17/06/2026
अध्ययन बिदामा गएर अध्ययन पूरा नगरेका तथा अध्ययन पश्चात् सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट नियमानुसार असुलउपर गर्नुपर्ने रकम असुल गर्ने अभियान त्रिभुवन विश्वविद्यालयले निरन्तर अगाडि बढाइरहेको छ।
यसै सन्दर्भमा, हालसम्म विश्वविद्यालयको सम्पर्कमा आउन आनाकानी गरिरहेका सम्बन्धित शिक्षक तथा कर्मचारीलाई १५ दिनभित्र विश्वविद्यालयसँग सम्पर्कमा आउन आग्रह गरिएको छ।