Seismic engineering consultancy Pvt. Ltd.

Directions

Seismic engineering consultancy Pvt. Ltd. Structural & Seismic Engineering Experts
Earthquake-Resilient Design | DPR | LDCRF | Retrofitting | Valuation of Property
Building Safer Nepal

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ अनुसार मुख्य नयाँ मापदण्डहरू निम्न बमोजिम रहेक...
04/10/2026

बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ अनुसार मुख्य नयाँ मापदण्डहरू निम्न बमोजिम रहेका छन्
:
सडकको चौडाइ र सेटब्याक (Setback):
अब निर्माण हुने नयाँ सडकको न्यूनतम चौडाइ ६ मिटर हुनुपर्नेछ (हिमाली तथा पहाडी भिरालो क्षेत्रमा प्राविधिक प्रतिवेदनका आधारमा गाउँ/नगर परिषद्को निर्णयबाट कम्तीमा ४ मिटर कायम गर्न सकिनेछ)
।
भवन निर्माण गर्दा सडकको केन्द्रबाट कम्तीमा ३ मिटर सडकको क्षेत्राधिकार (Right of Way) र त्यसपछि थप १.५ मिटर सेटब्याक छोड्नुपर्दछ
।
साँधसीमानाबाट कम्तीमा १ मिटर छोडेर मात्र भवनको जग (Column Footing) वा भारवहन गाह्रो निर्माण गर्न पाइनेछ
।
जग्गा उपयोग प्रतिशत (Ground Coverage):
आवासीय भवनका लागि: २५० वर्गमिटरसम्मको घडेरीमा अधिकतम ७० प्रतिशत र २५० वर्गमिटरभन्दा बढी क्षेत्रफल भएको घडेरीमा अधिकतम ६० प्रतिशत भागमा मात्र भुइँतला निर्माण गर्न पाइनेछ
।
सार्वजनिक तथा सरकारी भवनका लागि: जग्गाको कुल क्षेत्रफलको अधिकतम ५० प्रतिशत मात्र भुइँतलाले चर्चेको क्षेत्र हुन पाउनेछ
।
भवनको उचाइ र माटो परीक्षण (Soil Testing):
५ तला वा १७ मिटरभन्दा अग्ला भवनहरू, वा १०,००० वर्गफुटभन्दा बढी क्षेत्रफल भएका भवनहरूको निर्माण गर्दा भूगर्भ तथा माटो परीक्षण (Geo-Technical Investigation) गर्नु अनिवार्य छ
।
३० डिग्रीभन्दा बढी भिरालो भएको जमिनमा खानी तथा भूगर्भ विभागको पूर्वस्वीकृति विना भवन निर्माण अनुमति पाइने छैन
।
नक्सा पास, भवन संहिता र निर्माण अनुमति:
सबै नगरपालिकाहरूका साथै १,००० भन्दा बढी घरधुरी भएका गाविसहरूमा राष्ट्रिय भवन संहिता २०६० अनिवार्य लागू गरिएको छ
।
भवन निर्माणको स्वीकृति दिँदा पहिलो पटक डिपिसी (DPC) लेभलसम्म मात्र अनुमति दिइनेछ र मापदण्ड अनुसार भएको पुष्टि भएपछि मात्र माथिल्लो तलाको अनुमति पाइनेछ
।
निर्माण सम्पन्न प्रमाणपत्र नलिई भवनमा बिजुली, खानेपानी र टेलिफोन जस्ता सार्वजनिक सुविधा जोड्न पाइने छैन
।
जग्गा प्लटिङ (Planning Permit):
जग्गा प्लटिङ गरी बिक्री वितरण गर्नका लागि अनिवार्य रूपमा प्लानिङ परमिट (Planning Permit) लिनुपर्दछ
।
प्लटिङ गरिएको क्षेत्रको मूल सडकको चौडाइ कम्तीमा ८ मिटर हुनुपर्नेछ र खुला क्षेत्र वा पार्कका लागि निश्चित जमिन सार्वजनिक स्वामित्वमा छोड्नुपर्नेछ
।
बाटो कालोपत्रे गर्ने, ढल, बिजुली र टेलिफोनका खम्बा गाड्ने सम्पूर्ण जिम्मेवारी प्लटिङकर्ताकै हुनेछ
।
पर्यावरण तथा वर्षात्‌को पानी संकलन (Rainwater Harvesting):
नयाँ निर्माण हुने 'क' र 'ख' वर्गका भवनहरूमा वर्षात्‌को पानी संकलन (Rainwater Harvesting) गरी जमिनमुनि पठाउने प्रविधि अनिवार्य गरिएको छ
।
सार्वजनिक ताल, पोखरी वा नदी उकास भएको जमिनमा भवन निर्माण गर्न पाइने छैन
।
व्यापारिक प्रयोग र सटर सम्बन्धी नियम:
६ मिटरभन्दा कम चौडाइ भएको सडकमा आवासीय भवनमा सटर वा पसल राख्न पाइने छैन, र सटर राख्दा कम्तीमा २ मिटरको सेटब्याक छोड्नुपर्नेछ

सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सीले बलवा नगरपालिका र लुहारपट्टी नगरपालिकाका प्राविधिकहरूलाई पाँच दिवसीय इन्जिनियर्स ट्रेन...
16/09/2026

सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सीले बलवा नगरपालिका र लुहारपट्टी नगरपालिकाका प्राविधिकहरूलाई पाँच दिवसीय इन्जिनियर्स ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरेको छ। केही तस्बिरहरू
Dhital Santosh Vishma Basnet

17/06/2026
सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.ली. स्थानीय जलवायु तथा उत्थानशील कार्यढाँचा LDCRF तर्जुमा परियोजनार्थ विभिन्न पालि...
29/05/2026

सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी प्रा.ली. स्थानीय जलवायु तथा उत्थानशील कार्यढाँचा LDCRF तर्जुमा परियोजनार्थ विभिन्न पालिकाहरूमा गरिएको केही स्थलगत फोटोहरू , स्थानीय तह र स्थानीय व्यक्तिहरू सँग गरिएको छलफल केही दृश्यहरू
Vishma Basnet Dpk Ayer Bikram Acharya Dhital Santosh

सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रूपमा कार्यान्वयन हुन, असुरक्षित र नियम विपरितका भवनहरूलाई अभिलेखिकरण ग...
20/05/2026

सबै स्थानीय तहमा राष्ट्रिय भवन संहिताको अनिवार्य रूपमा कार्यान्वयन हुन, असुरक्षित र नियम विपरितका भवनहरूलाई अभिलेखिकरण गर्ने कार्य तत्काल रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरुलाई परिपत्र गर्ने।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। अधिकतम ताप...
08/05/2026

जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदर भन्दा बढी रहने सम्भावना छ। अर्थात गर्मी बढी हुने सम्भावना देखिन्छ।
हेलो गृह मन्त्रालय Nepal Weather Forecast गोकुलगंगा गाउँपालिका

भवन निर्माण संहितालाई कार्यान्वयन गर्न र पारदर्शी बनाउन नेपाल सरकारबाट गरिएको प्रयास राम्रो छ।
16/04/2026

भवन निर्माण संहितालाई कार्यान्वयन गर्न र पारदर्शी बनाउन नेपाल सरकारबाट गरिएको प्रयास राम्रो छ।

💐💐नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा 💐💐
14/04/2026

💐💐नयाँ वर्ष २०८३ सालको हार्दिक मङ्गलमय शुभकामना सम्पूर्णमा 💐💐

जल तथा मौसम विज्ञान विभागबाट जारी गरिएको आगामी तीन दिनको पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार देखि तीन दिनसम्म तीव्र हा...
19/03/2026

जल तथा मौसम विज्ञान विभागबाट जारी गरिएको आगामी तीन दिनको पूर्वानुमान अनुसार चैत ६ गते शुक्रबार देखि तीन दिनसम्म तीव्र हावाहुरी झण्डै ११९ किलोमिटर प्रतिघण्टा का दरले चल्ने सम्भावना छ साथै सो अवधिमा आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ
National Disaster Risk Reduction & Management Authority
गोकुलगंगा गाउँपालिका
Vishma Basnet
Stay alert 🙏🙏🙏

M̳e̳m̳o̳r̳i̳e̳s̳ ̳L̳D̳C̳R̳F̳ ̳C̳o̳n̳s̳u̳l̳t̳a̳t̳i̳o̳n̳ ̳m̳e̳e̳t̳i̳n̳g̳ ̳a̳t̳ ̳G̳o̳l̳u̳l̳g̳a̳n̳g̳a̳ ̳R̳u̳r̳a̳l̳ ̳M̳u̳n̳i̳...
16/03/2026

M̳e̳m̳o̳r̳i̳e̳s̳ ̳
L̳D̳C̳R̳F̳ ̳C̳o̳n̳s̳u̳l̳t̳a̳t̳i̳o̳n̳ ̳m̳e̳e̳t̳i̳n̳g̳ ̳a̳t̳ ̳G̳o̳l̳u̳l̳g̳a̳n̳g̳a̳ ̳R̳u̳r̳a̳l̳ ̳M̳u̳n̳i̳c̳i̳p̳a̳l̳i̳t̳y̳ ̳2̳0̳8̳2̳
सेस्मिक इन्जिनियरिङ कन्सल्टेन्सी ले आ.ब. ०८१/८२ मा गोकुलगङ्गा गाउँपालिकामा स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा तर्जुमा गर्दा गरिएको सुझाव संकलन कार्यशाला को झलकहरु ।

Address

Bahrabise

Website

Alerts

Be the first to know and let us send you an email when Seismic engineering consultancy Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share