15/06/2026
घरजग्गा खरिद गर्नुअघि वा बैंकमा धितो राख्नुअघि आफ्नो जग्गा हाई टेन्सन लाइनको मापदण्डभित्र पर्छ कि पर्दैन भन्ने कुरा अवश्य जाँचबुझ वा यकिन गरेर मात्र लिनुपर्छ ।
प्रसारण तथा वितरण लाइनको मापदण्ड
१. ११ kV (वितरण लाइन):
सेन्टर लाइनबाट दायाँ र बायाँ १.२५ मिटर दूरी कायम गर्नुपर्छ।
२. ३३ kV (वितरण लाइन):
सेन्टर लाइनबाट दुवैतर्फ २ मिटर दूरी कायम गर्नुपर्छ।
३. ६६ kV / १३२ kV (प्रसारण लाइन):
सेन्टर लाइनबाट दुवैतर्फ ९ मिटर दूरी छोड्नुपर्छ।
४. २२० kV (प्रसारण लाइन):
सेन्टर लाइनबाट दायाँ र बायाँ १५ मिटर दूरी कायम गर्नुपर्छ।
५. ४०० kV (प्रसारण लाइन):
सेन्टर लाइनबाट दुवैतर्फ २३ मिटर दूरी अनिवार्य रूपमा छोड्नुपर्छ।
संक्षेपमा:
११ kV = १.२५ मिटर
३३ kV = २ मिटर
६६/१३२ kV = ९ मिटर
२२० kV = १५ मिटर
४०० kV = २३ मिटर