Birnagar , Saptari

Birnagar , Saptari facebook.com

01/08/2025

प्रिय अभिभावकज्यूहरु,
१. खाद्यान्नले बालबालिकाको मानसिक र मस्तिस्कको विकासमा ठुलो भुमिका खेलेको हुन्छ त्यसैले आफ्ना नानीहरुलाई प्याकेटमा राखेको खानेकुरा खान पूर्णरूपमा बन्देज लगाउनु होला । कोदो फापर ओखर गाजर हरियो सागसब्जी, गेडागेडीको रस फलफूल खान प्रोत्साहन गर्नुहोला ।
१. आफ्ना छोराछोरीलाइ अरु कसैसंग तुलना गरेर गालिगर्ने काम गर्दै नगर्नुहोला । फलानाको छोराछोरी यस्ता उस्ता तँ चाहि कामै नलाग्ने नभन्नु होला । यसले बाल मस्तिस्कमा नकरात्मक असर गरि पठन पाठनमा बाधा गर्ने मात्र होइन उनिहरु हिस्रक समेत बन्न पुग्छन् ।
२. छोराछोरीहरुलाई तिमीमा अपार क्षमता छ तिमी सजिलै यो काम पार लाउछौ भनेर सधैं हौसला दिनुहोला, सानोसानो काममा पनि स्यावासी दिनुहोला । उनिहरुको साथी संगती , ब्यवहार, रहन सहन मा एकदमै चलाख बन्नुहोला ।
३. छोराछोरी लाई आवस्यकता भन्दा बढी र्खच दिंदै नदिनुहोला ।
४. छोराछोरीले गरेको काममा अव्जस नलगाउनु होला, तैले गरेको भएन भन्दै नभन्नु होला । उसले सुधार्नु पर्ने पक्ष भए आहा! कति राम्रो बनाएको अव अलिकति मेहेनत गरेत सबैभन्दा राम्रो हुन्छ तिम्रो भनेर प्रोत्साहन गर्नु होला ।
५. छोराछोरी संगै बस्नुहोला, खेल्नु होला उनिहरुका कुरा ध्यान दिएर सुन्नु होला । नानीहरु लाई पढ़ भनेर आफू मोबाइल हेर्ने काम गर्दै नगर्नु होला ।
६.तपाईहरु आ-आफ्ना छोराछोरी पढ्ने विद्यालयमा कम्तिमा महिना को एक पटक अवस्य जानुहोला । उनिहरुको ब्यवहारमा आएको परिवर्तन शिक्षकहरुलाई सुनाउनु होला । शिक्षकहरु बाट एक महिनाको प्रगति विवरण लिनु होला
७. छोराछोरी विद्यालय जानुभन्दा अगाडी गृहकार्य गरे नगरेको, ज्यामिती बक्स क्यालकुलेटर जस्ता आवश्यक सामाग्री लगे नलगेको हेरेर अनिवार्य पठाउनु होला ।
८. नानीबाबुहरुलाई बेलुका ढिलोमा ९.३० मा सुताई सक्नुहोला र विहान चार बजे उठ्ने बानी बसाल्नु होला ।
९. आफूले सुन्नेगरी आवाज निकालेर पढ्न लगाउनु होला ।
कृपया यो तपाईको जिम्मेवारी हो पालन गर्नुहोला । बालवालिका कस्ता बनाउने भन्नेकुरा शिक्षक र अभिभावकका हातमा हुन्छ सबैले मनन गरौं ।

21/07/2025

आज साउनको पहिलो सोमवार, घरको शिवजीलाई तिरस्कार गरेर ढुंगाको शिवजीप्रति आकर्षण किनकि त्यो शिवजीलाई जे भने नि बोल्दैन रे !😀🤣जय भोले 🙏❤️

19/07/2025

नेपालमा भलिबलमा पहिलो पटक अक्सन भएको छ ।
एभरेष्ट महिला भलिबल लिगकाे दाेस्राे संस्करणका लागि
भएको अक्सनबाट साेल्ड भएर कुन टिममा काे- काे परे? कतिमा अनुबन्धित भए?

मधेश युनाइटेड
निरुता ठगुन्ना (मार्की) : १ लाख ७२ हजार ५००
आरती सुवेदी : १ लाख १५ हजार
कोपिला राना : १ लाख १५ हजार
सरस्वती कट्टेल : १ लाख
उषा विष्ट : १ लाख
बबिता बोहरा : ५० हजार
बसन्ती साउद : ५७ हजार ५००
स्नेहा ठगुन्ना : ५० हजार

ललितपुर क्विन्स
सलिना श्रेष्ठ (मार्की) : १ लाख ७२ हजार ५००
संगम महतो : १ लाख ३२ हजार ५००
लक्ष्मी चन्द : १ लाख १५ हजार
सुनिता राई : १ लाख
सलिना बुढामगर : १ लाख १५ हजार
निशा चौधरी : ५० हजार
सृष्टि खड्गी : ५७ हजार ५००
भावना डाँगी : ५७ हजार ५००

कर्णाली यशविस
सुमित्रा रेग्मी (मार्की) : १ लाख ७२ हजार ५००
सफिया पुन : १ लाख ३२ हजार ५००
रश्मित दुरा : १ लाख
जसन महतो : १ लाख
पुजा थारु : १ लाख
नेबिका चौधरी : ५७ हजार ५००
रेबिका लामा तामाङ : ५० हजार
एलिशा भोजु : ५० हजार

लुम्बिनी लाभाज
अरुणा शाही (मार्की) : १ लाख ७२ हजार ५००
कामना विष्ट : १ लाख ३२ हजार ५००
एलिशा मानन्धर : १ लाख १५ हजार
शान्तिकला तामाङ : १ लाख १५ हजार
जेनिशा बिक : १ लाख
रोमा महतो : ५० हजार
रिकजना भोटे : ५० हजार
अनुशा चौधरी : ५० हजार

पोखरा निन्जाज
प्रगति नाथ (मार्की) : १ लाख ७२ हजार ५००
पुनम चन्द : १ लाख ३२ हजार ५००
मिना सुनार : १ लाख १५ हजार
सुनिता खत्री : १ लाख
गरिमा बोहरा : १ लाख १५ हजार
एन्जिला प्रधान : ५७ हजार ५००
निशा महर : ५७ हजार ५००
भावना तामाङ : ५३ हजार

काठमाडौं स्पाइकर्स
उषा भण्डारी (मार्की) : १ लाख ७२ हजार ५००
कविता भट्ट : १ लाख ३२ हजार ५००
मनिषा चौधरी : १ लाख १५ हजार
यमुना रसाइँली : १ लाख
रिमा कुँवर : १ लाख
बालमिका आचार्य : ५७ हजार ५००
कमला पुन : ५७ हजार ५००
आशिका क्षेत्री : ५० हजार

युवा स्टार सलिना बुढा मगरलाई ललितपुर क्विन्सले अधिकतम १ लाख १५ हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ ।  Salina B Magar
18/07/2025

युवा स्टार सलिना बुढा मगरलाई ललितपुर क्विन्सले अधिकतम १ लाख १५ हजार रुपैयाँ खर्चेर अनुबन्ध गरेको छ । Salina B Magar

12/07/2025
30/06/2025

सक्कली किसानलाई पानी नपरेर तनाव छ, नक्कली किसानहरु रोपाई दिवसमा फोटो सेसन गराउदै मस्त ... हैट
😂🤣😂

29/06/2025

मानिसलाई बर्बाद बनाउने ६ अदृश्य शत्रुहरू:
१. निन्द्रा (अत्यधिक सुत्ने बानी):
सुत्नु जरुरी हो, तर जति आवश्यक छ त्यति मात्र।आवश्यकता भन्दा बढी सुत्नु भनेको आफ्नो समय, लक्ष्य र जीवनलाई आफैँ थुन्नु हो।जब अरू जाग्दैछन्, आफू निद्रामा छौ भने सफलता सपना मात्र बनिन्छ।
२. रिस ():
रिस त्यो आगो हो, जसले पहिले आफैंलाई पोल्छ अनि मात्र अरूलाई।थोरै समयको रिसले जिन्दगीभरको पछुतो दिन सक्छ।
जो व्यक्ति रिसमा आफैँलाई सम्हाल्न जान्दछ, उ नै साँचो विजेता हो।
३. डर (भय):
डरले मान्छे लाजको पर्खालभित्र थुनिन्छ।
डरले सोच्न रोकिन्छ, अगाडि बढ्न डर लाग्छ, अनि जिन्दगी त्यहीँ थचक्क थचक्क बसीरहन्छ।जित सधैं डरको पर्खाल पार गरेपछि मात्र पाइन्छ।
४. थकान (अल्छिपना वा हतास हुनु):
शारीरिक थकानले होइन, मानसिक थकानले मान्छे गिर्छ।थाकेर रोकिनु सजिलो हुन्छ, तर जित्नेहरू त त्यही थकानलाई जितेर अघि बढ्छन्।थकानमा पनि जो मुस्कुराउँछ, उसले भविष्य निर्माण गर्छ।
५. आलस्य (काम नगर्ने बानी):
आलस्य त्यो सस्तो चुपचाप शत्रु हो, जसले बिनासंघर्ष जिन्दगी नष्ट गरिदिन्छ।जो हिजो गरिनँ भन्दै आज पनि सुस्ताउँछ, उसले भोलि सफलताको सपना देख्न पनि पाइँदैन।
६. काम टार्ने बानी (आजको काम भोलि सार्ने बानी):
'भोलि गरौँला' भन्ने सोचले नै आजलाई नष्ट गर्छ।समय पर्खदैन, र कामलाई टार्नेहरू कहिल्यै गन्तव्यमा पुग्दैनन्।सफल मानिसहरू कहिल्यै आजको काम भोलिमा सार्दैनन्।
जीवन सरल छैन, तर सजिलो बनाउने चाबी हाम्रो बानीमा छ।
यदि यी ६ कुराहरूलाई जित्न सक्यौं भने, जिन्दगीले हार्न कहिल्यै सक्दैन।

28/06/2025

SEE result :- पुरै गाउँलाई थाहा हुन्छ
+2 Result :- घर परिवार लाई थाहा हुन्छ
Bachelor :- आफुलाइ मात्र थाहा हुन्छ
Master : gf /wife आफुलाइ मात्र थाहा हुन्छ
Loksewa : आफैलाई था हुँदैन
ज्ञान समाप्त धन्यवाद 🙏 😆😆
हो कि होइन साथीहरू 😆

25/06/2025

लोकसेवामा नाम निकाल्ने 15 वटा मूल मन्त्रहरु❣️🙏
=================================
१. "किन?" को उत्तर खोज्नुहोस् – लक्ष्य केवल जागिर होइन, जिम्मेवारी हो, आफूलाई दिनहुँ सम्झाउनुहोस् – तपाई किन लोकसेवा पास गर्न चाहनुहुन्छ ? केवल पैसा र प्रतिष्ठाका लागि हो ? कि समाज परिवर्तनका लागि ? स्पष्ट उद्देश्यले तपाईको तयारीमा गहिरो इन्धन दिन्छ ।

२. किताब होइन, सेलेबस पढ्नुहोस्: धेरै किताब होइन, पाठ्यक्रम (syllabus) प्राथमिक हो । हरेक पढाइको सुरुवात सिलेबस हेरेर गर्नुहोस् । त्यसले तपाईंलाई गन्तव्य नछुट्ने बनाउँछ ।

३. Toppers को वा अरुको होइन, आफ्नो strategy बनाउनुहोस्: अरूको विधि सिक्नुहोस्, तर अन्धानुकरण नगर्नुहोस् । तपाई कुन समय पढ्दा productive हुनुहुन्छ ? कुन विषय कमजोर छ ? त्यही अनुसार time-table बनाउनुहोस् ।

४. Limited Resources + Multiple Revisions = Success: १० किताब होइन, २ वटा राम्रो नोट्सलाई ५–७ पटक revise गर्नुहोस् ।गहिरो दोहोऱ्याइँले नै परीक्षामा ठिक उत्तर दिन सक्छ ।

५. Answer Writing: तयारीको दिल ज्ञान मात्र होइन, अभिव्यक्ति पनि हरेक हप्ता कम्तिमा २-३ वटा यसले time management, प्रश्नको उत्तर लेख्ने बानी बसाल्नुहोस् । presentation र clarity दिन्छ ।

६. Current Affairs: Life-line of Loksewa दैनिक समाचार, मासिक म्यागजिन, र सरकारी वेबसाइट अपडेट गरिराख्नुहोस्। बुझेर पढ्नुहोस् – याद गरेर होइन, logic मिलाएर ।

७. Mock Test: डर हटाउने औषधि Mock परिक्षामा समय अनुसार लेख्ने बानी बनाउनुहोस् । यसले तपाईंलाई परीक्षा को वास्तविक अनुभव दिन्छ ।

८. कमजोरी लेखेर झुण्ड्याउनुहोस् – नजरपर्दा सुधार हुन्छ तपाईका कमजोर विषय, कमजोर आदतहरू लेखेर पढ्ने ठाउँमा टाँस्नुहोस् । दिनहुँ याद गर्दा सचेत र सजग रहन सकिन्छ ।

९. Self-discipline > Motivation मोटिभेसन एक दिनको कुरा हो, डिसिप्लिन जीवन बदल्ने कुरा । हरेक दिन निश्चित घण्टा बिनाबाधा पढ्ने आदत बसाल्नुहोस् ।

१०. "No Zero Days" – हरेक दिन केही न केही पढ्नुहोस् जे भए पनि, दिनमा कम्तिमा १ घण्टा पढ्नुहोस् । निरन्तरता नै JUL सफलता हो ।

११. Study + Reflection = Real Learning पढेपछि ५ मिनेट त्यही कुरा सम्झिनुहोस् - "के सिके आज ?" रिविजन गर्न सजिलो र दीर्घकालीन सम्झनामा राख्न सहयोग गर्छ ।

१२. साथी बनाऊँ – किताबलाई, मोबाइललाई होइन: मोबाइल, टिकटक, गेम्सको लतलाई पर राख्नुहोस् । किताब, नोट्स र ज्ञानवर्धक कुरा तपाईका साथी हुन् ।

१३. Failure is not opposite of succ success, it's part of it. असफलताले सिकाउँछ – किन पछि परियो, के सुधार गर्ने ? गिरनु अपराध होइन, उठेर लड्नु गौरव हो ।

१४. Meditation + Exercise = Sharp Mind: दिनको १० मिनेट ध्यान र ३० मिनेट हिँडडुलले मानसिक ऊर्जा बढाउँछ ! तनाव घटाउँछ, फोकस बढाउँछ ।

◎ १५. "Result मेरो होइन, प्रयास मेरो हो" भन्ने mindset राख्नुहोस्: परिणाम तपाईको हातमा छैन, तर प्रयास तपाईको नियन्त्रणमा छ । हरेक दिन इमानदार तयारी गर्नुहोस्, सफलता तपाईं पछ्याउँछ ।

यसरी माथि उल्लेखित 15 वटा विधि मा बाधिएर आफ्नो अध्ययन मा गहनता ल्याउन अवस्य सक्षम हुनुहुनेछ ! सबैको निजामती बन्ने सपना पुरा होस् ! शुभकामना !

#साभार

Address

Rajbiraj

Telephone

9748911911

Website

Alerts

Be the first to know and let us send you an email when Birnagar , Saptari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share