21/02/2026
चर्चित संगितकार सुरेश अधिकारी यसो भन्छन्ः
सबै जना मिलेको राम्रो कुरा हो । तर सबै सिध्दान्त र सबै दर्शन एकै ठाउमा अटाउदैन । हर्क साम्पाङ पनि मिल्नु पर्छ भन्नू हर्क साम्पाङको सिध्दान्तलाई अबमुल्यन गर्नु हो । उनले पुनरजागरण गरेको नेपाली श्रम सँस्कृतिको महत्वलाई रत्ती न बुझ्नु हो । "श्रम सँस्कृती र माटो" यस्तो गहिरो प्रतिकात्मक बिम्ब हो, जसले नेपालको मौलिक साँस्कृतिक र राष्ट्रिय अस्तित्वको वकालत गर्दछ,र नेपाली स्वाभिमान सहितको समुन्नत भबिष्यको परिकल्पना गर्दछ । श्रम सँस्कृती राष्ट्रियता मौलिकता र परम्परागत नेपाली अस्तित्वको संरक्षणको सिध्दान्त अनि एउटा अमुल्य दर्शन पनि हो । भोलि भुगोलका अरु भागमा पनि यो दर्शन हर्कवादको रुपमा फैलिन योग्य छ । यस सिध्दान्तको बिकास र श्रम सँस्कृतिलाई "हर्कवाद" को रुपमा बिकास गर्न छोडेर नेता हर्क साम्पाङ लोकप्रियता र सटकट राजनितिमा जान्छन भन्ने सोच्नु राजनितिलाई न बुझ्नु पनि हो । श्रम सस्कृतिलाई आफ्नो सिध्दान्त र हर्क साम्पाङलाई आफ्नो नेता स्विकार्न सक्नेहरु हर्क साम्पाङ सङ्ग मिल्न जाने हो । आफुकहा वोलाउने हैन । नेपाली माटोको धरोहर श्रम सँस्कृती कसै सङ्ग बिलय हुन कदापि जादैन मेरो बुझाईले यहि भन्छ ।