग्लो स्थानको छनौट हुनु पर्दछ ।
– छनौट गरिएको ठाउँमा पछि आवश्यकता अनुसार फार्म विस्तार गर्न प्रयाप्त जमिन भएको हुनु पर्दछ ।
– खोर चरन तथा घाँस खेतीको विकास गर्न सकिने ठाउँबाट नजिक हुनुपर्दछ ।
– खोर निर्माण गर्ने स्थान यातायात र वजारको विकास भएको ठाउँबाट नजिक हुनु पर्दछ ।
– स्वच्छ पिउने पानी उपलव्ध हुनसक्ने स्थानमा बाख्राको खोर निर्माण गर्नु पर्दछ ।
– पहाडीभेगमा खोर बनाउँदा दक्षिण वा पूर्व मोहोडा र तराई वा गर्मि ठाउँमा उत्तर वा पश्चिम मोहोडा पारी बनाउनु उपयुक्त हुन्छ ।
– खोर निर्माणमा सिफारिस गरिएको मापदण्ड अनुसार हुने गरि स्थानीयस्तरमा उपलव्ध हुने कम खर्चिलो वस्तुहरुको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।
– बाख्राको लागि आवश्यक दाना, घाँस राख्नको लागि छुट्टै कोठाको व्यवस्था गर्नुपर्छ ।
– खोर निर्माण गर्दा पाठापाठी, थारा माउ, व्याउने, व्याएका माउ, खसी र प्रजनन् बोकालाई छुट्टा छुट्टै राख्ने व्यवस्था मिलाउनु पर्छ । वयस्क बोकाहरुलाई बाख्राहरुसँगै एकै ठाउँमा राख्दा अनियन्त्रित गर्भधारण हुने र व्याउने बाख्रा भएमा तुहिने डर हुन्छ ।
– माउसँग दूध नछुटेका पाठापाठीहरुको खोर÷कोठा र माउ वस्ने कोठा एक आपसमा देखिने हुनुपर्दछ ।
– माउबाट छुटाईसकेका, हुर्केको र वयस्क हुन लागेका पाठापाठीहरुलाई छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था गरि खोर बनाउनु पर्छ ।
– बाख्राले साधारणतया भुँईमा खसेको घाँस वा दाना टिपेर खान नरुचाउने भएकोले घाँस राख्ने (टाट्नो) बनाउनु पर्दछ ।
– बाख्रालाई दानापानी खुवाउन एवं हिडडुलको लागि खोरको अतिरिक्त खुला ठाउँ (प्याडक) को व्यवस्था गर्नु पर्छ ।
– प्याडकमा दाना र पानी खुवाउनको लागि छुट्टाछुट्टै डुँड बनाउनु पर्दछ ।
– विरामी बाख्रा र अन्यत्रबाट किनेर ल्याइएका बाख्राबाट सक्रामक रोगहरु फैलिने संभावना भएकोले यस्ता बाख्रालाई अलग्गै खोरको व्यवस्था गर्नुपर्दछ । यस्तो खोर स्वस्थ्य बाख्राको खोर भन्दा टाढा बनाउनु पर्छ ।
देश भित्रका केही नमूना तथा आधुनिक बाख्राका खोर हरु यस्ता रहेका छन खोर ...