Khadga K C

Khadga K C यो पेजको उद्देश्य समाज र राष्ट्रको निमित्त प्रेरणादायी तथा जनचेतनामुलक सन्देश प्रवाह गर्ने ।

08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना! 🌸
आजको दिन, अर्थात् मार्च ८ – अन्तर्राष्ट्रिय नारी दिवस, नेपालका सम्पूर्ण आमाहरू, दिदीबहिनीहरू र छोरीहरूलाई सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष अवसर हो।
नारी शक्ति, साहस, समर्पण र परिवर्तनको प्रतीक हुन्। समाज, परिवार र राष्ट्र निर्माणमा उहाँहरूको योगदान अमूल्य छ।
नारी सम्मान, समानता र अवसर सुनिश्चित गर्दै अझ समृद्ध र न्यायपूर्ण नेपाल बनाउने प्रतिबद्धता गरौँ।
सबै नारीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना! 💐

01/11/2025

सन्दर्भ: हाम्रो देशमा सबैभन्दा कमजोर पक्ष भनेको नीति,नियम,कानून, सम्झौता,सहमति आदिको कार्यान्वयन नहुनु हो।
बिगतको सरकार,स्थानीय र काठमाडौं महानगरपालिका र पालिकाहरुबीच २०७९ जेष्ठमा उपत्यकाको फोहोरको बैज्ञानिक ब्यवस्थापन गर्न सहमति भएपनि कार्यान्वयन नभएकोले मानव स्वास्थ्य र वाकावरणमा गम्भीर असर परेकाले स्थानीयको बिरोधमा बञ्चरे डाँडाको
ल्याण्ड फिल साईटमा फोहोर बिसर्जन गर्ने कार्य बन्द भएको थाह भयो ।
यसको कारण उपत्यका दूर्गन्धित
बनिरहेको र रोगहरु फैलने अवस्था सिर्जना भएकाले सरकार र पालिकाहरु गम्भीर बनि फोहोरको वैज्ञानिक ब्यवस्थापन गर्ने सहमतिको अबिलम्ब कार्यान्वयन हुनुपर्दछ भन्ने आम नागरिकको माग रहेको छ ।

24/10/2025

सन्दर्भ: भ्रष्टाचारजन्य कुलत(Corruption Addiction),राजनीतिक दलहरु र सरकार ।

जेन्जी पुस्ता र हाम्रे पनि मुख्य माग देश विकासको बाधक भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरिनु पर्ने रहेको सन्दर्भमा लामो समयदेखि जरा गाडेर रहेको भ्रष्टाचारजन्य कुलत(Corruption
Addiction)बाट राष्ट्र
लाई मुक्त गराउन सबै पक्ष एकजुट होऔं ।
सबैको जय होस् !

15/10/2025

सन्दर्भ : तिहार,पटका ,गलत संस्कार र स्वास्थ्य जोखिमहरु ।
वातावरणविज्ञहरुका अनुसार पटाका बनाउँदा वातावरणका लागि मात्र नभएर मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फडडाइअक्साईड, नाइट्रस अक्साईड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ ।
यसले वातावरण प्रदूषण, ध्वनी प्रदूषण र मानवीय स्वास्थ्यमा प्रतिकुल असर पार्ने एवम् पाल्तु जनावर ,पन्छीहरु आतंकित हुने भएकाले यसको अनुगमन र नियमनको निमित्त संघ, प्रदेश सरकारहरु , पालिकाहरु तथा टोल विकास संस्थाहरुले अबिलम्ब कार्य गर्नु पर्छ ।
साथै अभिभावक , नागरिक समाज र विद्यालयहरुले आफ्ना नानी बाबु र विद्यार्थीहरुलाई पटकामा हुने हानीकारक रसाइन र पटका पड्काउदा हुने स्वास्थ्य जोखिमका बारेमा सचेतना प्रदान गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।
सबैको जय होस् !

08/06/2025

सन्दर्भ : कुकुरलाई जथाभावी दिसा गराउनु जनस्वास्ऱ्थ्य र वातावरणको निमित्त अत्यन्त हानिकारक ।
कुकुरको दिसा सार्वजनिक स्वास्थ्य र वातावरणीय चिन्ताको विषय हो किनभने यसमा ब्याक्टेरिया र परजीवीहरू हुन्छन् जसले मानिस र वातावरणलाई हानि पुर्‍याउछ ।यसले पानीका स्रोतहरूलाई दूषित गर्दछ ।थप रूपमा, कुकुरको फोहोरले जिआर्डिया, साल्मोनेला र क्याम्पिलोब्याक्टर जस्ता रोगहरू र टोक्सोकेरियासिस जस्ता परजीवी संक्रमणहरू फैलाउन सक्ने बिभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

22/05/2025

सन्दर्भ : प्लास्टिक र फोहरमैला जलाउने कार्य रोक्नको निमित्त पालिकाहरू र टोल विकास संस्थाहरूको अनुगमन र नियमनकारी भूमिका अपरिहार्य !

प्लास्टिक र फोहोर जलाउँदा मुख्यतया वायु प्रदूषण र स्वास्थ्य समस्याहरू मार्फत ठूलो हानि हुन्छ। यसले डाइअक्सिन, फ्युरान्स र पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन (PAHs) जस्ता हानिकारक रसायनहरू निस्कन्छ, जसमध्ये केही ज्ञात कार्सिनोजेन हुन्। यी रसायनहरूले श्वासप्रश्वास सम्बन्धी समस्याहरू, मुटु सम्बन्धी समस्याहरू, स्नायु सम्बन्धी विकारहरू र क्यान्सरको जोखिम बढाउन सक्छ। थप रूपमा, जलाउँदा हरितगृह ग्यासहरू निस्केर जलवायु परिवर्तनमा योगदान पुर्‍याउने कुरा बिभिन्न अनुसन्धानले देखाएका छन् ।
तसर्ध सबै सचेत बनी वायु प्रदूषणबाट हुने रोगहरुबाट बच्न र बचाउनुका साथै जलवायु परिवर्तनको असर न्यून गरौं ।
सबैको जय होस् !

11/05/2025

सन्दर्भ : नागरिकहरू राष्ट्रको एक महत्वपूर्ण स्रोत हुन् । उनीहरुको जन्म कुनै संयोग थिएन, आवश्यकता थियो भनेर प्रमाणित गर्न सकिएन ।
नागरिकहरू राष्ट्रको एक महत्वपूर्ण स्रोत हुन्, जसले आफ्नो सीप, श्रम, र अर्थतन्त्र र समाजमा योगदान मार्फत यसको विकास र विकासमा योगदान पुर्‍याउँछन्। तिनीहरू सरकारी सेवाहरू प्राप्त गर्ने निष्क्रिय प्राप्तकर्ता मात्र होइनन्, देशको प्रगतिमा सक्रिय सहभागी पनि हुन् भन्ने तथ्यलाई आत्मसात गर्न नसक्दा राष्ट्र दिनानुदिन पछि पर्दै गैरहेकोमा राज्य संयन्त्रको ध्यान आकृष्ट हुन नसक्दा संविधान र ब्यवस्था प्रति नै जनविश्वास गुम्दैगैरहेको देखिन्छ।
बेलैमा सोचौं ।
सबैको जय होस् !

Address

Mahalaxmi Municipality
Lalitpur
44700

Telephone

+9779841438953

Website

Alerts

Be the first to know and let us send you an email when Khadga K C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khadga K C:

Share