Bhaktapur Consultant Pvt. Ltd.

Bhaktapur Consultant Pvt. Ltd. Consultant and Construction Company

13/03/2024

रामप्रसाद को मेडिकल हल जिल्ला अस्पताल अगाडी हुनुको कारण राम्रोसँग चलेको थियोे। तर भन्ने गरिन्छ नि धनले मान्छेको दिमाग लाई भ्रष्ट गर्दिन्छ भनेर, रामप्रसाद सँग पनि यही कुरा घट्न गयो।

रामप्रसाद ले भन्छन् कि मेरो मेडिकल स्टोर धेरै राम्रोसँग चलिरहेको थियोे र मेरो आर्थिक स्थिति पनि धेरै राम्रो थियोे आफ्नो कमाइले मैले केही घडेरीहरु किने र आफ्नो मेडिकल स्टोरको साथ एउटा क्लिनिक पनि खोले। तर मैले झुठो बोल्दिन म एउटा लालची किसिमको मान्छे थिए किनकि मेडिकल फिल्डमा दुईगुणा होइन कयौंगुणा कमाई हुन्छ। सायद धेरैजसो मान्छेहरूले यसबारेमा थाहा पाउदैनन.. मेडिकल प्रोफेशनमा १० रुपैयाँमा आउने औषधि आरामले ७०/८० रुपैयाँमा बिक्छ। तर यदि कसैले मलाई दुई रुपैयाँ पनि कम गर्नको लागि भन्योभने मैले ग्राहकलाई हुँदैन भनेर भन्ने गर्छु। खैर, मैले अरुको बारेमा कुरा गरेको होइन..मैले मेरो आफ्नै बारेमा कुरा गरिरहेको छु।

२०७४ साल असारको महिनामा एकजना बृद्ध ब्यक्ति मेरो मेडिकल हलमा आए र उसले मलाई डाक्टरको पर्ची हातमा थमाइ दिए। मैले औषधिको नाउँ पढे र त्यस औषधि लाई निकाले। त्यस औषधिको मुल्य ५६० बिलमा लेखेको थिए। बृद्धले बिल हेरेर सोचिरहेका थिए, उसले आफ्नो गोजी सबै खानतलासी गरे तर उसँग जम्मा १५० रुपैया मात्रै थियोे। म त्यस बेला धेरै रिसाएको थिए किनकि मलाई त्यस औषधि खोज्नलाई धेरै समय लागेको थियोे, त्यसमाथि त्यस बृद्धसँग पुग्ने पैसा पनि थिएन। बृद्धले औषधि नलिकन जाने पनि मन गरिरहेका थिएनन्.. सायद उसलाई औषधिको धेरै महत्त्व हुनुपर्छ। त्यसपछि त्यस बृद्ध ब्यक्तिले भने: "मलाई मद्दत गर्नुहोस सर, बिलमा भएजती पैसा मसँग पुग्दैन.. घरमा मेरो बृद्ध श्रीमती बिरामी छे। हाम्रो छोराछोरीले हामीलाई केही सोधपुछ गर्दैनन्, म आफ्नो श्रीमतीलाई यसरी बृद्धअबश्थामा मर्दै गरेको देख्न सक्दिन।"

त्यसबेला मैले उस बृद्ध बुढाको कुरा सुनिन र उसलाई औषधि नलिकन जान भने। यहाँ म एउटा कुरा भन्न चाहन्छु कि वास्तवमा उस बृद्ध व्यक्तिको औषधिको कुल मुल्य १२० रुपैयाँ हुन्थ्यो। तर मैले उसबाट १५० रुपैयाँ लेको हुन्थे भने पनि मलाई ३० रुपैयाँ नाफा हुन्थ्यो। तर मेरो लालच ले उस लाचार बृद्ध ब्यक्ति लाई पनि छोडेन।

मेरो औषधि पसलमा उभिएको एक अर्को ग्राहकले आफ्नो गोजीबाट पैसा निकालेर उस बृद्ध ब्यक्तिको औषधिको पैसा भुक्तान गरिदियो। तर यसो गर्दा पनि मलाई केही असर परेन. मैले पैसा लिए र बृद्ध लाई औषधि दिएँ।

समय बित्दै गयो २०७७ साल आयो। मेरो एउटा मात्रै छोरा प्रमोद लाई ब्रेन ट्युमर भयो। पहिला त हामीलाई थाहै भएन,तर जब हामीले थाहा पायौं छोरा मृत्युको नजिक थियो। पैसा पानी जसरी बगिरह्यो छोराको बिरामी अवस्था बिग्रदै गयो। बजारको घर बेच्यौ, घडेरी बेच्यौं र अन्ततः मेडिकल स्टोर पनि बेच्नुपर्यो तर मेरो छोराको स्वस्थ्य अवस्था सुध्रिएन। उसको अप्रेसन पनि भयो र जब सबै पैसा सकिदै गयो तब अन्तिममा डाक्टरहरुले मलाई आफ्नो छोरालाई घर लगेर जान र उसलाई सेवा गर्नु भनेर भने।

त्यसपछि २०७८ साल मंसिरमा मेरो छोराको निधन भयो। मैले जीवनभर कमाएर पनि उसलाई बचाउन सकिन र यही २०८० साल भदौमा मलाई प्रेसर ले हानेर मेरो देब्रे पाटो हात खुट्टा नै चल्दैन।

आजभोलि जब मैले प्रेसरको औसधि किनेर खान्छु त्यस औषधिमा खर्च गरेको पैसाले मलाई सताउने गर्छ। किनकि मलाई त्यस औषधिको वास्तविक मुल्य थाहा छ। एकदिन म केही औषधि लिनको लागि दाहाल मेडिकल स्टोर गएँ र १०० रुपैयाँको इन्जेक्सन मलाई ७०० रुपैयाँमा दिए। तर त्यसबेला मेरो गोजीमा ५०० रुपैयाँ मात्रै थियोे पैसा नपुगेको कारण म इन्जेक्सन बिना नै मेडिकल स्टोर देखि घर आउनु पर्यो। त्यसबेला मलाई त्यस बृद्ध ब्यक्तिको धेरै याद आइरहेको थियोे.....

म जस्तै मेडिकल खोलेर बसेकाहरुलाई भन्न चाहन्छु कि हामी सबै कमाउनको लागि बस्छौं किनकि हामी जोकोहीसँग एउटा पेट हुन्छ्। तर वैध तरिकाले कमाउनुहोस्, गरिव लाचारहरुसँग लुटेर कमाउनु राम्रो कुरा होइन किनकि नर्क र स्वर्ग यही धर्तीमा छ.. अन्त कतै छैन। र आज मैले नर्क भोगिरहेको छु। पैसाले जहिल्यै पनि मद्दत गर्दैन.. भगवानको पदमार्गमा हिड्नुहोस्.. उसको नियम अटल छ किनकि एउटा सानो लालच ले पनि हामीलाई धेरै ठूलो दु:खमा धकेल्न सक्छ।

लेखक/साभार : सन्तोष कार्की मौसुफ

12/01/2021

Address

Itachhen, Bhaktapur/Municipality/2
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Bhaktapur Consultant Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhaktapur Consultant Pvt. Ltd.:

Share