16/04/2026
Bio Engineering को बारेमा रंजन कुमार दाहाल सर लेख्नुहुन्छ,
""आजकल पहिरो र काटेको भित्ता जोगाउन बायोईन्जिनियरिङ गरेको भनेर भेटिभर मात्र रोप्ने चलन शुरु भएको छ! यसलाई बायोईन्जिनियरिङ भन्ने कि नभन्ने कुरा यहाँ जानकारी गराउछु!!
देशको निर्माण भैरहेको अति संवेदनशील र उच्च जोखिमयुक्त पूर्वाधार परियोजनाहरुमा slope stabilization का लागि अपनाइँदै आएको Vetiver-आधारित bioengineering अभ्यासबारे प्राविधिक रूपमा गम्भीर पुनर्विचार आवश्यक देखिन्छ। Bioengineering को वास्तविक अर्थ वनस्पति र साना सिभिल इन्जिनियरिङ उपायहरूको संयोजन हो, जसले slope stabilization लाई एउटा समग्र प्रणालीका रूपमा हेर्छ। bioengineering ले “जिवित वनस्पति र सिभिल संरचनाको संयुक्त प्रयोग” लाई जोड दिन्छ र यो विशेषगरी कम गहिराइका भूस्खलन तथा भू-क्षय नियन्त्रणमा प्रभावकारी मानिन्छ।
यस आधारभूत सिद्धान्तअनुसार कुनै एक मात्र प्रजाति, जस्तै Vetiver grass, प्रयोग गरेर slope stabilization गर्नु bioengineering को मर्म विपरीत हुन्छ। बायोईन्जिनियरिङको साईन्सले स्पष्ट रूपमा देखाउँछ कि slope समस्या समाधानका लागि स्थलको भू-आकृति, माटोको प्रकार, पानीको व्यवहार र जमिनको भौगर्भिक अवस्थाको अध्ययन गरेर मात्र उपयुक्त प्रविधि छनौट गर्नुपर्छ। 
Vetiver मात्र प्रयोग गर्ने अभ्यासले monoculture सम्बन्धी गम्भीर समस्या निम्त्याउन सक्छ। biodiversity घट्ने, स्थानीय प्रजातिहरू विस्थापित हुने र ecosystem असन्तुलन हुने जोखिम उच्च हुन्छ। bioengineering मा “वनस्पतिक समुदायको विकास” र “स्थानीय प्रजातिको छनौट” अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्छ।
रोग तथा कीराको दृष्टिले पनि Vetiver पूर्ण रूपमा सुरक्षित होइन। विभिन्न अध्ययनहरूले देखाएका छन् कि Rhizoctonia solani (root rot), Fusarium spp. (wilt), तथा Helminthosporium spp. (leaf blight) जस्ता fungal रोगहरू Vetiver मा देखा पर्न सक्छन्। साथै termites, grasshoppers र stem borers जस्ता कीराहरूको आक्रमण पनि सम्भव हुन्छ। यदि slope मा Vetiver मात्र प्रयोग गरिएको छ भने यस्तो अवस्था आउँदा सम्पूर्ण stabilization प्रणाली एकैचोटि असफल हुन सक्छ। यही कारणले redundancy र diversity bioengineering को आधारभूत आवश्यकता हो।
प्राविधिक रूपमा पनि Vetiver को प्रयोग सीमित दायरामा मात्र उपयुक्त हुन्छ। bioengineering मुख्यतः “कम गहिराइका (लगभग ०.५ मिटर सम्म)” समस्या समाधानमा प्रभावकारी हुन्छ। त्यसैले deep-seated landslide, highly weathered cut slope वा complex भू-यान्त्रिक अवस्थाहरूमा Vetiver मात्र प्रयोग गर्नु अपर्याप्त हुन्छ। अति महत्वका सडक परियोजनाका क्षेत्रमा steep कट स्लोप, चुरेको कमजोर चट्टान र intense monsoon को कारण slope failure को प्रकृति जटिल हुन्छ, जसलाई केवल सिधा सिधा रोपिएका घाँसले मात्र नियन्त्रण गर्न दिर्घकालिन रुपले सकिँदैन।
यस सन्दर्भमा सबैभन्दा महत्वपूर्ण कुरा “optimum technique selection” हो। एउटै समस्या समाधानका लागि विभिन्न प्रविधिहरूको संयोजन आवश्यक हुन्छ र स्थलअनुसार उपयुक्त विधि छनौट गर्नुपर्छ। नेपालको धेरै जसो सडक साईटमा छड्के घासहरु, झाडीको ब्रसलेयरिङ, जुट नेटिग र टो मा रुखहरु रोप्नु पर्छ! सबै घासहरु सिधा होरिजोन्टल रोपिदीदा माटोमा पानी जमेर स्लोपमा भ्वाङ पार्न सक्छ! त्यस्ता कयौ फोटोहरु म सित सुरक्षित छ! Bioengineering, drainage management, र साना सिभिल संरचनाहरूबीचको अन्तरसम्बन्धलाई बुझेर मात्र प्रभावकारी समाधान सम्भव हुन्छ। तर, दुर्भाग्य, हाल आएर यस्तो बायोईन्जिनियरिङको साईन्स नेपालमा हराउन थालेको छ!
सही अभ्यास भनेको integrated bioengineering system हो, जसमा vegetation layering (घाँस, झाडी, रुख), surface तथा subsurface drainage, toe protection, र erosion control उपायहरू समावेश हुन्छन्। साना सिभिल संरचना सहितको बायोईन्जिनियरिङले वनस्पतिबीचको पारस्परिक सम्बन्ध र समयसँगै तिनीहरूको भूमिका परिवर्तन हुने कुरा स्पष्ट रूपमा उल्लेख गरेको छ, जसले देखाउँछ कि वनस्पति मात्रमा निर्भर हुनु इन्जिनियरिङ दृष्टिले उचित होइन।
Engineering design मा failure scenario लाई ध्यानमा राख्नु अनिवार्य हुन्छ। यदि Vetiver रोग, कीरा वा प्रतिकूल वातावरणीय अवस्थाका कारण नष्ट भयो भने mixed system ले stability कायम राख्न सक्छ। तर Vetiver मात्र प्रयोग गरिएको अवस्थामा slope failure अचानक र व्यापक हुन सक्छ, जसले सडक संरचना र मानवीय सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ।
अन्ततः, Vetiver उपयोगी bioengineering component हो, तर यसलाई सम्पूर्ण समाधानका रूपमा प्रयोग गर्नु प्राविधिक रूपमा गलत हो। बायोईन्जिनियरिङको मूल सन्देश पनि यही हो कि “स्थलअनुसार उपयुक्त, सस्तो र व्यवहारिक उपायहरूको संयोजन” नै दीगो समाधान हो। 
यसैले नेपालको जटिल सडक परियोजनाहरुमा single-species आधारित approach अपनाउनु असुरक्षित र अवैज्ञानिक हुन्छ। यसको सट्टा विविध वनस्पति, उचित drainage प्रणाली र आवश्यक सिभिल संरचनाहरू समेटिएको integrated, optimum र engineered bioengineering system अपनाउनु अनिवार्य छ।
Vetiver मात्र लगाउने हो भने bioengineering गरेको भनेर नभनौ! बरु यसलाई “Vetiver Engineering” भनौ! जसले गर्दा बायोईन्जिनियरिङ को खास मर्म सित नबाझियोस्!""