04/09/2026
बाढीका कारण परीक्षा छुट्यो? नियमित सरहकै परीक्षा दिन पाइन्छ।
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको भदौ १८ गतेको सूचना (१५०९९): भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित भई संशोधित तालिकाको परीक्षामा समेत अनुपस्थित हुने परीक्षार्थीका लागि असोजको दोस्रो हप्ताभित्र, तोकिएका केन्द्रमा, नियमित परीक्षा सरह नै विशेष परीक्षा लिइनेछ।
• कसका लागि: अस्पतालमा भर्ना भई उपचाररत, परिवारका सदस्य गुमाई काजकिरियामा, वा घरबार विहीन, लगायतका प्रत्यक्ष प्रभावित
• कागजात: घाइतेको हकमा अस्पताल भर्नाको कागजात; काजकिरिया र घरबार विहीनको हकमा स्थानीय निकायको प्रमाणित कागजात
• IOE का परीक्षाको तालिका डीन कार्यालयले निकाल्छ; यो पोस्ट गर्दासम्म आएको थिएन
यो तपाईंको अवस्था हो भने कागजात परीक्षाअघि नै जुटाउनुहोस् र हामीलाई फोन गर्नुहोस्। हामी पत्र तयार गरेर डीन कार्यालयसम्म सँगै जान्छौं।
Missed a paper because of the flood? Tribhuvan University’s Registrar wrote on 3 September that examinees the flood hit directly, admitted to hospital, bereaved and performing the last rites, or left without a home, get a separate sitting on par with the regular exam within the second week of Ashwin, 24 to 30 September, on certified documents. It covers absence even from the revised-routine papers. IOE had not published its schedule for it when this went out.
Official notice: tu.edu.np/notices/15099
01-5091616 · WhatsApp