माछापुच्छ्रे निर्माण समिति

  • Home
  • Nepal
  • Pokhara
  • माछापुच्छ्रे निर्माण समिति

माछापुच्छ्रे निर्माण समिति माछापुच्छ्रे निर्माण समिति बिसुद्द ए

03/05/2026
हार्दिक श्रद्धाञ्जलीमाछापुच्छ्रे निर्माण समितिका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, समाजसेवी एवं निर्माण व्यवसायी स्वर्गीय...
02/05/2026

हार्दिक श्रद्धाञ्जली

माछापुच्छ्रे निर्माण समितिका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, समाजसेवी एवं निर्माण व्यवसायी स्वर्गीय बुद्ध बहादुर श्रेष्ठज्यूको असामयिक निधनको दुःखद खबरले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ।

उहाँ भौतिक रूपमा आज हामीमाझ नरहनु भए पनि उहाँले समाज र समितिका लागि पुर्‍याउनु भएको अमूल्य योगदान, समर्पण र नेतृत्व सधैंका लागि प्रेरणाको स्रोत बनी रहनेछ। समितिको हरेक गतिविधिमा अहोरात्र खटिएर चिन्तन–मनन गर्ने एक कुशल अभिभावक गुमाउनु हामी सबैका लागि अपूरणीय क्षति हो।

उहाँका असल कर्म, विचार र मार्गदर्शनलाई आत्मसात् गर्दै आगामी दिनहरूमा समितिलाई अझ सशक्त बनाउँदै अगाडि बढाउने जिम्मेवारी अब हामी सबैको काँधमा आएको छ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं। साथै, भगवानले परिवारलाई यस अपार दुःख सहने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौं।

भावपूर्ण श्रद्धाञ्जली।

अध्यक्ष
माछापुच्छ्रे निर्माण समिति

25/03/2026

सूचना
--------------
यसै चैत्र महिनाको १५ गते माछापुच्छ्रे निर्माण समितिको महत्वपूर्ण बैठक बस्ने जानकारी गराइन्छ। उक्त बैठकमा समितिका स्थापना कालदेखिका संस्थापक अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत हालसम्मका सम्पूर्ण सदस्य तथा सल्लाहकारज्यूहरूको गरिमामय तथा उल्लेखनीय उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

मिति: चैत्र १५
स्थान: समितिको कार्यालय
समय: बिहान ११ बजे

सहभागिताले समितिको आगामी योजना तथा निर्णय प्रक्रियामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

बुद्धि बि.क. लामगादे
अध्यक्ष
माछापुच्छ्रे निर्माण समिति

प्यारो भाइनिराज थापा मगर,बिहानीको पढाइसँगै माछापुच्छ्रे निर्माण समितिमा सहकर्मी बनेर काम गर्दाका ती दिनहरू आज पनि आँखाअग...
03/01/2026

प्यारो भाइ
निराज थापा मगर,
बिहानीको पढाइसँगै माछापुच्छ्रे निर्माण समितिमा सहकर्मी बनेर काम गर्दाका ती दिनहरू आज पनि आँखाअगाडि ताजै छन्।
त्यही बेला तिमीले सरल तर दृढ स्वरमा भनेको कुरा अझै कानमा गुञ्जिरहेछ—
“म त लाहुरे बन्ने हो दाइ।”
आज पनि लाग्छ, त्यो केवल एउटा वाक्य थिएन, त्यो तिमीभित्र पलाइरहेको सपनाको घोषणा थियो।
त्यही सपना बोकेर निरन्तर संघर्ष, अठोट र कडा मेहनतको बाटो हिँड्दै आज
नेपाल प्रहरीको गौरवपूर्ण पोशाकमा पास आउट हुँदै गरेको तिम्रो दृश्य देख्दा
हृदय अत्यन्तै गर्व र खुशीले भरियो।
आफ्नो सपना केवल आफ्नो लागि होइन,
राष्ट्रको सेवाका लागि समर्पित गर्छु भन्ने तिम्रो अठोट आज साकार भएको छ।
यस क्षणमा दुई शब्द नलेखी मनै मान्न सकेन।
निडर, निष्पक्ष र इमानदार भएर
सधैं सत्यको बाटोमा हिँडिरहनू।
कहिल्यै असत्यको साथ नदिनू।
मान, सम्मान र कर्तव्यनिष्ठाले भरिँदै
तिम्रो जीवनमा निरन्तर पदोन्नति र उचाइ मिलोस्।
मेरो तर्फबाट सधैंका लागि
असंख्य शुभकामना, भाइ।
राष्ट्र सेवाको यात्रामा गर्वका साथ अघि बढिरहनू।

हार्दिक शुभेच्छासहित
अध्यक्ष
माछापुच्छ्रे निर्माण समिती

तमु ल्होछार ----------------------गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको प्रतीक पर्व हो। पुरानो वर्षलाई विदाइ...
30/12/2025

तमु ल्होछार
----------------------

गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको प्रतीक पर्व हो। पुरानो वर्षलाई विदाइ गर्दै नयाँ ल्होको स्वागत गर्ने यस पावन अवसरले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र सफलताको मार्ग प्रशस्त गरोस्।

सामाजिक एकता, आपसी सद्भाव र सांस्कृतिक पहिचानलाई अझ मजबुत बनाउने प्रेरणा यस पर्वले प्रदान गरोस्।

यस शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तमु (गुरुङ) दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै
तमु ल्होछारको हार्दिक मंगलमय शुभकामना।


_____________________________
अध्यक्ष
---बुद्धि बि.क. लामगादे--
माछापुच्छ्रे निर्माण समिती

22/12/2025

माछापुच्छ्रे निर्माण समिति
पोखरा २५ हेम्जा

चलानी नं.: .....................
मिति: २०८२/९/७

विषय: स्वास्थ्य अवस्था बुझी सहयोग रकम हस्तान्तरण सम्बन्धमा

उपरोक्त विषयमा माछापुच्छ्रे निर्माण समितिको सस्थापक स सचिब पुर्ब अध्यक्ष समेत रहेका निर्माण कर्मी बुद्ध बहादुर श्रेष्ठ लामो समय देखि प्राण घातक रोग क्यान्सर देखि पिडित हुनु हुन्छ।बिगत केही महिना देखि बि पि मेमोरियल क्यानसार अस्पताल भरतपुर मा पछिल्लो समय किमि थेरापी गरि रहनु भएको छ।

अति नै निम्न बर्गिया लामो समय देखि उपचाररत भएकाले अत्यन्तै आर्थिक अभाव भएकाले समितिको तर्फ देखि र केही ब्यक्ती द्वार संकलित रकम आज मिति २०८२ साल पौष ७ गते, माछापुच्छ्रे निर्माण समितिका वर्तमान अध्यक्ष श्री बुद्ध बहादुर श्रेष्ठज्यूको निवासमा गई उहाँको स्वास्थ्य अवस्था बारे जानकारी लिई, संकलित सहयोग रकम हस्तान्तरण गरिएको व्यहोरा सम्पुर्ण लाई जानकारी गराइन्छ।
उक्त कार्यक्रममा माछापुच्छ्रे निर्माण समितिका निम्न पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियोः
अध्यक्ष: श्री बुद्धि लामगादे
उपाध्यक्ष: श्री कमल बहादुर (गोपाल) कार्की
निवर्तमान अध्यक्ष: श्री पदम खपाङी
सचिव: श्री प्रदीप के.सी.
कोषाध्यक्ष: श्री विष्णु कुमार श्रेष्ठ
कार्यसमिति सदस्य: श्री अनिल गुरुङ
समितिका सदस्यको उपस्तिथि थियो।

विभिन्न सहयोगी महानुभावहरूबाट संकलित सहयोग रकम समितिका अध्यक्ष श्री बुद्धि बि.क लामगादे ज्युको माध्यमबाट बिरामि श्री बुद्ध बहादुर श्रेष्ठज्यूलाई हस्तान्तरण गरिएको हो।

सहयोग रकम विवरण:
१. माछापुच्छ्रे निर्माण समिति — रु. १०,०००
२. लेख बहादुर कुवर — रु. २,०००
३. पदम खपाङी — रु. २,०००
४. विष्णु कुमार श्रेष्ठ — रु. ३,०००
५. समित रसाइली — रु. १,५००
६. बुढ्ढि लामगढे — रु. २,०००
७. नवीन खत्री — रु. ३,०००
८. बसन्त राना मगर — रु. १,०५०
९. कमल बहादुर कार्की — रु. ३,०००
१०. अनिल गुरुङ — रु. १,५००
११. कुवर हार्डवेयर — रु. ५,०००
१२. सुस्मिता पेन्ट्स — रु. २,०००
१३. बिल बहादुर तामाङ — रु. २,०००
जम्मा संकलित रकम: रु. ३८,०५०/-

अन्त्यमा, यस मानवीय तथा सहयोगात्मक कार्यमा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरूलाई माछापुच्छ्रे निर्माण समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिन्छ।

01/11/2025

Good morning

शुभ बिहानी
25/10/2025

शुभ बिहानी

बिजया दशमी को पावन अबसरमा सम्पुर्ण माछापुच्छ्रे निर्माण समितिका सदस्य साथी हरु लगाएत स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर...
30/09/2025

बिजया दशमी को पावन अबसरमा सम्पुर्ण माछापुच्छ्रे निर्माण समितिका सदस्य साथी हरु लगाएत स्वदेश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनी हरुमा हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्न चहान्छु।

बुद्धि बि.क लामगादे
अध्यक्ष
माछापुच्छ्रे निर्माण समिती

25/09/2025

आउदै गरेको बिजय दशमी को सम्पुर्ण मा शुभ कामना

Address

Pokhara
33700

Telephone

+9779846901807

Website

Alerts

Be the first to know and let us send you an email when माछापुच्छ्रे निर्माण समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share