17/11/2025
वैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धानले नेपालमा फेरि भूकम्पजान सक्ने सम्भावना बढेको पत्तालगाएका छन् ।🤔🌏️
वैज्ञानिकहरूको अनुसार विशेषगरी नेपालको हिमाली क्षेत्रमा पहिलो देखिनै ठूला भूकम्पको उच्च जोखिममा नै रहेको छ । यो जोखिम पृथ्वीमुनिका टेक्टोनिक प्लेटहरूको अवस्थिति र गतिको कारणले हुन्छ ।
नेपालको हिमालय क्षेत्र मुनि दुई विशाल भूगर्भीय प्लेटहरू इन्डियन प्लेट र युरेसियन प्लेट - टकराइरहेका छन् , इन्डियन प्लेट लगभग प्रतिवर्ष ४ सेन्टिमिटर को दरले उत्तरतर्फ युरेसियन प्लेट भित्र धकेलिँदै छ र अर्को युरेसियन प्लेट हिमाल तिर माथि उठ्दै छ । जसको कारण हाम्रो सगरमाथाको उचाई पनि बढी रहेको छ ।
वैज्ञानिकहरुले भूगर्भीय तनाव पहिलेको भन्दा अलि बढेको संकेत पाएका छन्
जसको कारण हाम्रो देशमा फेरि भूकम्प जान सक्ने सम्भावना बढेको हो ।
🌎भूकम्पको बारेमा थप महत्त्वपूर्ण जानकारी ।🥰
भूकम्प एउटा प्राकृतिक विपत्ति हो । यो एउटा पृथ्वी मात्र नभएर अन्य ग्रह वा उपग्रहमा जान सक्ने अकल्पनिय र अनुमान गर्न कठिन हुने एउटा ठूलो विपत्ति मध्यको एक हो । अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गएको थियो । त्यस पछि पनि फेरि बेला बेलामा हामी भूकम्प गएको खबर सुनि रहेका वा महसुस गरिरहेका हुन्छौं । साथीहरु आजको पोष्टमा यसैको बारेमा हामी चर्चा गर्ने छौं ।
भूकम्प के हो र किन जान्छ?
हाम्रो पृथ्वी 4.5 अरब बर्ष अगाडि उत्पती हुँदा एकदमै तातो र ग्यासको गोला जस्तै थियो। पछि पृथ्वी बिस्तारै सेलाउदै ठोस हुदै गयो र भित्री सतहको तुलनामा बाहिरी सतह छिटो सेलाउदै जादा त्यसमा द्वारार पर्न गयो र टेक्टोनिक प्लेटहरुको निर्माण सुरु भयो ।यी प्लेटहरु स्थिर छैनन र हलचल गरि रहन्छन् किनभने पृथ्वीको भित्रीभागमा भएको पग्लेको चट्टान , धातु र ग्यास माथी तैरी रहेका छ्न। त्यसैले यिनिहरुको ठक्कर बाट हुने ज्वालामुखी , सुनामी , भूकम्पको धक्का हामी बेला बेलामा महसुस गरिहेका हुन्छौं त्यति मात्र नभएर यि प्लेटहरुको ठक्कर बाट पहाड हिमालहरुको पनि निर्माण हुन्छ ।
लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै थियो । पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आयो र एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको हो । भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउंअनुसार हरेक बर्ष करीब दुइ देखि पांच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउंछ । यसरी धस्रिंदा स्ट्रेस बढ्दै जान्छ र बिचमा रहेको पदार्थ डिफर्म हुंदै जांदा असन्तुलन पनि बढ्दै जान्छ । यसरी डिफर्म हुंदै जांदा एउटा यस्तो बिन्दु आउंछ जस पश्चात पदार्थमा चिरा पर्न थाल्छ । चिरा परेपछि दुइ प्लेटहरु सन्तुलनमा आउनका लागि तल माथि गरी एडजस्ट हुन्छन् जसले गर्दा नजिकको भुभागमा कम्पन पैदा हुन्छ । यसलाइ सजिलो रुपमा यसरी पनि बुझ्न सकिन्छ । जस्तै एउटा सिन्कोलाइ बंग्यायौं भने त्यो बांगिंदै जान्छ र एउटा यस्तो अवस्थामा पुग्छ जब त्यो भांचिन्छ । त्यहि भांचिने स्टेज नै भूकम्पको स्टेज हो जतिखेर निस्केका तरंगहरुले पृथ्वीको सतहमा क्षति पुर्याउछन् ।
# भूकम्पको जोखिम बाट कसरी सुरक्षित हुने :
नेपाल लगायतका हिमाली क्षेत्रहरु टेक्टोनिकल्ली एक्टिभ अर्थात भूकम्पीय जोखिम भएका क्षेत्रहरु हुन् । त्यसैले नेपालमा भुकम्प जाने खतरा सधैं रहन्छ । भुकम्प आंफैले त्यति क्षति पुर्याउंदैन तर हामिले बनाएका कमजोर संरचनाहरु र आवश्यक पुर्वतयारीको अभावले गर्दा धेरै क्षति हुने गर्छ । हामीले अब तीन कुरामा ध्यान दियौं भने भुकम्पबाट हुने क्षतिलाइ धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ । पहिलो, कुरा भवन तथा संरचनाहरु सकेसम्म हलुका तथा होचा बनाउने । दोस्रो, ति संरचनाहरुको डिजाइन गर्दा लागत केहि बढी भएपनि भुकम्प प्रतिरोधात्मक बनाउन ध्यान दिने । र तेस्रो, बिपत्ति संग जुध्न राष्ट्रिय तथा स्थानीय स्तरमा पुर्वतयारी गर्ने ।
# भूकम्प कसरी रेकर्ड गरिन्छ?
भूकम्पलाई सिस्मोग्राफ (seismographs) भनिने यन्त्रबाट रेकर्ड गरिन्छ। यसले गर्ने रेकर्डिङलाई सिस्मोग्राम भनिन्छ। सिस्मोग्राफको तलको भाग अथवा आधारलाई जमिनमा मिलाएर राखिएको हुन्छ र एउटा भारी तौल झुन्ड्याईएको हुन्छ । जब भूकम्पले जमिन हल्लाउँछ, सिस्मोग्राफको आधार पनि हल्लिन्छ, तर झुन्डिएको तौल हल्लिंदैन। यसको सट्टामा झुन्डिएको स्प्रिङ्ग (spring) वा स्ट्रिङ (string) मात्र हल्लिन्छ। यसै समयमा सिस्मोग्राफको हल्लिएको भाग र नहल्लिएको भाग बिचको भिन्नतालाई रेकर्ड गरी भुकम्प मापन गरिन्छ ।
🙏धन्यवाद 🙏
#विज्ञानका_कुरा 🇳🇵