15/08/2025
करिब २० वर्षसम्म नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि.मा निरन्तर रूपमा कार्य गरी उल्लेखनीय योगदान पुर्याउनु भएका यस कार्यालयका कर्मचारी श्री रामचन्द्र मरहट्टाज्यूलाई सफल वैदेशिक जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।
उहाँको समर्पण, निष्ठा र अथक प्रयासले संस्थामा सकारात्मक प्रभाव पार्न सफल भएको छ। आगामी दिनहरूमा वैदेशिक जीवन तथा पारिवारिक यात्रामा पनि उत्तिकै सफलता, सुख, समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं।
नेपाल ऊर्जा विकास कम्पनी प्रा.लि. परिवार