Dad mom Brand

Directions

Dad mom Brand Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dad mom Brand, Chemical company, Kailali.

आज पनि हाम्रो समाजमा यस्ता परिवारहरू हुनुहुन्छ । जसलाई दैनिक छाक टार्न समेत धौ-धौ परिरहेको छ। भोक र पीडासँग निरन्तर लडिरहेका छन्।
यदि तपाईंको वरपर यस्तै संकटमा परेका कोही परिवार वा व्यक्ति हुनुहुन्छ भने, कृपया हामीलाई जानकारी दिनुहोस्। हामी सहयोग गर्नेछौँ

यही ५ गते तपाईंको घर–आँगनमा आउँदैछौँ। ❤️हाम्रो अभियानमा सहयोग गर्न चाहनुहुन्छ भनेहामीलाई साथ दिनुहोस्। 🙏तपाईंको सानो सहय...
18/09/2026

यही ५ गते तपाईंको घर–आँगनमा आउँदैछौँ। ❤️

हाम्रो अभियानमा सहयोग गर्न चाहनुहुन्छ भने
हामीलाई साथ दिनुहोस्। 🙏

तपाईंको सानो सहयोगले पनि
कसैको दुःखमा ठूलो राहत पुग्न सक्छ।

जसको कोही छैन, त्यसको हामी।
Dad mom Brand

हामी तपाईंको घर–आँगनमा आउँदैछौँ, सहयोग गरिदिनुहोला।
11/09/2026

हामी तपाईंको घर–आँगनमा आउँदैछौँ, सहयोग गरिदिनुहोला।

🙏सर्वप्रथम DadMom Brand का भगवान्–रूपी सम्पूर्ण ग्राहकहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको वि...
23/07/2026

🙏सर्वप्रथम DadMom Brand का भगवान्–रूपी सम्पूर्ण ग्राहकहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास, साथ र प्रत्येक खरिदकै कारण आज हामी अभावमा परेका परिवारसम्म सहयोग पुर्‍याउन सक्षम भएका छौं। यो अभियान DadMom Brand को मात्र होइन, तपाईंहरू सबैको साझा मानवताको अभियान हो। 🙏

21/07/2026

कर्मचारी आवश्यकता
(२ महिनाको परीक्षण अवधि)

DadMom Brand का लागि मेहनती, इमानदार, अनुशासित तथा जिम्मेवार कर्मचारी आवश्यक।

सुविधाहरू (परीक्षण अवधिमा मात्र)

- परीक्षण अवधिभर मासिक रु. १५,००० निश्चित तलब प्रदान गरिनेछ।
- प्रत्येक नयाँ सदस्य बनाएको बापत रु. ५० कमिसन प्रदान गरिनेछ।
- उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई थप पुरस्कार, सम्मान तथा जिम्मेवारी प्रदान गरिनेछ।

नियमहरू

- प्रत्येक नयाँ सदस्यले कम्तीमा रु. ४०० वा सोभन्दा बढीको खरिद गर्नुपर्नेछ।
- सबै कारोबार नगद हुनुपर्नेछ।
- कम्पनीले तोकेको मूल्यमा मात्र बिक्री गर्नुपर्नेछ।
- कम्पनीको अनुमति बिना उधारो बिक्री, छुट वा मूल्य परिवर्तन गर्न पाइने छैन।
- कम्पनीको नियम, अनुशासन तथा आचारसंहिता अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।
- ग्राहकसँग इमानदार, सभ्य तथा सम्मानजनक व्यवहार गर्नुपर्नेछ।
- दैनिक कारोबार तथा सदस्यताको विवरण समयमै बुझाउनुपर्नेछ।

परीक्षण अवधि

- सबै नयाँ कर्मचारीलाई २ महिनाको परीक्षण (Trial) अवधिका लागि नियुक्त गरिनेछ।
- परीक्षण अवधिमा कर्मचारीको कार्यसम्पादन, अनुशासन, इमानदारी, जिम्मेवारी तथा बिक्री क्षमता को मूल्याङ्कन गरिनेछ।
- परीक्षण अवधिभित्र तलब, कमिसन तथा कम्पनीले घोषणा गरेका पुरस्कार बाहेक अन्य कुनै सेवा–सुविधा उपलब्ध गराइने छैन।

स्थायी नियुक्ति तथा तलब निर्धारण

- परीक्षण अवधि सफलतापूर्वक पूरा गरी कम्पनीले तोकेको मापदण्ड पूरा गर्ने कर्मचारीलाई स्थायी रूपमा नियुक्त गरिनेछ।
- २ महिनाको परीक्षण अवधिको कार्यसम्पादन का आधारमा मासिक निश्चित तलब (Fixed Salary) निर्धारण गरिनेछ।

कार्यसम्पादन| २ महिनाभित्र नयाँ ग्राहक| मासिक निश्चित तलब
उत्कृष्ट| ३०० जना वा सोभन्दा बढी| रु. २०,०००
राम्रो| २००–२९९ जना| रु. १८,०००
सन्तोषजनक| १२०–१९९ जना| रु. १५,०००

- १२० जनाभन्दा कम नयाँ ग्राहक बनाउन सफल कर्मचारीको स्थायी नियुक्ति कम्पनीको आवश्यकता, अनुशासन तथा कार्यसम्पादनको समग्र मूल्याङ्कनका आधारमा निर्णय गरिनेछ।

वार्षिक तलब वृद्धि (महँगी भत्ता)

- कार्यसम्पादन, अनुशासन, जिम्मेवारी तथा कम्पनीको आर्थिक अवस्थाको मूल्याङ्कनका आधारमा प्रत्येक वर्ष:
- सन्तोषजनक कार्यसम्पादन: रु. १,००० तलब वृद्धि।
- राम्रो कार्यसम्पादन: रु. २,००० तलब वृद्धि।
- उत्कृष्ट कार्यसम्पादन: रु. ३,००० तलब वृद्धि।
- कम्पनीको विशेष निर्णयअनुसार थप बोनस, तलब वृद्धि वा पदोन्नति प्रदान गर्न सकिनेछ।

यातायात सुविधा (स्थायी कर्मचारीका लागि)

- कम्पनीको कामका लागि मोटरसाइकल प्रयोग गर्ने कर्मचारीलाई हरेक २,००० किलोमिटर पूरा भएपछि अधिकतम रु. २,५०० सम्मको बाइक सर्भिसिङ खर्च उपलब्ध गराइनेछ।
- कम्पनीको आधिकारिक कामका लागि हरेक ७० किलोमिटर बराबर १ लिटर पेट्रोल उपलब्ध गराइनेछ।
- यो सुविधा कम्पनीको आधिकारिक काममा गरिएको यात्रामा मात्र लागू हुनेछ।

हाम्रो प्रतिबद्धता

"मेहनत अनुसार आम्दानी, उत्कृष्ट कार्यको उचित सम्मान।"

"कर्मचारीको प्रगति नै कम्पनीको प्रगति हो, र कम्पनीको प्रगति नै कर्मचारीको भविष्य हो।"

आजै DadMom Brand परिवारसँग जोडिनुहोस्!

19/07/2026

सर्वप्रथम DadMom Brand का भगवान्–रूपी सम्पूर्ण ग्राहकहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास, साथ र प्रत्येक खरिदकै कारण आज हामी अभावमा परेका परिवारसम्म सहयोग पुर्‍याउन सक्षम भएका छौं। यो अभियान DadMom Brand को मात्र होइन, तपाईंहरू सबैको साझा मानवताको अभियान हो। 🙏

19/07/2026

सर्वप्रथम DadMom Brand का भगवान्–रूपी सम्पूर्ण ग्राहकहरूप्रति हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछौं। तपाईंहरूको विश्वास, साथ र प्रत्येक खरिदकै कारण आज हामी अभावमा परेका परिवारसम्म सहयोग पुर्‍याउन सक्षम भएका छौं। यो अभियान DadMom Brand को मात्र होइन, तपाईंहरू सबैको साझा मानवताको अभियान हो।

17/07/2026

🙏

07/05/2026

सहयोग नै मानवताको सबैभन्दा सुन्दर रूप हो।
जसको कोही छैन, त्यसको हामी।
आज पनि हाम्रो समाजमा यस्ता परिवारहरू छन्,
जसका लागि दैनिक एक छाक खाना जुटाउनु नै ठूलो संघर्ष बनेको छ।
भोक र अभावको पीडासँग उनीहरू निरन्तर जुधिरहेका छन्।
यदि तपाईंको वरिपरि यस्तै संकटमा परेका
कुनै व्यक्ति वा परिवार छन् भने,
कृपया हामीलाई जानकारी गराइदिनुहोस्।
हामी Dad Mom Brand मार्फत
आवश्यक सक्दो सहयोग गर्ने प्रयास गर्नेछौँ।
किनकि यस अभियानका वास्तविक आर्थिक सहयोगी
तपाईंजस्ता भगवान् रूपी ग्राहकहरू नै हुनुहुन्छ।
यदि तपाईंलाई सरसफाइका सामानहरू आवश्यक छन् भने,
हाम्रो सामान मन परे प्रयोग गर्न सक्नुहुन्छ 🙏

02/04/2026

जसको कोही छैन, त्यसको हामी Dad mom all chemical industry

🧭 अभियानको मुख्य उद्देश्य
भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप, दुर्घटना तथा गम्भीर बिरामी जस्ता अवस्थामा परेका व्यक्तिलाई तुरुन्त सहयोग पुर्‍याई, कठिन परिस्थितिमा कोही पनि एक्लो नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो।

यो अभियान
❌ राजनीति वा व्यक्तिगत स्वार्थका लागि होइन
✔ केवल मानव सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका लागि हो।

🎯 विस्तृत उद्देश्यहरू
१. संकटमा परेका व्यक्तिलाई तुरुन्त सहयोग पुर्‍याउने
२. बिरामी, दुर्घटना वा आपतकालीन अवस्थामा
👉 अस्पताल सहयोग उपलब्ध गराउने
३. रगत अभाव भएको अवस्थामा
👉 तुरुन्त रक्तदाता उपलब्ध गराउने
४. असहाय, विपन्न तथा एक्ला व्यक्तिहरूलाई
👉 आर्थिक र सामाजिक सहयोग गर्ने
५. गाउँ/समुदायमा
👉 संगठित आपतकालीन सहयोग प्रणाली निर्माण गर्ने
६. स्वयंसेवक र सदस्यहरू जोडेर
👉 सहयोगी सञ्जाल विस्तार गर्ने
७. समाजमा
👉 मानवता, साथ र एकताको भावना बलियो बनाउने
८. पारदर्शी र जिम्मेवार प्रणालीमार्फत
👉 विश्वासिलो अभियान निर्माण गर्ने

अन्तिम प्रतिबद्धता
हामी सानो प्रयासबाट सुरु गर्छौं,
तर ठूलो परिवर्तन ल्याउने लक्ष्य राख्छौं।
👉 कुनै पनि व्यक्तिलाई समस्या पर्दा
एक्लो महसुस हुन नदिने हाम्रो जिम्मेवारी हो।

22/03/2026

📢 सूचना
आदरणीय ग्राहकवर्ग तथा सरोकारवालाहरूमा विनम्र जानकारी गराइन्छ कि हाम्रो कम्पनी विशेष कारणवश आजको मितिदेखि आगामी ७ (सात) दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ।
यस अवधिमा कुनै पनि सेवा, कारोबार तथा कार्यालयीय कार्यहरू सञ्चालन नहुने व्यहोरा जानकारी गराइन्छ।

यसबाट पर्न जाने असुविधाप्रति हामी हार्दिक क्षमाप्रार्थी छौं। तपाईंहरूको निरन्तर विश्वास, साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दछौं।
धन्यवाद।
— कम्पनी व्यवस्थापन समिति

Address

Kailali

Website

Alerts

Be the first to know and let us send you an email when Dad mom Brand posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share