05/07/2024
हाईटेक डेभलपर्सले सुदुर पश्चिम प्रादेशिक वैज्ञानिक मेडिकल स्टोर, कैलालीको कार्य नयाँ रेकर्डका साथ सम्पन्न गरी आज सेभ द चिल्ड्रेन ईन्टरनेशनललाई हस्तान्तरण गरेको छ।
१२० दिनको कार्य तालिका रहेको उक्त परियोजनाको आन्तरिक कार्य सहित जम्मा १०० दिनमा सम्पन्न गर्न सफल भएका छौँ।
स्कुल, कलेज, होटल हस्पिटल लगायतका व्यवसायिक परियोजनाहरु निर्माण गर्दै आएको हाईटेकले १ दशकदेखी नेपालभरी नै आफ्नो सेवा प्रदान गर्दै आएको छ।
यहाँहरु पनि कुनै पनि व्यवसायिक भवन बनाउँदै हुनुहुन्छ भने सोचे भन्दा छिटो र गुणस्तरियताका लागी हाईटेकलाई सम्झनु होला।