18/02/2026
हालै सडक विस्तार (Road Expansion) कार्यका कारण सडकछेउका धेरै भवनहरू भत्काइएका छन्, र दुर्भाग्यवश हाम्रो पसल पनि त्यसबाट प्रभावित भएको छ। यस कारणले गर्दा हामी पुरानो स्थानबाट सेवा प्रदान गर्न असमर्थ भएका छौँ।
तर हामीले हाम्रो काम निरन्तर रूपमा जारी राखेका छौँ। हालका लागि हामीले हाम्रो फ्याक्ट्री/पसल हेटौंडा–९, लामसुरेस्थित आफ्नै घरमा सारिएको जानकारी गराउन चाहन्छौँ। कुनै पनि सेवा वा जानकारीका लागि कृपया फोनमार्फत हामीलाई सम्पर्क गर्नुहोस्।
यस असहज परिस्थितिमा तपाईंको सहयोग, समझदारी र निरन्तर समर्थनका लागि हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हामी नयाँ स्थानको खोजीमा छौँ र छिट्टै नयाँ ठाउँबाट पुनः सेवा सुरु गर्नेछौँ। नयाँ स्थानमा सरेपछि हामी तपाईंहरूलाई जानकारी गरौनेछौ |
धन्यबाध|