30/06/2025
Wake-up Nepal….
It’s high time to offer India more future hydropower MW and get assured for bigger market for the developers.
भारतमा गर्मी बढेसँगै बिजुलीको माग अत्याधिक बढेपछि खपत घटाउन २० देखि २८ डिग्री सेल्सियसको निर्धारित सीमाभित्र एसी सञ्चालन गर्ने नयाँ नियम लागू गर्ने बहस सुरू भएको छ।
भारतीय समाचार संस्था दैनिक भास्करका अनुसार यस वर्षको जुन महिनामा दैनिक २४१ गिगावाट विद्युतको माग पुगेको थियो। जुन यस वर्षकै सबैभन्दा बढी हो। यसको अधिकतम माग २७० गिगावाटसम्म पुग्ने सरकारको अनुमान थियो। माग अत्याधिक बढ्न थालेपछि ११ जुनमा भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टरले २० देखि २८ डिग्री सेल्सियसको निर्धारित सीमाभित्र एसी सञ्चालन गर्न अनिवार्य गर्नुपर्ने बताएका थिए।
https://www.capitalnepal.com/detail/63104