Professional Engineering Network Nepal - PENN

Professional Engineering Network Nepal - PENN Network of professional Nepalese engineers for the professional ethics in education & practice

इंजीनियरिंग काउन्सिल स्वायत्त संस्था हुनुपर्छ। काउन्सिल लाई अझ शक्तिशाली बनाईयोस्।
03/07/2019

इंजीनियरिंग काउन्सिल स्वायत्त संस्था हुनुपर्छ। काउन्सिल लाई अझ शक्तिशाली बनाईयोस्।

काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक ०७६ मा भएका विभिन्न बुँदामा सरोकारवालाहरुले

A department equipped with a huge number of 2000 engineers can't undertake the major national projects? It can't underta...
31/05/2018

A department equipped with a huge number of 2000 engineers can't undertake the major national projects? It can't undertake the projects like fast track and even ring road expansion projects. Media is now quite sarcastic about this. Do we engineers realize this fact?

पञ्चायत कालदेखि सडक विभाग इन्जिनियरहरूका साथै लेखापाल, प्रशासन सबै प्रकारका कर्मचारीका लागि आकर्षक रोजगारी रहँ...

का.म.न.पा मा नयाँ कार्यकारीको आगमन संगै भएका निर्णयहरु: वारेसमा थर्ड पार्टीको खारेजी, निर्माणस्थलमा नक्सा बम्बोजिम निर्म...
02/05/2017

का.म.न.पा मा नयाँ कार्यकारीको आगमन संगै भएका निर्णयहरु: वारेसमा थर्ड पार्टीको खारेजी, निर्माणस्थलमा नक्सा बम्बोजिम निर्माण भए/नभएको निरिक्षण गर्न इन्जिनियर खटाइने लगायतका कदमहरु स्वागतयोग्य छन् I साथै नक्सा पास प्रक्रियामा फाइल बुझाउने देखि लिएर स्वीकृतिको निमित्त डिजिटल सिग्नेचर समेत अनलाइन बाटै हुने प्रक्रिया को थालनी संगै ढिलासुस्ती लगायतका अनियमितताहरु स्वत हट्ने बिश्वाश लिन सकिन्छ I

काठमाडौँ, १८ वैशाख । नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ । गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भए पनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर ग...

कुनै पनि नगरपालिकमा प्रक्रियापुर्वक पेश गरी दर्ता भएका डिजाईन-नक्सा हरु निर्वाध रुपमा सरल ढंगले अगाडी बढी एउटा निश्चित अ...
31/03/2017

कुनै पनि नगरपालिकमा प्रक्रियापुर्वक पेश गरी दर्ता भएका डिजाईन-नक्सा हरु निर्वाध रुपमा सरल ढंगले अगाडी बढी एउटा निश्चित अवधि भित्र पास हुनुपर्दछ I यस सम्पूर्ण प्रक्रियामा घर-धनी र डिजाइन कन्सल्टेन्ट बाहेक अरु थर्ड पार्टीको संलग्नता आवश्यक नहुने बातावरण तैयार पार्नु स्वयंम नगरपालिका समेतको जिम्मेवारी हो I नक्सा पास गराइदिने थर्ड पार्टीको संलग्नताले बिभिन्न खालको बिकृति निम्तिनुका साथै आर्थिक चलखेलको समेत गुन्जायस रहने हुन्छ I नक्सा पासमा बिध्यमान यस्तो दलाली प्रथा (थर्ड पार्टी वारेस) लाई रोक्न पास-प्रक्रिया लाई सरल बनाउन सबै नगरपालिकाहरुलाई यस नेटवर्क बिशेष अनुरोध गर्दछ I यसर्थ का.म.न.पा ले लागु गर्न खोजेको यो व्यवस्था एकदमै सह्रानीय देखिन्छ I

ल बर्बाद ! होटलको बेसमेन्ट खन्दा सड़क मजबुत नभएर पो बाटो भत्किएको भन्छन त हाम्रा सांसद्ज्यु हरु ! होटलको बेसमेंट खन्दा बा...
17/03/2017

ल बर्बाद ! होटलको बेसमेन्ट खन्दा सड़क मजबुत नभएर पो बाटो भत्किएको भन्छन त हाम्रा सांसद्ज्यु हरु ! होटलको बेसमेंट खन्दा बाटो कसरी भत्कियो भन्ने जस्तो विशुद्ध प्राविधिक बिषयमा सम्बंधित बिशेषज्ञ इन्जीनियरबाट प्राविधिक अध्ययन गराई रिपोर्ट अनुसार बोल्ने की आफै प्राविधिक बनी भाषण गर्ने ?

नक्सालमा जगदम्बा हस्पिटालिटीले बनाउँदै गरेको होटल ट्रि हिल्टनको निमार्णका विषयमा सांसदहरुले एकाएक बोली फेरेका छन्। शुक्रबार व्यवस्थापिका

नियम के पहुँच नभएका सर्वसाधारणको लागि मात्र हो ?
05/03/2017

नियम के पहुँच नभएका सर्वसाधारणको लागि मात्र हो ?

काठमाडौ – जगदम्बा हस्पिटालिटीको नक्सालमा निर्माणाधीन डबल ट्री हिल्टन होटेलको नक्सापास काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको खुलेको छ । नक्सापासअघि फिल्डमा गई स्थानीयको रोहवरमा स्वीकृति र होटेल स्थापना गर्दा हुन सक्ने क्षतिको आँकलनसमेत नगरी महानगरपालिकाले १७ जेठमै नक्सापास गरेको पाइएको खबर आजको…

अख्तियारको सक्रियता स्वागतयोग्य छ I
09/02/2017

अख्तियारको सक्रियता स्वागतयोग्य छ I

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माणाधीन 'हिल्टन' होटलको फाइल नियन्त्रणमा लीएको छ। काठमाडौं महानगरपालिकासँग रहेको उक्त फाइल मंगलबार अख्तियारले नियन्त्रणमा लिएको हो।

31/12/2016

LET THE PROFESSIONALISM PREVAILS IN THE ENGINEERING COMMUNITY IN THE UPCOMING YEAR 2017.

पुस मसान्त सम्म चाहिं मापदण्ड बिपरित का घरले पनि निर्माण सम्पन्न पाउने हो ? भन्न खोजेको अलि बुझिएन !http://www.onlinekha...
17/11/2016

पुस मसान्त सम्म चाहिं मापदण्ड बिपरित का घरले पनि निर्माण सम्पन्न पाउने हो ? भन्न खोजेको अलि बुझिएन !

http://www.onlinekhabar.com/2016/11/502368/

यो एरिया नगरपालिकाको कुन चाहिं इन्जिनियरको भागमा पर्छ ?-----------------------------------------------------------------...
14/11/2016

यो एरिया नगरपालिकाको कुन चाहिं इन्जिनियरको भागमा पर्छ ?
-----------------------------------------------------------------------

संख्यागत हिसाबले भन्नुपर्दा नगरपालिका भित्र बन्ने ८०% नक्सा डिजाइन कार्यहरु प्रत्यक्ष् /अप्रत्यक्ष रुपमा नगरपालिका भित्रकै इन्जिनियरसाबहरु बाट नै हुने गर्दछन् I न्युरोड एरिया मा बन्दै गरेका बिल्डिंग हरुमा गएर बुझ्दा यो कुरा प्रस्टै हुन्छ I नियमत यिनीहरुले यसरि प्राइभेट प्राक्टिस गर्न पाउंदैनन् I तर यिनीहरुलाई नक्सा बनाउन दिइयो भने निर्माण स्वीकृति छिटो मिलाइदिने, फिल्ड चेकमा कडाइ नहुने लगायतका अन्य कारणले पनि क्लाइन्ट हरु नगरपालिका सम्बद्ध इन्जिनियरबाट नै काम गर्न रुचाउंछन् I निश्चित एरिया नै हुने गरेको पाइयो नगरपालिका सम्बद्ध इन्जिनियरहरुको I स्थिति यस्तो सम्म रहेछ कि, सेवाग्राही हरु घर बनाउनु भन्दा अगाडी यो एरिया कुन चाहिं नगरपालिका सम्बद्ध इन्जिनियरको भागमा पर्ने रहेछ बुझ्ने गर्दा रहेछन अनि निजको अफिस खोजि-खोजि पुग्दा रहेछन् I आ-आफ्नो क्षेत्र् नै तोकी ब्यापक सिण्डिकेट खडा गरिएको छ I

अरु स्वतन्त्र इन्जिनियर/कन्सल्टेन्ट बाट तयार गरिएको नक्शा डिजाइनमा अनावश्यक किचलो गरिने हुँदा प्राइभेट कन्सल्टेन्टकोमा फाट्टफुट्ट मात्र छिर्छन् अधिकांश सेवाग्राही हरु I साथै नियमपूर्वक हुने काम कुरामा पनि क्लाइन्टहरु अनावश्यक रुपमा अतिरिक्त नजराना बुझाउन बाध्य हुन्छन् अनि मानसिक पिडा पनि भोग्न बाध्य हुन्छन् I

यस्तो अवस्था उनीहरुले पाएको अख्तियारी को चरम दुरुपयोग हो I

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

नक्कली इन्जिनियर प्रकरण-------------------------------"११ लाख खर्च गरेर पास नभएपछि २ लाख खर्च गरेर नक्कली प्रमाणपत्र बना...
03/05/2016

नक्कली इन्जिनियर प्रकरण
-------------------------------
"११ लाख खर्च गरेर पास नभएपछि २ लाख खर्च गरेर नक्कली प्रमाणपत्र बनाएको हुँ,’ उनले भने, ‘ मैले जसरी प्रमाणपत्र बनाउने नेपालका ६० प्रतिशत इन्जिनियर छन्।’ सप्तरीका पुष्करराज शर्मा र धनुषाका शेखर पन्जियारले पनि नक्कली इन्जिनियरको प्रमाणपत्र बनाउने प्रहरीले सोचेभन्दा बढी रहेको बताए"
-------------------------------


प्रोफेशनल इन्जिनियर्स नेटवर्क - नेपाल (पेन) को धारणा:

व्यापारिक प्रयोजनका लागि खोलिएका कालेज अनि बिश्वबिद्यालयहरुमा +२ लेभलमा जतिनै कमजोर बिद्यार्थीहरुले पनि सजिलै भर्ना हुन पाउने अवश्था छ I नाम मात्रको इन्ट्रान्स एक्जाम लिइन्छ I


समाजम प्रतिष्ठित "इन्जिनियर" टाइटल बेच्ने अनि किन्ने होड चलेको छ यतिबेला I यति धेरै संख्यामा इन्जिनियरिंग कालेजहरू खुलेको देख्दा लाग्छ मानौं +२ मा साइन्स लिएर पढेका सबैलाई इन्जिनियर बनाउने ठेक्का लिएका छन् यी पाइलैपिच्छे रहेका नाम मात्रका इन्जिनियरिंग कालेजहरुले I न उचित भौतिक पूर्वाधार, न त राम्रा पढाउने टिचरहरुनै ! भर्खर ब्याचलर पास गरेकाहरुले पास भएको भोलिपल्टै त्यहि लेभलकालाई पढाउने गर्छन् I अनुभवी अनि माथील्लो डिग्री भएका एक्स्पर्ट हरुलाई टाढै राख्छन् कालेज् हरु I


साथै जसले पनि सजिलै एड्मिशन पाउन सक्छ यस्ता कालेजमा, मात्र +२ मा बिज्ञान बिषय लिएर पढेको हुनुपर्यो बस् ! बिकृति यहीं बाट सुरु हुन्छ - न बिद्यार्थी अब बिद्यार्थी जस्ता रहे, न त कालेज कालेज जस्तो !


त्यसमाथि इन्जिनियरिंग क्षेत्रको एकमात्र शक्तिसम्पन्न नियामक निकाय नेपाल इन्जिनियरिंग काउन्सिल को सक्रियता शुन्य प्राय छ I नक्कली मात्र होइन, कतिपय सक्कली भनाउँदा इन्जिनियरहरु पनि नक्कली जस्तै देखिन्छ - बिना क्षमताका सर्टिफिकेटधारी !

Online destination for Nepal news, views, reviews, features, blogs and audio video content covering Nepali politics, society, market, arts, entertainment and sports.

 #ईन्जिनियर_को_सक्कली_को_नक्कली ?नेपाल प्रहरीले नक्कली कागजातका आधारमा इन्जिनियरिंग काउन्सिलमा दर्ता भएका केहि नक्कली इन...
27/04/2016

#ईन्जिनियर_को_सक्कली_को_नक्कली ?

नेपाल प्रहरीले नक्कली कागजातका आधारमा इन्जिनियरिंग काउन्सिलमा दर्ता भएका केहि नक्कली इन्जिनियरहरु अनि त्यस्तो कार्य गर्नमा संलग्नहरुलाई पक्राउ गरी इन्जिनियरिंग क्षेत्रमा रहेको चरम बिकृतिलाई सबैको अगाडी ल्याईदिएको छ I यसको उच्च मुल्यांकन गर्दै यस नेटवर्क नेपाल प्रहरीलाइ हार्दिक धन्यवाद ब्यक्त गर्दछ I

तर समाजमा हाल दुई किसिमका नक्कली इन्जिनियरहरु बिध्यमान छन् I एक- माथि उल्लेखित कानुनी हिसाबले नक्कली, अर्को चाहीं सबै प्रक्रिया कानुनी रुपमा पुरा गरी काउन्सिलमा दर्ता भएका तर - गुणस्तरहीन I दुवै नक्कली नै हुन् - किनकी समाजमा दुवैको कमजोर गुणस्तरले पार्ने नकरात्मक असर उस्तै खालको हुन्छ I

हाम्रो समाजमा गैरकानुनी नक्कली भन्दा, कानुनी रुपमा सक्कली तर व्यवहारिक धरातलमा इन्जिनियरिंगको "ई" पनि नबुझेका नक्कली इन्जिनियरहरु धेरै छन् I यस्ता इन्जिनियरलाई प्रहरीले समात्न सक्दैन, किनकि, ऊनीहरुसित युनिभर्सिटीको सक्कली डिग्री अनि काउन्सिलमा दर्ता भएको सक्कली प्रमाणपत्र साथमा हुन्छ I मात्र यिनीहरुमा प्राक्टिस गर्न चाहिने गुणस्तर हुन्न I

यस्ता कानुनि रुपले सक्कली तर व्यवहारिक हिसाबले नक्कली इन्जिनियरलाई रोक्ने जिम्मेवारी भनेको प्रमुखत अधिकार सम्पन्न इन्जिनियरिंग काउन्सिलकै हो I काउन्सिलले दर्ता गर्नु पुर्व लाइसेंसिंग परिक्षाको अनिवार्य व्यवस्था नगरेसम्म यस्ता नक्कली इन्जिनियरहरु बाट राम्रा इन्जिनियर अनि समस्त समाज र देशनै पिडित भइराख्ने निश्चित छ I
---------------------------------------------
प्रोफेशनल इन्जिनियर्स नेटवर्क - नेपाल

http://nagariknews.com/main-story/story/68689.html

काठमाडौं- उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नक्कली इन्जिनियर पक्राउ गरेको छ। ईन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल ईन्जिनियरिङ परिषदमा दर्ता गराई...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Professional Engineering Network Nepal - PENN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share