Sewa Hub

Sewa Hub Planning, Engineering, Designing, Estimation, Valuation & Training

घर निर्मान देखि देखि घर सम्पन्न सम्म , सङै सीपएज ,रेनोभेसनको काम हरु गरिनुको साथै हजुर को घरको सुपरभिजन पनि गरिन्छ ।।अझै धेरै बुझ्नको लगि सम्पर्क गर्न सक्नुहुन्छ ...

14/05/2026
05/05/2026

अब घर जग्गा किन्दा Right of Way बुझेर मात्र घर जग्गा खरिद गर्नुहोला

"Right of Way" (ROW) भनेको सडक वा सार्वजनिक पूर्वाधारका लागि छुट्याइएको न्यूनतम चौडाइ हो। जग्गा किन्दा वा घर बनाउँदा यो नियम बुझ्नु अत्यन्तै जरुरी हुन्छ किनकि यसले तपाईंको जग्गाको उपयोगिता निर्धारण गर्छ।

नेपालको सन्दर्भमा ROW सम्बन्धी मुख्य नियमहरू यस प्रकार छन्:
१. सडकको केन्द्रविन्दुबाट दुरी (Setback)
ROW ले सडकको मध्यभाग (Center Line) बाट दुबैतर्फ कति जग्गा छोड्नुपर्छ भन्ने तय गर्छ।

राजमार्ग (Highways): सामान्यतया सडकको केन्द्रबाट २५–२५ मिटर (कुल ५० मिटर) सम्म ROW हुन सक्छ।

सहायक सडक (Feeder Roads): केन्द्रबाट १५–१५ मिटर (कुल ३० मिटर) सम्म हुन सक्छ।

नगरपालिका/गाउँपालिका भित्रका सडक: स्थानीय मापदण्ड अनुसार ४ मिटर, ६ मिटर वा ८ मिटरको बाटो हुन सक्छ। यसमा सडकको चौडाइको आधा भाग छोडेर थप १.५ मिटर (Setback) जग्गा छोडेर मात्र घर बनाउन पाइन्छ।

२. ROW भित्र निर्माण निषेध

ROW भित्र परेको जग्गामा कुनै पनि स्थायी संरचना (घर, पर्खाल, भवन) बनाउन पाइँदैन।

यदि भविष्यमा सडक विस्तार भयो भने, ROW भित्रको संरचना भत्काइन्छ र त्यसको मुआब्जा समेत नपाइने कानुनी प्रावधान हुन सक्छ।

३. जग्गाको मूल्याङ्कनमा असर

जग्गा किन्दा लालपुर्जामा जति क्षेत्रफल छ, त्यसमध्ये कति भाग ROW मा पर्छ भन्ने हेर्नुपर्छ। यदि ROW मा आफ्नु जग्गा परेको छ भने धितो लिदा bank valuation कम हुन्छ। तेस्तै अन्य property valuation show गर्दा कम हुन सक्छ।

धेरै जसो अवस्थामा ROW मा परेको जग्गाको पनि तिरो तिरिरहनुपर्ने हुन्छ, तर त्यसमा घर बनाउन पाइँदैन। यसले गर्दा तपाईंको उपयोगी जग्गा कम हुन सक्छ।

४. हाइटेन्सन लाइनको ROW

सडक मात्र होइन, ठूला बिजुलीका तार (High Tension Line) मुनि पनि ROW लागू हुन्छ।

१३२ KV वा सोभन्दा माथिका तारमुनि निश्चित मिटर (प्राय ९ देखि २१ मिटर सम्म) भित्र घर बनाउन पूर्ण प्रतिबन्ध हुन्छ।

५. कसरी चेक गर्ने?

नगरपालिका/वडा कार्यालय: उक्त जग्गामा सडकको मापदण्ड कति फिटको छ भनेर वडाको प्राविधिक शाखामा बुझ्नुपर्छ।

नगर विकास प्राधिकरण: ठूला सहरहरूमा गुरुयोजना (Master Plan) अनुसार भविष्यमा कत्रो सडक बन्दैछ भन्ने जानकारी यहाँबाट पाइन्छ।
६. प्रमुख नदीहरूको Row

- काठमाडौंको उप्त्यका भित्रको नियम
बागमती, विष्णुमती र मनोहरा नदी: किनारबाट २० मिटर छोड्नुपर्ने।

धोबीखोला: किनारबाट ९ मिटर छोड्नुपर्ने।

नख्खु खोला: किनारबाट १२ मिटर छोड्नुपर्ने।

बल्खु, हनुमन्ते, कर्मनाशा र कोदकु खोला: किनारबाट ४ मिटर छोड्नुपर्ने।

- उपत्यका बाहिरको नियम

ठूला नदीहरू (जस्तै नारायणी, कोशी, गण्डकी) को हकमा स्थानीय सरकार वा नगर विकास प्राधिकरणले छुट्टै मापदण्ड तोकेका हुन्छन्।

धेरै ठाउँमा खोलाको बहाव क्षेत्रबाट १० देखि ५० मिटरसम्म 'नो कन्स्ट्रक्सन जोन' तोकिएको हुन्छ।

खोला किनारको जग्गामा हुने जोखिमहरू

नक्सा पास नहुने:
यदि तपाईंको जग्गा मापदण्ड भित्र (Setback मा) पर्छ भने घर बनाउन नगरपालिकाले नक्सा पास गर्दैन।
जग्गा कटान:
वर्षायाममा खोलाले जग्गा काट्ने वा डुबानमा पर्ने उच्च जोखिम हुन्छ।
मुआब्जा बिनाको अधिग्रहण:
भविष्यमा खोला किनारमा करिडोर वा सडक बनाउँदा मापदण्डमा परेको जग्गाको मुआब्जा पाउन गाह्रो हुन्छ।

"लालपुर्जामा जग्गा भए पनि खोलाको छेउ छ भने नदीको मापदण्ड (Setback) कति हो अनिवार्य बुझ्नुहोस्।"

"खोला छेउको जग्गामा पर्खाल लगाउन वा घर बनाउनुअघि वडा कार्यालयको इन्जिनियरसँग स्वीकृति लिनुहोस्।"

"मापदण्ड मिचेर बनाइएका संरचना जुनसुकै बेला सरकारले भत्काउन सक्छ।"
अन्त्यमा
जग्गा किन्दा फिल्डमा सानो बाटो देखिए पनि भोलि सरकारी नक्सामा त्यो बाटो विस्तार हुने योजना हुन सक्छ। त्यसैले "सडक विस्तारको मापदण्ड" बुझेर मात्र लगानी गर्नुहोला।

24/04/2026

24/04/2026

22/04/2026

तराईमा अहिले धेरै गर्मि छ । ल्यान्टर (slab ) ढलान गर्दा गर्मिको कारण plastic shrink cracks हरु आउने र worse हुदै Crack width बढ्यो भने slab seepage पनि हुन सक्छ । तसर्थ तलका कुराहरुमा ध्यान दिनुहोला :
१) Slab ढलान गर्दा ४ बजे पछि मात्र गर्नुहोला (१२-४ बजे नगर्नु )
२) बिहान को समय गर्ने हो भने plastic अथवा जुट को बोरा तैनाथ अवस्थामा राख्नु होला । ढलान लगत्तै ओडाउनु होला
३) सतह को गोलो सुक्न थालेपछि २-३ घन्टा भित्र हल्का पानी छर्कन थाल्नुहोला
४) २४ घन्टा पछि ताल बनाएर कम्तिमा १४ दिन राख्नुहोला

धन्यवाद र यो जानकारि मन पर्यो भने share गर्न नबिर्सनुहोला ।

11/04/2026

Address

Sanobharyang Ktm
Kathmandu

Opening Hours

Monday 10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 05:00
Sunday 10:00 - 05:00

Telephone

+9779843748986

Website

Alerts

Be the first to know and let us send you an email when Sewa Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sewa Hub:

Share