Civil Concept

Civil Concept This is a Civil Engineering Page .All members are requested to post only those materials which related to Civil Engineering .

Over Head Tank | Quality Checking Point ✅💯| जल जीवन Mission | OHT Notes
16/07/2026

Over Head Tank | Quality Checking Point ✅💯
| जल जीवन Mission | OHT Notes

15/07/2026

देशै भर पानी समय असमय परेकोले हाम्रो घर निर्माण कार्य हरु १५-२० दिन सम्म केही सुस्त रहने छ। ढिलाको कारण त्यहा काम गर्ने Manpower हरुलाई अनावश्यक Pressure नदिनु होला काम बिग्रीन सक्छ, धन्यवाद 🙏
सुख मा मतिनु हुदैन, दु:ख मा आतिनु हुदैन 😊❤️

14/07/2026

पहिला भनियो, "बालेन मेयर पद छाडेर चुनाव नै लड्दैन।" तर बालेन चुनाव लडे।

फेरि भनियो, "बालेन काठमाडौं उपत्यकाभन्दा बाहिर गएर चुनाव लड्ने हिम्मत गर्दैन।" तर बालेन उपत्यकाभन्दा बाहिर गएर चुनाव लडे।

त्यसपछि भनियो, "बालेन झापा गएर केपी ओलीविरुद्ध चुनाव लड्न सक्दैन।" तर बालेनले केपी ओलीविरुद्ध चुनाव लडे।

फेरि भनियो, "ओलीलाई उनकै किल्लामा बालेनले कहिल्यै हराउन सक्दैन।" तर बालेनले ओलीकै क्षेत्रमा ५० भन्दा बढी मतान्तरले विजय हासिल गरे र देशभर झन्डै दुईतिहाइ बहुमत प्राप्त गरे।

त्यसपछि भनियो, "बालेन प्रधानमन्त्री बन्न सक्दैन, किनकि उनी पार्टीको सभापति होइनन्।" तर बालेन प्रधानमन्त्री पनि बने।

अनि फेरि भनियो, "बालेन प्रधानमन्त्री भए पनि केपी ओलीलाई छुन सक्दैन। ओलीलाई छोयो भने देशमा आगो बल्छ।" तर बालेन प्रधानमन्त्री बनेको पहिलो दिनमै केपी ओली जेल पुगे, र देशमा कतै पनि त्यस्तो अराजक अवस्था देखिएन।

अब फेरि भनिँदै छ, "बालेनले देश बनाउन सक्दैन।"

बालेनले देश बनाउन सक्छन् कि सक्दैनन्, त्यसको फैसला समय र जनताले गर्ने नै छन्। तर दशकौँदेखि सत्तामा बसेर देशको अवस्था आजको ठाउँमा पुर्‍याउनेहरूबाट यस्तो टिप्पणी सुहाउँदैन।

14/07/2026

यतिबेला देशले कसलाई खोजिरहेको छ??
१. रवी लामिछाने
२. गगन थापा
३. केपी ओली
४. शेर बहादुर देउवा
५. प्रचण्ड
६. बालेन साह नै??

14/07/2026
02/07/2026

सुनकोशी मरिन डाइभर्सन परियोजनामा १५ करोड बुझाएको भनेर ठेकेदार रमण महतोले सार्बजनिक मिडियामा बोकेका छन । यति मात्र होइन कमिसन नखुवाएसम्म पेश्की भुक्तानी नै नपाउने कुरा बताएका छन ।

यदि यो सत्य हो भने ठेकेदारको होइन कर्मचारी र नेताको पहिला खुट्टा भाँच्नु पर्ने देखियो । यदि झुठो हो भने यिनलाई कानुनको कठघरामा उभ्याउनु पर्‍यो । त्यसको लागि सरकार जिवित हुनु पर्‍यो ।

एकजना सरकारी इन्जिनियर सरकारी बाइकमा शनिबार साईट जादा जाँदै गर्दा स्थानीय पत्रकार भनिने ब्यक्तिले  रोकेर बेइज्ज गर्यो रे...
29/06/2026

एकजना सरकारी इन्जिनियर सरकारी बाइकमा शनिबार साईट जादा जाँदै गर्दा स्थानीय पत्रकार भनिने ब्यक्तिले रोकेर बेइज्ज गर्यो रे!" समाधान के?

नेपालको सन्दर्भमा सरकारी सवारी साधन सार्वजनिक बिदाको दिन (शनिबार) चलाउँदा ट्राफिक प्रहरीको पास वा आधिकारिक कार्यालयको आदेश अनिवार्य चाहिन्छ। तर, फिल्डमा खटिने इन्जिनियरहरू आकस्मिक वा नियमित कामका लागि शनिबार पनि साइट जानुपर्ने व्यावहारिक बाध्यता हुन्छ।

यस्तो अवस्थामा स्थानीय "पत्रकार" वा युट्युबरले बाटोमा रोकेर दुर्व्यवहार (हैरानी) गरेमा त्यसको कानुनी, व्यावहारिक र संस्थागत समाधानका उपायहरू निम्न अनुसार छन्:

१. तत्काल गर्नुपर्ने व्यावहारिक कार्य (Immediate Action)
संयम र भद्रता: उनीहरूसँग वादविवादमा उत्रिनु वा आक्रोशित हुनु हुँदैन, किनकि उनीहरूको उद्देश्य नै भिडियो खिचेर 'भाइरल' बनाउने हुन सक्छ।

सम्बन्धित कागजपत्र देखाउने: आफू सरकारी काम (साइट भिजिट) कै लागि हिँडेको प्रमाणित गर्ने कार्यालयको निर्णय, वा सवारी पास छ भने स्पष्ट रूपमा देखाइदिने।

कार्यालय प्रमुखलाई जानकारी: तुरुन्तै आफ्नो कार्यालय प्रमुख वा प्रशासनलाई फोन गरेर परिस्थिति सुचित गर्ने।

२. कानुनी र संस्थागत समाधान (Legal & Institutional Solutions)
प्रेस काउन्सिलमा उजुरी: यदि ती व्यक्ति वास्तविक पत्रकार हुन् र उनले पत्रकारिताको आचारसंहिता विपरीत थर्काउने, थिचोमिचो गर्ने वा बेइज्जत गर्ने काम गरेका छन् भने प्रमाण (भिडियो/अडियो) सहित प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिन्छ।

प्रहरीमा साइबर अपराध वा अभद्र व्यवहारको उजुरी: यदि ती व्यक्ति नक्कली पत्रकार (फेक आईडी कार्ड बोकेका) हुन् र अनुमति बिना भिडियो खिचेर, सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने नियतले पोस्ट गरेमा वा बाटोमा थुनेर अभद्र व्यवहार गरेमा नेपाल प्रहरीको साइबर ब्युरो वा स्थानीय जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहार (अनुचित थुनछेक/गाली बेइज्जती) को मुद्दा दर्ता गर्न सकिन्छ।

आधिकारिक प्रेस विज्ञप्ति: इन्जिनियरको कार्यालयले आधिकारिक रूपमा "उक्त दिन ती इन्जिनियर फलानो विकास निर्माणको कार्यका लागि खटिएका थिए" भनी स्पष्टीकरण सहितको प्रेस विज्ञप्ति जारी गर्नुपर्छ, जसले सामाजिक रूपमा लागेको दाग मेट्न मद्दत गर्छ।

३. भविष्यका लागि अपनाउनुपर्ने सावधानी (Preventive Measures)
सवारी पास अनिवार्य गर्ने: शनिबार वा सार्वजनिक बिदाको

म किन खुशी छु?लामो समयसम्म देशको नेतृत्व निश्चित समुदाय र सीमित भूगोलमै केन्द्रित थियो। धेरै समुदायले आफ्नो प्रतिनिधित्व...
21/06/2026

म किन खुशी छु?

लामो समयसम्म देशको नेतृत्व निश्चित समुदाय र सीमित भूगोलमै केन्द्रित थियो। धेरै समुदायले आफ्नो प्रतिनिधित्व राज्यको उच्च तहमा महसुस गर्न पाएका थिएनन्।

तर आज परिस्थिति बदलिँदैछ।
मधेशले प्रधानमन्त्री, उपराष्ट्रपति, प्रधानन्यायाधीश र उपसभामुख जस्ता देशका सर्वोच्च पदहरूमा आफ्नो उपस्थिति स्थापित गरेको छ। मन्त्रीहरूमा पनि मधेशको बलियो सहभागिता देखिँदैछ।

यो केवल मधेशको उपलब्धि होइन, यो नेपालको लोकतन्त्र परिपक्व हुँदै गएको संकेत हो।

नेपाल वास्तवमै “Unity in Diversity ” को बाटोमा अघि बढिरहेको छ। सबै समुदायको सम्मानजनक सहभागिताले नै देशलाई अझ बलियो, समावेशी र एकताबद्ध बनाउँछ।

अब जात, क्षेत्र र भूगोलको नाममा विभाजनको राजनीति गर्नेहरूको सोच कमजोर हुँदै जानेछ।

किनकि नयाँ नेपाल प्रतिनिधित्व, समावेशिता र सहअस्तित्वको आधारमा निर्माण हुँदैछ। जय नेपाल🇳🇵

Address

Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Civil Concept posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share