Bagmati Interlock Block Udhyog

Bagmati Interlock Block Udhyog A new technology being tested in
Compressed Stabilised Earth Bricks (CSEB) are more eco-friendly and cheaper than kiln-baked bricks.

The interlocking ability of the blocks, when reinforced with iron rods, can also make structures earthquake resistant.

17/11/2025

वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानले नेपालमा फेरि भूकम्पजान सक्ने सम्भावना बढेको पत्तालगाएका छन् ।🤔🌏️

वैज्ञानिकहरूको अनुसार विशेषगरी नेपालको हिमाली क्षेत्रमा पहिलो देखिनै ठूला भूकम्पको उच्च जोखिममा नै रहेको छ । यो जोखिम पृथ्वीमुनिका टेक्टोनिक प्लेटहरूको अवस्थिति र गतिको कारणले हुन्छ ।
नेपालको हिमालय क्षेत्र मुनि दुई विशाल भूगर्भीय प्लेटहरू इन्डियन प्लेट र युरेसियन प्लेट - टकराइरहेका छन् , इन्डियन प्लेट लगभग प्रतिवर्ष ४ सेन्टिमिटर को दरले उत्तरतर्फ युरेसियन प्लेट भित्र धकेलिँदै छ र अर्को युरेसियन प्लेट हिमाल तिर माथि उठ्दै छ । जसको कारण हाम्रो सगरमाथाको उचाई पनि बढी रहेको छ ।
वैज्ञानिकहरुले भूगर्भीय तनाव पहिलेको भन्दा अलि बढेको संकेत पाएका छन्
जसको कारण हाम्रो देशमा फेरि भूकम्प जान सक्ने सम्भावना बढेको हो ।

🌎भूकम्पको बारेमा थप महत्त्वपूर्ण जानकारी ।🥰

भूकम्प एउटा प्राकृतिक विपत्ति हो । यो एउटा पृथ्वी मात्र नभएर अन्य ग्रह वा उपग्रहमा जान सक्ने अकल्पनिय र अनुमान गर्न कठिन हुने एउटा ठूलो विपत्ति मध्यको एक हो । अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गएको थियो । त्यस पछि पनि फेरि बेला बेलामा हामी भूकम्प गएको खबर सुनि रहेका वा महसुस गरिरहेका हुन्छौं । साथीहरु आजको पोष्टमा यसैको बारेमा हामी चर्चा गर्ने छौं ।

भूकम्प के हो र किन जान्छ?

हाम्रो पृथ्वी 4.5 अरब बर्ष अगाडि उत्पती हुँदा एकदमै तातो र ग्यासको गोला जस्तै थियो। पछि पृथ्वी बिस्तारै सेलाउदै ठोस हुदै गयो र भित्री सतहको तुलनामा बाहिरी सतह छिटो सेलाउदै जादा त्यसमा द्वारार पर्न गयो र टेक्टोनिक प्लेटहरुको निर्माण सुरु भयो ।यी प्लेटहरु स्थिर छैनन र हलचल गरि रहन्छन् किनभने पृथ्वीको भित्रीभागमा भएको पग्लेको चट्टान , धातु र ग्यास माथी तैरी रहेका छ्न। त्यसैले यिनिहरुको ठक्कर बाट हुने ज्वालामुखी , सुनामी , भूकम्पको धक्का हामी बेला बेलामा महसुस गरिहेका हुन्छौं त्यति मात्र नभएर यि प्लेटहरुको ठक्कर बाट पहाड हिमालहरुको पनि निर्माण हुन्छ ।

लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै थियो । पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आयो र एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको हो । भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउंअनुसार हरेक बर्ष करीब दुइ देखि पांच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउंछ । यसरी धस्रिंदा स्ट्रेस बढ्दै जान्छ र बिचमा रहेको पदार्थ डिफर्म हुंदै जांदा असन्तुलन पनि बढ्दै जान्छ । यसरी डिफर्म हुंदै जांदा एउटा यस्तो बिन्दु आउंछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ । चिरा परेपछि दुइ प्लेटहरु सन्तुलनमा आउनका लागि तल माथि गरी एडजस्ट हुन्छन् जसले गर्दा नजिकको भुभागमा कम्पन पैदा हुन्छ । यसलाइ सजिलो रुपमा यसरी पनि बुझ्न सकिन्छ । जस्तै एउटा सिन्कोलाइ बंग्यायौं भने त्यो बांगिंदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भांचिन्छ । त्यहि भांचिने स्टेज नै भूकम्पको स्टेज हो जतिखेर निस्केका तरंगहरुले पृथ्वीको सतहमा क्षति पुर्याउछन् ।

# भूकम्पको जोखिम बाट कसरी सुरक्षित हुने :
नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । भुकम्प आंफैले त्यति क्षति पुर्याउंदैन तर हामिले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ । हामीले अब तीन कुरामा ध्यान दियौं भने भुकम्पबाट हुने क्षतिलाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । पहिलो, कुरा भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने । दोस्रो, ति संरचनाहरुको डिजाइन गर्दा लागत केहि बढी भएपनि भुकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिने । र तेस्रो, बिपत्ति संग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पुर्वतयारी गर्ने ।

# भूकम्प कसरी रेकर्ड गरिन्छ?

भूकम्पलाई सिस्मोग्राफ (seismographs) भनिने यन्त्रबाट रेकर्ड गरिन्छ। यसले गर्ने रेकर्डिङलाई सिस्मोग्राम भनिन्छ। सिस्मोग्राफको तलको भाग अथवा आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल झुन्ड्याईएको हुन्छ । जब भूकम्पले जमिन हल्लाउँछ, सिस्मोग्राफको आधार पनि हल्लिन्छ, तर झुन्डिएको तौल हल्लिंदैन। यसको सट्टामा झुन्डिएको स्प्रिङ्ग (spring) वा स्ट्रिङ (string) मात्र हल्लिन्छ। यसै समयमा सिस्मोग्राफको हल्लिएको भाग र नहल्लिएको भाग बिचको भिन्नतालाई रेकर्ड गरी भुकम्प मापन गरिन्छ ।
🙏धन्यवाद 🙏

#विज्ञानका_कुरा 🇳🇵


27/02/2025

काठमाडौं : काठमाडौं उपत्यका लगायत देशको विभिन्न भूभागमा भूकम्पको धक्का मह

03/08/2024

** उद्यमी बन्न चाहने कृषकका लागि निःशुल्क अनलाइन भिडियो कोर्स **

'कृषि उद्यमशीलता १.०'
आफ्नो समय अनुसार सिक्न सकिने, अन्तरक्रियात्मक, विशेषज्ञद्धारा मार्गदर्शन लगायत अन्य धेरै फाईदा ।

आफ्नोे ज्ञान अझै बढाउनुहोस्, कृषि उद्यमशीलता तर्फको यात्रा जारी राख्नुहोस् । कोर्स शुरु गर्न यस लिंकमा जानुहोस् https://bit.ly/AgriEntrepreneurshipCourse

With: European Union in Nepal EU International Partnerships Suomen suurlähetystö Kathmandu - Finlands ambassad Kathmandu WHH Nepal - Welthungerhilfe GIZ Nepal Youth Innovation Lab

25/05/2024
11/05/2024
26/02/2024

Address

East West Highway At Rautahat Chandrapur-1, Bagmati
Gaur
44515

Telephone

+9779800802948

Website

Alerts

Be the first to know and let us send you an email when Bagmati Interlock Block Udhyog posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bagmati Interlock Block Udhyog:

Share