17/09/2026
🏗️ प्रविधि, प्रकृतिको काख र वैदिक विज्ञान: एक अकाट्य शास्त्रीय एवं वैज्ञानिक विश्लेषण 🏡
संसार आज अत्यधिक आधुनिकता, आर्टिफिसियल इन्टेलिजेन्स र सिमेन्ट-कंक्रिटका अग्ला संरचनाहरूको अन्धधुन्ध दौडमा छ। प्रविधिले मानव जीवनलाई गति त दियो, तर अनियन्त्रित कंक्रिटकरणले हाम्रा सहरहरूलाई 'हिट आइल्यान्ड' (Heat Islands) मा परिणत गरिदिएको छ। यही समयमा, विष्णुजित रोयल होम्स प्रविधिको सही उपयोग गर्दै समुदाय र पर्यावरणीय दायित्व सहितको प्रकृति तर्फ फर्कने (Back to Nature) ऐतिहासिक एवं वैज्ञानिक क्रान्तिको नेतृत्व गरिरहेको छ न की प्रतिस्पर्धा गर्न।
हामी किन प्रविधिमा हराउँदै गर्दा श्रद्धापूर्वक प्रकृति र रैथाने वास्तुकलातर्फ फर्किनै पर्छ? यहाँ शास्त्रीय दर्शन र प्रमाणित वैज्ञानिक तथ्यहरूको संयोजन प्रस्तुत गरिएको छ:-
✨ १. शास्त्रीय र वास्तु विज्ञानको आधार (The Classical & Vastu Science)
हाम्रो वैदिक सनातन दर्शनले भन्दछ– "यत् पिण्डे तद् ब्रह्माण्डे।" अर्थात्, यो मानव शरीर र ब्रह्माण्ड एउटै पञ्चतत्त्व (पृथ्वी, जल, तेज, वायु, आकाश) ले बनेको छ। जब हामी बस्ने घर वा संरचना यी तत्त्वहरूसँग सन्तुलित हुँदैनन्, तब मानव जीवनमा मानसिक अशान्ति र रोगहरू निम्तिन्छन्। ढुङ्गा, माटो (Rammed Earth) र काठको हाम्रो रैथाने नेपाली वास्तुकला केवल परम्परा मात्र होइन, यो एक उन्नत वास्तु विज्ञान हो जसले घरलाई प्राकृतिक रूपमा सकारात्मक ऊर्जाको केन्द्र (Energy Hub) बनाउँछ।
🔬 २. थर्मल मास र ऊर्जा बचतको विज्ञान (Thermal Mass & Insulation)
सिमेन्ट र फलामका संरचनाहरूले बाहिरी तापक्रमलाई तुरुन्तै भित्र पठाउँछन्, जसले गर्दा कोठा अत्यधिक तातो वा चिसो हुन्छ। तर, हाम्रो परम्परागत शैली र कुटिएको तथा लिपिएका माटोको पर्खाल) मा उच्च 'थर्मल मास' हुन्छ। यसले दिउँसोको कडा घामको तापक्रमलाई सोसेर लिन्छ र रातको समयमा बिस्तारै भित्र छोड्छ। वैज्ञानिक अध्ययन अनुसार माटो र ढुङ्गाको प्राकृतिक घरले कृत्रिम ऊर्जा (AC/Hiter) को खपतलाई ४०% सम्म कम गर्छ।
🌱 ३. इन्डोर एयर क्वालिटी र 'सिक बिल्डिङ सिन्ड्रोम' (Sick Building Syndrome)
आधुनिक सिमेन्ट, प्लास्टर र कृत्रिम रङहरूमा हानिकारक केमिकल र 'भोलाटाइल अर्गानिक कम्पाउन्ड्स' (VOCs) हुन्छन्, जसले कोठाभित्रको हावा प्रदूषित बनाई दम, एलर्जी र मानसिक तनाव पैदा गर्छ। यसको विपरीत, माटो र काठ जस्ता प्राकृतिक सामग्रीहरू पूर्ण रूपमा श्वासप्रश्वास अनुकूल (Breathable) हुन्छन्। माटोले कोठाभित्रको सापेक्षिक आर्द्रता (Humidity) लाई सधैं ४०% देखि ६०% को स्वस्थ स्तरमा स्वतः सन्तुलनमा राख्छ।
🌍 ४. कार्बन फुटप्रिन्ट र वातावरणीय सन्तुलन (Zero Carbon Architecture)
विश्वमा हुने कुल कार्बन उत्सर्जन (Carbon Emission) मध्ये करिब ३९% हिस्सा आधुनिक भवन निर्माण र सिमेन्ट उद्योगबाट आउँछ। स्थानीय माटो, ढुङ्गा र पुनरुत्पादन गर्न मिल्ने प्राकृतिक सामग्रीको प्रयोग गर्दा निर्माणको सुरुवाती कार्बन फुटप्रिन्ट ८०% सम्म घट्न जान्छ। यो नै आजको विश्वले खोजेको 'Green Architecture' को वास्तविक वैज्ञानिक र नैतिक समाधान हो।
हाम्रो व्यावसायिक र ग्राहक-मुखी दर्शन (Our Corporate Philosophy):- सस्तो लोकप्रियता वा अन्धधुन्ध सिमेन्टका महल खडा गरेर बजार कब्जा गर्ने प्रतिस्पर्धामा रोयल होम्स कहिल्यै थिएन र रहनेछैन। हाम्रा ग्राहक महानुभावहरूको लगानी, स्वास्थ्य र आउने पुस्ताको भविष्य सुरक्षित राख्नु हाम्रो प्रमुख दायित्व हो। हामी प्रविधिको प्रयोग गरेर प्रकृतिको सोही वैज्ञानिक एवं शास्त्रीय शक्तिलाई आधुनिक बनाएर प्रस्तुत गर्दछौँ।
प्रविधि हाम्रो साधन हो तर प्रकृति हाम्रो जीवन र आधार हो!