Kabita Fruits Processing Industry

Kabita Fruits Processing  Industry Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kabita Fruits Processing Industry, Industrial Company, Dhankuta Bazar.

कविता फलफुल प्रशोधन उद्योग
हामी ताजा र गुणस्तरीय फलफुलबाट जुस, स्क्वास, सिरप र अचार उत्पादन गर्ने उद्योग हौं। स्थानीय फलफुल प्रयोग गरी पोषिलो र स्वादिलो उत्पादन तयार पार्नु हाम्रो मुख्य उद्देश्य हो।"स्वस्थ जीवनका लागि स्वदेशी उत्पादन रोजौं।"

बेलको जुस अब १.५ लिटर मा पनि उपलब्ध छ।
27/08/2026

बेलको जुस अब १.५ लिटर मा पनि उपलब्ध छ।

16/08/2026
नेपाल टेलिभिजनप्रति हार्दिक आभार व्यक्त गर्दछौं।हाम्रो उद्योगलाई यति लामो समय दिएर हाम्रो गतिविधि तथा उत्पादनलाई प्रसारण...
30/07/2026

नेपाल टेलिभिजनप्रति हार्दिक आभार व्यक्त गर्दछौं।

हाम्रो उद्योगलाई यति लामो समय दिएर हाम्रो गतिविधि तथा उत्पादनलाई प्रसारण गरी आमदर्शकमाझ पुर्‍याइदिनुभएकोमा नेपाल टेलिभिजन परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको सहयोग, विश्वास र प्रोत्साहनले हामीलाई अझ गुणस्तरीय उत्पादन तथा सेवामार्फत अगाडि बढ्न थप प्रेरणा मिलेको छ।

— कविता फलफूल प्रशोधन उद्योग, धनकुटा

कबिता फलफूल प्रशोधन उद्योगधनकुटा–६, सरस्वती चौक२६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना तथा उपलब्धि विवरणप्रोपाइटर: श्रीमती व...
31/05/2026

कबिता फलफूल प्रशोधन उद्योग
धनकुटा–६, सरस्वती चौक
२६औँ वार्षिकोत्सवको अवसरमा शुभकामना तथा उपलब्धि विवरण
प्रोपाइटर: श्रीमती विष्णु माया कन्दङ्वा लिम्बु
आदरणीय उपभोक्ता, कृषक, व्यापारी, कर्मचारी तथा व्यवस्थापन टिम,
आज हामी कबिता फलफूल प्रशोधन उद्योग स्थापना भएको २६ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको यस सुखद अवसरमा यहाँहरू सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा शुभकामना व्यक्त गर्दछौं।
यस २६ वर्षको यात्रामा हामीले आर्थिक मन्दी, COVID-19 महामारी, भूकम्प लगायत विभिन्न कठिन चुनौतीहरूको सामना गर्नुपर्‍यो। ती सबै अवस्थामा यहाँहरूको निरन्तर साथ, सहयोग र विश्वासले नै हामीलाई अगाडि बढ्न प्रेरणा दियो।
एक समय केवल १ वटा उत्पादनबाट सुरु भएको हाम्रो यात्रा आज यहाँहरूको माया र सहयोगकै कारण २० भन्दा बढी विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउन सफल भएको छ।
यस उद्योगले आफ्नो गौरवमय इतिहासमा विभिन्न राष्ट्रिय तथा प्रदेश स्तरका सम्मान तथा उपलब्धिहरू प्राप्त गर्न सफल भएको छ, जसको विवरण निम्नानुसार रहेको छ:
प्रमुख पुरस्कार तथा सम्मानहरू
National Best Entrepreneur Award – 2066 BS
Outstanding Female Entrepreneur Recognition – 2069 BS
Honored by Ministry of Social Development, Koshi Province – 2080 BS
More than a dozen recognitions
जिल्ला तथा स्थानीय निकायहरूबाट एक दर्जनभन्दा बढी सम्मान तथा प्रशंसा पत्रहरू प्राप्त
नयाँ राष्ट्रिय सम्मान (हालै प्राप्त)
नेपाल सरकार, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालय, सिंहदरबार, काठमाडौंद्वारा
“नारी उद्यम प्रवर्द्धन पुरस्कार – २०८३” बाट सम्मानित हुनुका साथै
यस अन्तर्गत रु. १,००,०००/- (एक लाख रुपैयाँ मात्र) पुरस्कार प्रदान गरिएको छ।
यस सम्मानलाई हामी उद्योगको ऐतिहासिक उपलब्धि तथा प्रेरणाको रूपमा लिएका छौं।
यसै उपलब्धिहरूले हाम्रो उद्योगलाई अझ गुणस्तरीय उत्पादन, नवप्रवर्तन र बजार विस्तारतर्फ निरन्तर अघि बढ्न प्रेरित गर्दै आएको छ।
आगामी दिनहरूमा पनि नयाँ–नयाँ गुणस्तरीय उत्पादनहरू थप्दै, नेपाली कृषक तथा उपभोक्ताको हितमा समर्पित रहँदै उद्योगलाई अझ उचाइमा पुर्‍याउने हाम्रो प्रतिबद्धता रहेको छ।
धन्यवाद।
कबिता फलफूल प्रशोधन उद्योग
प्रोपाइटर: विष्णु माया कन्दङ्वा लिम्बु
धनकुटा–६, सरस्वती चौक 🎉🌿🍊🥭

17/05/2026

गर्मीलाई बनाउनुहोस् अझ ताजा र स्वास्थ्यकर अनुभव ✨
अब हरेक सिपमा पाउनुहोस् प्राकृतिक स्वादको वास्तविक आनन्द 🍹
Kabita Fruits Processing Industry ले ल्याएको स्वदेशी गुणस्तरीय उत्पादनहरू — ताजा फलफूलबाट तयार गरिएको स्वाद र स्वास्थ्यको उत्कृष्ट संगम 💚

🥭 उपलब्ध उत्पादनहरू:
• Bael Squash
• Mango Squash
• Bael Juice 2.25L
• Mango Juice 2.25L
• Mango Juice 1.5L
• Bael Juice 1.5L
• Mango Juice 200ml
• Bael Juice 200ml

प्राकृतिक मिठास, ताजगी र ऊर्जाले भरिएको प्रत्येक बोतल 🌿
घरपरिवार, पाहुना सत्कार वा दैनिक Refreshment का लागि उत्तम छनोट 💯

“स्वस्थ जीवनका लागि स्वदेशी उत्पादन रोजौं।” 🇳🇵

📍 धनकुटा बजार, नेपाल
📞 +977 974-9922278
🌐 kfpi.com.np

#स्वदेशी_उत्पादन

28/04/2026

Gorkha Department Store मा नयाँ Haleshi का सम्पूर्ण प्रोडक्टहरू उपलब्ध छन्।

Itahari, Damak, Biratchowk र Pathari मा हाम्रो सेवा निरन्तर जारी छ।
२३ वर्षदेखि दिएको माया, साथ र विश्वासका लागि धन्यवाद — Gorkha Department Store।

आगामी दिनहरूमा पनि यस्तै राम्रो सम्बन्ध कायम रहने अपेक्षा गर्दछौं।

25/04/2026

A timeless taste of Nepal, bottled. New Halesi Bael Squash – pure, natural, and authentically delicious. 🌿✨
Visit Muna Bazar branches, Kathmandu and pokhara.

25/03/2026

अब स्वाद पनि Jumbo, मूल्य पनि दमदार! 🥭🌿
Kabita Fruits Processing Industry, Dhankuta
🏆 Declared by National Award 2066
अब तपाईंको मनपर्ने Bael Juice र Mango Juice Jumbo Pack मा उपलब्ध!
🟢 2.25 Litre – रु. 270
🟢 1.5 Litre – रु. 200
परिवारको जमघट, पाहुना सत्कार वा दैनिक प्रयोगका लागि उत्तम 🍹
✅ शुद्ध स्वाद
✅ गुणस्तरीय उत्पादन

Address

Dhankuta Bazar

Alerts

Be the first to know and let us send you an email when Kabita Fruits Processing Industry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share