Spy Infotech

Spy Infotech Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Spy Infotech, Commercial & Industrial, Kathmandu.

अर्को अनपढ, जसले नेपाललाई ‘एफएटीएफ’को ग्रे लिस्टमा पुर्यायो, विष्णु पौडेल...
14/02/2026

अर्को अनपढ, जसले नेपाललाई ‘एफएटीएफ’को ग्रे लिस्टमा पुर्यायो, विष्णु पौडेल...

अर्को अनपढ, जसले नेपाललाई ‘एफएटीएफ’को ग्रे लिस्टमा पुर्यायो, विष्णु पौडेल...

रुपन्देही २ को अहिलेको अवस्था थोरै विश्लेषण गरौँ । उसले जिते भने देश ब्ल्याक लिस्टमा नजाला भन्न सकिन्न । उसले देशको आर्थिक मेरुदण्ड नै भाँचीदिएको छ, जसले पावरको प्रयोग गरेर, आफूलाई सधैं माथि राख्ने प्रयास उनले गरेको छ ।

नक्कली सुकुम्बासी विष्णु पौडेलबारे मैले यसअघि एउटा स्ट्याटस लेखेको थिएँ, लिंक कमेन्टमा छ । उनी, देशको अवस्था जर्जर बनाउन भूमिका खेलेका मुख्य पात्र हुन् । पटक-पटक अर्थमन्त्री भए । तर, उनको जग भने अनियमितता र भ्रष्टाचारले घेरिएको छ ।

उनी हार्नुपर्छ, र देशले जित्नुपर्छ भन्ने मेरो मान्यता हो । तर, नयाँ भनिएकामा पनि प्रशस्त समस्या छ, जुन मैले बारम्बार लेख्दै आइरहेको छु ।

विष्णु पौडेल हार्ने फ्याक्टरहरू-

२०७९ को निर्वाचनमा पौडेलले मात्र १,३७० मतको झिनो अन्तरले चुनाव जितेका थिए । सोही निर्वाचनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २५,६७३ मत ल्याएर पहिलो दल बनेको थियो भने एमाले २१,१८३ मतका साथ दोस्रो स्थानमा खुम्चिएको थियो । यो भनेको त्यहाँ रास्वपाको बलियो लहर रहेको र एमालेको पकड कमजोर हुँदै गएको अवस्था हो ।

यस पटक पौडेलले कांग्रेसका एकजना व्यवसायी र घन्टीका नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । कांग्रेसले उद्योगी चुन्नप्रसाद पौडेललाई मैदानमा उतारेको छ । उनी मालपानीका साझेदार हुन् । बालेनलाई डिफेन्डर दिएर, मालपानीले आफ्नो साझेदारका लागि भोट मागेको प्रष्ट देखिन्छ । तर, ‘अदालत जलेकोमा कुनै ग्लानी छैन’ भन्ने रास्वपाका सुलभ खरेल पनि मैदानमा छन् । उनी पनि खासमा योग्य उम्मेदवार भने होइनन् ।

यस्तै, सामाजिक अभियन्ताका रूपमा चिनिएका डा. निकोलस भुसाल र नेकपाका युवा नेता विश्वदीप पाण्डे पनि चुनावी मैदानमा छन् । भोट त टन्नै बाँडिन्छ । त्यसैले विष्णु पौडेल गोलखाडी हुन्छन् नै ।

अहिले विष्णु पौडेलका लागि २०७९ को जस्तो अनुकूल अवस्था छैन । अघिल्लो निर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गराइयो । निकोलसलाई अलिअली रकम दिएर पछि हट्न भनियो । जसको प्रमाण मसँग छ ।

पार्टीभित्रको आन्तरिक संघर्ष तेस्रो कारण हो । उनलाई हराउन महासचिव शंकर पोखरेलले त्यहाँ केही दिनअघि देखि नै ३ वटा टीम खडा गरेका छन् ।

ललितानिवास काण्डका आरोपी विष्णु पौडेल सुरुमा पाल्पा-२ बाट उम्मेदवार बन्ने निर्णय भएको थियो । पछि कार्यकर्ताले विरोध गरे । उनले हारको डरले नै पाल्पा जान खोजेको भन्ने विश्लेषणले मतदातामा नकारात्मक प्रभाव पार्छ नै ।

बसाइँसराइ र नयाँ मतदाताका कारण पनि विष्णु पौडेल हार्ने निश्चित जस्तै छ । यस क्षेत्रमा बसाइँ सरेर आउने र नयाँ थपिएका मतदाताहरूको झुकाव उनीप्रति खासै छैन ।

खासमा उनी, राष्ट्रिय राजनीतिबाट विदा लिनुपर्ने व्याक्ति हुन् । त्यसैले, जो सांसद भएर आउन सक्दैन, उसका लागि भोट हाल्ने मतदाताले पनि केही सोच्नुपर्ने हुन्छ । 🙏

कसले दियो विष्णु पौडेललाई भैंसेपाटी आवासीय क्षेत्रमा करोडौंको घर ? प्रश्न गरौँ । कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाह...
09/02/2026

कसले दियो विष्णु पौडेललाई भैंसेपाटी आवासीय क्षेत्रमा करोडौंको घर ?
प्रश्न गरौँ ।

कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाहा र नवलपरासीको भुताहामा ८ कठ्ठा जग्गा हुँदाहुँदै विष्णु पौडेलको परिवारले बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा कब्जा गर्यो ।

र, सजिलै पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको धनीपूर्जा प्राप्त गरे । अर्थात्, प्रशस्त जग्गा हुँदाहुँदै नक्कली सुकुम्बासी बनेर वास्तविक सुकुम्बासीलाई जग्गाबाट वन्चित गरियो ।

नक्कली सुकम्बासी बनेर पाएको जग्गा र त्यहाँ बनेको घर बेचेर पौडेलले कलंकीमा जग्गा जमिन जोडे । पछि त्यही कलंकीको जग्गा बेचेर भैंसेपाटी आवास क्षेत्रमा ९ आना १ पैसा २ दाम जग्गा किनेर आलिशान घर बनाइयो ।

तर, भदौ २४ गते देशै भरि सरकारी र निजी भवनमा आगजनी गरियो, दुखका साथ भन्नुपर्छ, पौडेलको भैंसेपाटीस्थित घर पनि तोडफोड र आगजनीमा पर्यो । अहिले, त्यही आवास क्षेत्रमा एउटा नयाँ र पुरानो भन्दा बढी आलिशान घरमा पौडेल बस्छन् । प्रश्न उठ्छ- नयाँ घर उनलाई कसले दियो ?

यो त, सानातिना दुखले होइन, सुकुम्बासी बनेर आर्जेको घर र जग्गा थियो । त्यसो भए रामापुर र भुताहाको जग्गा के भयो त ? म सबै डिटेल बुझाउँछु, अन्तिमसम्म पढ्नुहोला । उनको अहिलेको सम्पत्ति अनुमानित कति छ, त्यो पनि भन्छु ।

रामापुरमा रहेको सगोलको जग्गा अंशबन्डा गरेर पाएको जग्गाको मूल्यमा भुताहामा आफ्नी श्रीमतीको नाममा उनले ८ कठ्ठा जग्गा किनिदिएका थिए, त्यसैलाई बेचेर बालुवाटारको (ललिता निवास काण्ड) कित्ता नम्बर ३०९ र ३१५ मा रहेको जम्मा ८ आना जग्गा खरिद गरियो, यो २०६१ सालको कुरा हो । भुताहा र बालुवाटारको जग्गाको मूल्य एउटै रहेको देखाइएको छ, जुन सम्भव छैन ।

कसरी आयो उनको र परिवारको नाममा अर्बौं सम्पत्ति ? यो अलि पुरानो तथ्यांक हो, अहिले केही थपघट भएको हुन सक्छ ।

अहिले ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर (जुन अहिले बस्न योग्य छैन)।

बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा (ललितानिवास काण्ड पछि जग्गा फिर्ता गरेर कारवाहीबाट बच्ने पौडेलको प्रयासस्वरूप अहिले त्यो छैन ।

१६ तोला सुन (अहिले थपघट भएको हुन सक्ने) । छोरा र परिवारको नाममा विभिन्न बैंकहरूमा करोडौं निक्षेप । बुहारी प्रमिता अधिकारीका नाममा कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा लाखौँ डलर रहेको (अस्ट्रेलियास्थित नेपाली दूतावासमा कार्यरत रहँदा) । त्यसैगरी छोराकै नाममा विभिन्न बैंक र इन्स्योरेन्स अनि ब्रोकर कम्पनीमा लाखौँ कित्ता सेयर । अहिले बुहारी अमेरिकामा छिन् ।

स्याङ्जाबाट बसाइसराई गरेर नवलपरासी पुगेपछि उनको नाममा आएको ८ कठ्ठा जमिन नै उनको वास्तविक जमिन हो । उनको सम्पत्तिको अर्को स्रोत नक्कली सुकुम्बासी बनेर पैदा भएको हो ।

त्यसपछि उनको आर्थिक स्थिति व्हात्तै यसरी बढ्नुको अरू कुनै कारण देखिन्न, बरू राजनीतिका नाममा भएको आर्थिक लेनदेन नै हो । बालेन चढेको गाडीका साहु मालपानीसँग पनि उनको घनिभूत सम्बन्ध नै छ । र, उनलाई सघाउने यस्ता मालपानी दर्जनौंको संख्यामा छन् । यसबारे सिरिजमा लेख्दा पनि बरू मसी सकिने, काण्ड नसकिने अवस्था छ ।

उनले एकपटक पनि ललितानिवासको जग्गा हडपेकोमा माफी मागेका छैनन् । भुताहाको जग्गा केही वर्षमै करोडौं पर्ने कसरी भयो ? त्यसको जवाफ दिएका छैनन् । अष्ट्रेलियामा रहेका छोरा–बुहारीको आम्दानीबाट नेपालमा जोडिएको सम्पत्तिको स्रोत र कर विवरण सार्वजनिक गरेका छैनन् ।

अहिले, ध्वस्त भएको भन्दा ठूलो घर कहाँबाट आयो ? कसले दियो ? रुपन्देही- २ का मतदाताहरूले उनलाई सोध्नुपर्ने गहन प्रश्न यही हो ।🙏

कसले दियो विष्णु पौडेललाई भैंसेपाटी आवासीय क्षेत्रमा करोडौंको घर ?
प्रश्न गरौँ-

कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाहा र नवलपरासीको भुताहामा ८ कठ्ठा जग्गा हुँदाहुँदै विष्णु पौडेलको परिवारले बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा कब्जा गर्यो ।

र, सजिलै पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको धनीपूर्जा प्राप्त गरे । अर्थात्, प्रशस्त जग्गा हुँदाहुँदै नक्कली सुकुम्बासी बनेर वास्तविक सुकुम्बासीलाई जग्गाबाट वन्चित गरियो ।

नक्कली सुकम्बासी बनेर पाएको जग्गा र त्यहाँ बनेको घर बेचेर पौडेलले कलंकीमा जग्गा जमिन जोडे । पछि त्यही कलंकीको जग्गा बेचेर भैंसेपाटी आवास क्षेत्रमा ९ आना १ पैसा २ दाम जग्गा किनेर आलिशान घर बनाइयो ।

तर, भदौ २४ गते देशै भरि सरकारी र निजी भवनमा आगजनी गरियो, दुखका साथ भन्नुपर्छ, पौडेलको भैंसेपाटीस्थित घर पनि तोडफोड र आगजनीमा पर्यो । अहिले, त्यही आवास क्षेत्रमा एउटा नयाँ र पुरानो भन्दा बढी आलिशान घरमा पौडेल बस्छन् । प्रश्न उठ्छ- नयाँ घर उनलाई कसले दियो ?

यो त, सानातिना दुखले होइन, सुकुम्बासी बनेर आर्जेको घर र जग्गा थियो । त्यसो भए रामापुर र भुताहाको जग्गा के भयो त ? म सबै डिटेल बुझाउँछु, अन्तिमसम्म पढ्नुहोला । उनको अहिलेको सम्पत्ति कति छ, त्यो पनि भन्छु ।

रामापुरमा रहेको सगोलको जग्गा अंशबन्डा गरेर पाएको जग्गाको मूल्यमा भुताहामा आफ्नी श्रीमतीको नाममा उनले ८ कठ्ठा जग्गा किनिदिएका थिए, त्यसैलाई बेचेर बालुवाटारको (ललिता निवास काण्ड) कित्ता नम्बर ३०९ र ३१५ मा रहेको जम्मा ८ आना जग्गा खरिद गरियो, यो २०६१ सालको कुरा हो । भुताहा र बालुवाटारको जग्गाको मूल्य एउटै रहेको देखाइएको छ, जुन सम्भव छैन ।

कसरी आयो उनको र परिवारको नाममा अर्बौं सम्पत्ति ? यो अलि पुरानो तथ्यांक हो, अहिले केही थपघट भएको हुन सक्छ ।

अहिले ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर (जुन अहिले बस्न योग्य छैन)।

बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा (ललितानिवास काण्ड पछि जग्गा फिर्ता गरेर कारवाहीबाट बच्ने पौडेलको प्रयासस्वरूप) अहिले त्यो सरकारको नाममा छ ।

१६ तोला सुन (अहिले थपघट भएको हुन सक्ने) । छोरा र परिवारको नाममा विभिन्न बैंकहरूमा करोडौं निक्षेप । बुहारी प्रमिता अधिकारीका नाममा कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा लाखौँ डलर थियो (अस्ट्रेलियास्थित नेपाली दूतावासमा काम गर्दा) । त्यसैगरी छोराकै नाममा विभिन्न बैंक र इन्स्योरेन्स अनि ब्रोकर कम्पनीमा लाखौँ कित्ता सेयर । अहिले बुहारी अमेरिकामा छन् ।

स्याङ्जाबाट बसाइसराई गरेर नवलपरासी पुगेपछि उनको नाममा आएको ८ कठ्ठा जमिन नै उनको वास्तविक जमिन हो । उनको सम्पत्तिको अर्को स्रोत नक्कली सुकुम्बासी बनेर पैदा भएको हो ।

त्यसपछि उनको आर्थिक स्थिति व्हात्तै यसरी बढ्नुको अरू कुनै कारण देखिन्न, बरू राजनीतिका नाममा भएको आर्थिक लेनदेन नै हो । बालेन चढेको गाडीका साहु मालपानीसँग पनि उनको घनिभूत सम्बन्ध नै छ । र, उनलाई सघाउने यस्ता मालपानी दर्जनौंको संख्यामा छन् । यसबारे सिरिजमा लेख्दा पनि बरू मसी सकिने, काण्ड नसकिने अवस्था छ ।

उनले एकपटक पनि ललितानिवासको जग्गा हडपेकोमा माफी मागेका छैनन् । भुताहाको जग्गा केही वर्षमै करोडौं पर्ने कसरी भयो ? त्यसको जवाफ दिएका छैनन् । अष्ट्रेलियामा रहेका छोरा–बुहारीको आम्दानीबाट नेपालमा जोडिएको सम्पत्तिको स्रोत र कर विवरण सार्वजनिक गरेका छैनन् ।

अहिले, ध्वस्त भएको भन्दा ठूलो घर कहाँबाट आयो ? कसले दियो ? रुपन्देही- २ का मतदाताहरूले उनलाई सोध्नुपर्ने गहन प्रश्न यही हो ।🙏

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Spy Infotech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share