19/08/2026
🎓 संघर्षका दिनदेखि सफलताको यात्रासम्म — नेपाल इन्जिनियरिङ कलेज
माओवादी द्वन्द्व उत्कर्षमा रहेको समय थियो । त्यतिबेला सिभिल इन्जिनियरिङ पढ्ने विद्यार्थी र इन्जिनियरहरूका लागि चुनौतीपूर्ण अवस्था थियो । धेरै अभिभावक आफ्ना छोराछोरीलाई सिभिल इन्जिनियर बनाउन समेत हिच्किचाउँथे ।
तर पाँचथरको दुर्गम गाउँमा जन्मिएका गोविन्द देव अधिकारीको सपना फरक थियो—उहाँ सिभिल इन्जिनियरिङ पढ्नकै लागि नेपाल इन्जिनियरिङ कलेज (nec) आइपुग्नुभयो ।
सन् २००१–०५ ब्याचका गोविन्द देवले nec बाटै स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गर्नुभयो । उहाँका परिवार तथा आफन्तमध्ये धेरैले पनि यही कलेजबाट इन्जिनियरिङ शिक्षा हासिल गरेर व्यवसायीक क्षेत्रमा राम्राे सफलता प्राप्त गरेका छन् । हालै nec को प्रादेशिक तथा कम्युनिटी छात्रवृत्ति प्रवेश परीक्षामा एक आफन्तलाई लिएर कलेज आउनुभएका उहाँले आफ्नो कलेज जीवन, त्यसबेलाका अनुभव र व्यावसायिक यात्रालाई यसरी सम्झनुभयो ।
🎥 गोविन्द देव अधिकारी
पूर्व विद्यार्थी | नेपाल इन्जिनियरिङ कलेज
जहाँ सपना देखिन्छ, संघर्ष गरिन्छ र सफलताको बाटो बनाइन्छ—त्यही हो nec !❤️