Tech Tips Hub

Tech Tips Hub Simplify your tech journey with quick and effective tips for seamless digital empowerment.
(2)

09/05/2026

सरकारी निकायका लागि आफ्नै ‘.gov.np’ ईमेल प्रणाली सञ्चालन गरिरहेको सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणको आवेदन प्रक्रियामा जिमेल प्रयोग गरेको छ ।

तल दिएको लिंकमा गएर तपाइले आफुलाई मन लागेको सुझाब सरकारलाई दिन सक्नुहुन्छ: https://suggestions.opmcm.gov.np/
09/05/2026

तल दिएको लिंकमा गएर तपाइले आफुलाई मन लागेको सुझाब सरकारलाई दिन सक्नुहुन्छ: https://suggestions.opmcm.gov.np/

07/05/2026

अनुमतिपत्र रद्द भएपछि स्वतः नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहन पुगेको स्मार्ट टेलिकमको सम्पत्ति तथा उपकरण कानुन विपरीत एनसेललाई विक्री गरिएको विषय खुलासा भयेको थियो । कम्तीमा सरकारको ७ अर्ब रुपैयाँ (लाइसेन्स दस्तुुर बाहेक) राजस्व बक्यौता उठाउन बाँकी रहेको उक्त कम्पनीको सम्पत्ति तथा उपकरण नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले गत वर्षको असोजमै आफूखुसी लिलाम विक्री गरेको थियो ।

07/05/2026

पछिल्लो समय अज्ञात आपराधिक गिरोहले कनेक्ट आईपीएससँग मिल्दोजुल्दो नाम राखेर connectips. live, connectips. support, connectips-support. com र connectsips. com जस्ता भ्रमपूर्ण लिङ्कहरू पठाएर बैङ्क खाताबाट रकम चोरी गर्ने घटना बढेसँगै ब्युरोले सचेत गराएको हो ।

01/05/2026

गएको ३ महिनामै दैनिक सक्रिय प्रयोगकर्ता २ करोडले घटेपछि मेटाले फिडको गुणस्तर सुधार्न इन्स्टाग्रामको रिकमेन्डेसन एल्गोरिदममा फेरबदल गर्ने घोषणा गरेको छ ।

29/04/2026

ई-बिडिङ वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा नेता एवम् पूर्वमन्त्री विक्रम पाण्डेसहित ९ जना निर्माण व्यवसायी यसअघि नै पक्राउ परिसकेका छन् ।

26/04/2026
26/04/2026

ChatGPT + Yango:

च्याटजीपीटी भित्रको याङ्गो एपमा प्रयोगकर्ताले आफूले रोजेको रुटको स्पष्ट मूल्य हेर्न सक्नेछन् । विभिन्न वैकल्पिक रुटहरूमा लाग्ने समयको तुलना पनि यसमा गर्न सकिनेछ । त्यस्तै यात्रा पुरा हुन लाग्ने समय र सवारी साधन आइपुग्ने समयको वास्तविक जानकारी प्राप्त गर्न सकिनेछ । प्रतीक्षा समय घटाउनका लागि प्रणालीले सबैभन्दा उपयुक्त पिकअप स्थानहरू पहिचान गर्न सहयोग गर्नेछ ।

26/04/2026


Meta ले कृत्रिम बुद्धिमत्ता (AI) क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गर्दै लागत कटौती गर्ने रणनीतिअन्तर्गत करिब ८,००० कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। यो कदम हाल विश्वव्यापी प्रविधि उद्योगमा देखिएको AI-प्रेरित रोजगारी कटौतीको व्यापक प्रवृत्तिको एक महत्वपूर्ण हिस्सा मानिएको छ।

26/04/2026

Technical Dose for Today:

१. कैलालीको टिकापुरमा युवाहरूलाई कम्प्युटर तथा प्राविधिक तालिम दिइँदै डिजिटल सीप विकासमा जोड दिइएको छ।

२. नेपालमा सरकारी वेबसाइटहरूमा नयाँ वेब एक्सेसिबिलिटी सुविधा थपिँदै डिजिटल समावेशीकरण सुधार गरिएको छ।

३. बेलायतको टेक्स सम्बन्धी नीतिमा असहमति हुँदा अमेरिकाले ठूलो ट्यारिफ लगाउने चेतावनी दिएको छ।

४. अमेरिका–नेपालबीच टेक्नोलोजी, लगानी र ICT सहकार्य बढाउने विषयमा उच्चस्तरीय छलफल भएको छ।

५. नेपालमा डिजिटल मिडिया स्टार्टअपहरू मध्ये ‘खोज समाचार’ अग्रस्थानमा रहँदै टेक-आधारित मिडिया क्षेत्र बढ्दो अवस्थामा छ।

25/04/2026

Technical Dose for Today.

१. विश्वभर कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिमा तीव्र विकास भइरहेको छ र नयाँ–नयाँ मोडलहरू सार्वजनिक भइरहेका छन्।
२. Google र Microsoft बीच AI र क्लाउड सेवामा कडा प्रतिस्पर्धा बढेको छ।
३. Apple ले नयाँ उपकरणहरूमा AI फिचरहरू थप्दै प्रयोगकर्ताको अनुभव सुधार गर्ने प्रयास गरिरहेको छ।
४. साइबर सुरक्षामा खतरा बढ्दै गएकाले कम्पनीहरूले डाटा सुरक्षा र गोपनीयतामा बढी ध्यान दिन थालेका छन्।
५. Tesla जस्ता कम्पनीहरूले स्वचालित सवारी र इलेक्ट्रिक गाडी प्रविधिमा ठूलो प्रगति गरिरहेका छन्।

Address

Nayabasti
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Tech Tips Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share