King Vs Garamja

  • Home
  • King Vs Garamja

King Vs Garamja I am YouTuber and Blogger. My video and blog are related to software and vlogging

हाम्रो देशमा थिति किन बस्दैन? किनकि हाम्रो दया कानुनभन्दा धेरै माथि छ:सुकुम्बासीको नाममा जग्गा हडप्नेलाई नहटाऔं: बिचराहर...
05/05/2026

हाम्रो देशमा थिति किन बस्दैन? किनकि हाम्रो दया कानुनभन्दा धेरै माथि छ:

सुकुम्बासीको नाममा जग्गा हडप्नेलाई नहटाऔं: बिचराहरूको जाने ठाउँ कहाँ छ र? सार्वजनिक जग्गा मिचे पनि के भो त!

दलीय भागबण्डामा जागिर खानेलाई ननिकालौं: बिचराको परिवार त्यही 'झोले' जागिरको भरमा चलेको छ!

घुस खाने र फाइल लुकाउनेलाई नछोऔं: बिचरालाई सरकारी तलबले महँगीमा कसरी पुग्छ र? अलिअलि त खानै पर्‍यो नि!

अर्बौं भ्रष्टाचार गर्ने वृद्ध नेतालाई जेल नहालौं: बिचरा उमेर ढल्किसक्यो, झन् बिरामी पनि छन्। आराम गर्न दिऊँ!

क्याम्पसमा विद्यार्थी संगठन खारेज नगरौं: नत्र पढ्न नसक्ने 'बिचरा' डनहरूले कलेजमा भर्ना र राजनीति कसरी गर्ने?

कालोबजारी गर्नेलाई नसमातौं: बिचराले जायजेथा दाउमा राखेर व्यापार गरेका छन्, अलिअलि ठग्न त पाउनुपर्‍यो नि!

निष्कर्ष:- यो देशमा विकास, सुशासन र कानुनको कुरा गर्दै नगरौं। जे गर्न खोजे पनि कसै न कसैको 'बिचरा' रुन्छ, कसैको परिवारको बेइज्जती हुन्छ। त्यसैले देश भाडमा जाओस्, तर हाम्रो यो 'खोक्रो दया' बाँचिरहोस्!
#सुशासन

आदरणीय फेसबुक मित्रहरु तथा मेरा सम्पूर्ण शुभेच्छुकहरू,एउटा इन्जिनियरको नाताले मैले सधैं जग बलियो हुनुपर्छ र डिजाइन सही ह...
26/01/2026

आदरणीय फेसबुक मित्रहरु तथा मेरा सम्पूर्ण शुभेच्छुकहरू,
एउटा इन्जिनियरको नाताले मैले सधैं जग बलियो हुनुपर्छ र डिजाइन सही हुनुपर्छ भन्ने सिकेँ। तर आज देशको राजनीतिक 'स्ट्रक्चर' देख्दा लाग्छ— हामीले जतिसुकै मिहिनेत गरे पनि हाम्रो सिस्टमको जग नै अलि कमजोर भएको हो कि?

आजको संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानका लागि योगदान दिने शहीदहरू र अग्रजहरूप्रति सम्मान व्यक्त गर्दै, म एउटा सचेत नागरिकको रूपमा आफ्नो धारणा स्पष्ट पार्न चाहन्छु। म कुनै पार्टीको झण्डा बोकेर पूर्णकालीन राजनीतिमा लागेको होइन, तर देशमा देखिएको यो नयाँ लहर र युवा शक्तिलाई बाहिरै बसेर भए पनि खुलेर समर्थन गर्ने निधो गरेको छु।

सभापति रवि लामिछाने ज्यू र प्रिय बालेन जी (मेरो पेशागत सहकर्मी समेत),
मेरो पेशागत धर्म र व्यावसायिक व्यस्तताका बाबजुद पनि तपाईंहरूले सुरु गर्नुभएको यो "परिवर्तनको आन्दोलन" मा मेरो नैतिक समर्थन र बौद्धिक साथ रहनेछ। कतिपयलाई लाग्न सक्छ— एउटा इन्जिनियर किन राजनीतिमा बोल्दैछ? तर मलाई लाग्छ, यदि हामी जस्ता पढेलेखेका युवाहरूले सहीलाई सही र गलतलाई गलत भन्न डरायौँ भने यो देश कहिल्यै बन्दैन। मेरो यो समर्थन कुनै पदका लागि होइन, केवल एउटा 'राम्रो नेपाल' देख्नका लागि हो।

आम नागरिक हरु भित्र एउटा डरलाग्दो निराशा छ। उनीहरूको विश्वास टुटिसकेको छ। तपाईंहरूको उदयसँगै आम नेपालीले फेरि एकपटक 'अन्तिम आशा' राखेका छन्। अब हामीलाई विचारको लडाइँ होइन, डेलिभरी र सुशासनको नतिजा चाहिएको छ।

म यो परिवर्तनको यात्रामा कुनै पदको लागि होइन, बरु तपाईंहरूलाई खबरदारी गर्ने एउटा 'साथी' र यो समयको एउटा 'साक्षी' बन्न आइपुगेको छु। अब तपाईंहरूलाई असफल हुने छुट छैन।

"म आफ्नो पेशामै रहेर देश बनाउने हरेक असल प्रयासलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्दछु। अब 'अन्तिम पटक' को विश्वासलाई मर्न दिनु हुँदैन।"

परिवर्तन सम्भव छ, र यो हाम्रै पालामा हुनुपर्छ। 🔔🇳🇵


बालेन ट्यापे/र्यापर रे? बालनले के-के गर्यो?- 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो- 50 बढी एम्बुलेन्स बितरण गर्यो- बिरामील...
25/01/2026

बालेन ट्यापे/र्यापर रे? बालनले के-के गर्यो?
- 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो
- 50 बढी एम्बुलेन्स बितरण गर्यो
- बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा
- फुटपाथ चौडा बनायो
- गन्हाएका सडक सफा गर्यो
- सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो
- सरकारी जग्गा मिचेकालाई हटायो
- जथाभावी पार्किङ हटायो
- करको दायरा बढायो
- बस स्टपमा यात्रु प्रतिक्षालय बनायो
- घुम्ती सेवा सुचारु गर्यो
- सडक मर्मत गर्यो
- ढुङ्गेधारा निर्माण गर्यो
- राजधानीका फोहोर का डङ्गुर उठायो
- नक्सा पास नभै बनेका संरचना हटायो
- विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो
- डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो
- सभ्यता र सस्कृती जगेर्ना गर्यो
- फायर मेसिन जडान गर्यो
- ब्यबस्थित शहर बनायो
- कवाडी लुटेरा भगायो
- सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो
- हरियाली काठमाडौ बनायो
- टोलभरी पेन्टिङ गरायो
- खाल्डाखुल्डी पुर्यो
- रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो
- अब्यबस्थित तार हटायो
- बाटो मिचेको ठाउँ खाली गरायो
- पार्क निर्माण गरायो
- शिपमुलक तालिम गरायो
- रोजगार मेला चलायो
- फोहोर गर्नेलाइ जरिवाना तिरायो
- सार्वजनिक सौचालय बनायो
- वाटर एटिएम सन्चालन गरायो
- खोलानाला सफाइ गरायो
- बुक फ्री फ्राइडे गरायो
- अखाद्य बस्तु बेचबिखनमा रोक लगायो
- सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो
- भ्रष्टहरुलाई तह लगायो
- खेलाडीहरुलाई सम्मान र पुरस्कृत गर्यो
- माफियाहरुलाई भगायो
- ठुला दलहरुलाइ चिलिम बनायो
- नेपाललाई विश्व सामु चिनायो
🔔🔔🔔🔔🔔🔔🔔

19/01/2026
केन्द्रीय राजनीतिमा बालेन हर्क भन्दा उपयुक्त किन देखिन्छन् भन्ने कुरा काम गर्ने शैली र नतिजाबाट स्पष्ट हुन्छ। तल उदाहरणस...
17/01/2026

केन्द्रीय राजनीतिमा बालेन हर्क भन्दा उपयुक्त किन देखिन्छन् भन्ने कुरा काम गर्ने शैली र नतिजाबाट स्पष्ट हुन्छ। तल उदाहरणसहित बुझ्न सकिन्छ:

1. अधिकार र नीतिको प्रयोग (संस्थागत नेतृत्व)

बालेनलाई केन्द्रीय राजनीति कानुन, नीति, बजेट र निर्णयबाट चल्छ भन्ने राम्रो बुझाइ छ।
उदाहरण: एउटै निर्णय र हस्ताक्षरको भरमा २०,००० गरिब विद्यार्थीले छात्रवृत्ति पाउनु संस्थागत शक्तिको सही प्रयोग हो।
हर्क भने धेरैजसो प्रतीकात्मक काम (श्रमदान, नाराबाजी) मा सीमित देखिन्छन्, जुन केन्द्रीय तहमा प्रभावकारी हुँदैन।

1. सिस्टम निर्माण बनाम व्यक्तिगत श्रम

बालेन सिस्टमभित्र रहेर त्यसलाई कडा र प्रभावकारी बनाउने प्रयास गर्छन्—अतिक्रमण हटाउने, नियम लागू गर्ने, व्यवस्थापन सुधार्ने।
हर्क व्यक्तिगत श्रममा बढी केन्द्रित छन्। श्रम सम्मानयोग्य भए पनि देश चलाउन नियम र प्रणाली चाहिन्छ, श्रमदान मात्र पर्याप्त हुँदैन।

1. कानुन र अर्थतन्त्रको बुझाइ

केन्द्रीय राजनीतिमा न्याय, कानुन र अर्थतन्त्र सन्तुलनमा राख्नुपर्छ।
बालेन सबैका लागि एउटै नियम लागू हुनुपर्छ भन्ने मान्यता राख्छन्, जसले दीर्घकालीन रूपमा अर्थतन्त्र र विश्वास दुवै बलियो बनाउँछ।
हर्कको नियमप्रतिको लचकताले छोटो समयमा लोकप्रियता दिन सक्छ, तर दीर्घकालमा सिस्टम कमजोर बनाउँछ।

1. प्रभावको दायरा

केन्द्रीय राजनीति लाखौँ नागरिक र राष्ट्रको भविष्यसँग जोडिएको हुन्छ।
बालेनका निर्णयहरू ठूलो दायरामा असर पार्न सक्ने खालका छन्।
हर्कको शैली स्थानीय तहमा भावनात्मक रूपमा प्रभावकारी भए पनि राष्ट्रव्यापी शासनका लागि सीमित देखिन्छ।

निष्कर्ष

सरल शब्दमा भन्नुपर्दा—
बालेन कलम, नीति र सिस्टमबाट नेतृत्व गर्छन्, जुन केन्द्रीय राजनीतिका लागि आवश्यक गुण हो।
हर्क हात र नाराबाट नेतृत्व गर्छन्, जुन प्रेरणादायी त हो तर देश चलाउन पर्याप्त हुँदैन।

त्यसैले धेरैको नजरमा बालेन केन्द्रीय राजनीतिका लागि हर्कभन्दा उपयुक्त देखिन्छन्।

16/01/2026


No Oli❌
Only Balen✅

२०८२ नै पनैती कसैले कुटे कसैले सभापति नै खाइदिये कसैले हेपे 😂
16/01/2026

२०८२ नै पनैती कसैले कुटे कसैले सभापति नै खाइदिये कसैले हेपे 😂

16/01/2026

फागुन २१ पछि रवि’बालेन सरकार ले खोल्ने फ़ाइलहरू ! 😳🫡

🔹गिरिबन्धु टि–स्टेटमा २८० बिघा,
🔹ललिता निवासमा १४३ रोपनी,
🔹भुटानी शरणार्थी का’ण्डमा २८ करोड ८१ लाख,
🔹सेक्युरिटी प्रेसमा ७० करोड,
🔹टीकापुर जग्गामा ३० बिघा,
🔹 वाइडबडीमा ४ अर्ब ३५ करोड ५६ लाख,
🔹दरबारमार्ग जग्गा का’ण्डमा ५ अर्ब,
🔹नारायणहिटी जग्गाका’ण्डमा १४ रोपनी,
🔹बतास का’ण्डमा ३४ करोड,
🔹पशुपतिको बालुवामा ५ अर्ब,
🔹मेडिकल उपकरण ३ अर्ब,
🔹पशुपतिको जलहरीमा ८० करोड,
🔹NCELL करछलीमा ५६ अर्ब,
🔹स्काउटको जग्गा घोटालामा १० करोड,
🔹विद्युत् बक्यौतामा २२ अर्ब,
🔹पोखरा–भैरहवा एयरपोर्टमा २६ अर्ब,
🔹उपचारमा राज्य’कोषको १८ करोड,
🔹मीनबहादुरको जग्गादानमा १ अर्ब,
🔹भिजिट भिसामा दैनिक ५० लाख
🔹स्पेन,यति, ओम्नी
🔹७८ लाख घु’स अडियो काण्ड 🙏

03/01/2026

बालेन रवि कुलमानको विरोध गर्दै गर्दा हर्के ले आफ्नो समानुपातिकको बन्दसूची चै दिनै भुल्यो कि क्या हो ?? कि मैले थाहा नपाएको होला ??।

29/12/2025

काठमाडौ लगायत देश भरिको बाटो चौडा ईन्जिनियर ले गरेका थिय ,अब देशनै बनाउने कामको नेतृत्व ईन्जिनियरले नै गर्ने पक्का भयको हो?

Address

Po Box 21363, Sundhara Kathman

44601

Alerts

Be the first to know and let us send you an email when King Vs Garamja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to King Vs Garamja:

Shortcuts

  • Want your business to be the top-listed Engineering Company?

Share