01/07/2025
***जरुरी सुचना***
नेपालभरि मनसुनको मौसम छ। हामी बाढीको जोखिममा रहेको क्षेत्रमा छौँ, र यो थामे बाढीपछिको पहिलो मनसुन पनि हो। यस परिस्थितिलाई हामी नजीकबाट नियाली रहेका छौं, साथै हाम्रा बिधुत उपभोक्तहरुमा पनि केही जानकारी तथा आवाश्यक सावधानी अपनाउन अग्राह गर्दर्छौ ।
- हाम्रो तयारी र अनुगमन
मनसुन सुरु हुनुभन्दा पहिले नै हामीले स्थानीय रुपमा संभाव भएका महत्त्वपूर्ण पूर्वाधारका कामहरू स्थानीय सरकार तथा सरोकारबालाहरुसंगको सहकार्यमा सम्पन्न गरिसकेका छौँ। हामीले रिटेन्सन पर्खाल, पानी डाइभर्सन च्यानल र डिसेन्डिङ बेसिन निर्माण गरेका छौँ।
हाम्रा थामे क्षेत्रमा रहेका कर्मचारीहरू लगातार यस क्षेत्रमा विकसित भइरहेको परिस्थितिको नजिकबाट अनुगमन गरिरहेका छन्। हामीले साइटमा रहेका कर्मचारीहरूको संख्या पनि बढाएका छौँ र आवश्यक पर्दा अन्य समूहका सदस्यहरूबाट सहयोगका लागि अनुरोध गरेका छौँ। यो मनसुन एक महत्त्वपूर्ण परीक्षणका रूपमा रहनेछ, जसले हालको संरचनाहरुको परिक्षण र भबिष्यमा गर्न पर्ने काम तथा स्थानहरुको पहिचानमा थप स्पष्टता ल्याउने छ ।
- पानीको बहाव व्यवस्थापन र सम्भावित अवरोधहरू
केही हप्ताको अनुभावमा थोरै पानी परेको अवस्थामा पनि हिलो पानी र फोहोर सिधै हाम्रो बेसिन र फोरबे क्षेत्रमा प्रवेश गर्छ। हाम्रा कर्मचारीहरूले नियमित रूपमा — दिनको कम्तीमा दुई पटक — यी क्षेत्रहरू सफा गरिरहेका छन् र निरन्तर निगरानी गरीरहेका छन्। तर, धेरै वा लगातार वर्षा भएको खण्डमा, यदि साइटमा पुग्न असम्भव भएमा, पावरहाउसका उपकरणहरूलाई सम्भावित क्षतिबाट जोगाउन हामीले अस्थायी रूपमा प्लान्ट बन्द गर्नुपर्ने अवस्था हुन सक्छ। अत्यधिक वा लामो समयसम्मको वर्षाले इन्टेक क्षेत्रमा चुनौतीपूर्ण अवस्था सिर्जना गर्न सक्छ, जसले गर्दा बिजुली सञ्चालनमा अवरोध आउन सक्छ।
- सहयोगको लागि अनुरोध
हामी स्थानीय बासिन्दाहरू र बटुवाहरूलाई नदी किनारा आसपासमा रहदां सतर्क रहन विनम्र अनुरोध गर्दछौँ। यदि तपाईंहरूले बाढी आउने सम्भावना भएका क्षेत्रहरूमा, विशेष गरी इन्टेक र फोरबे क्षेत्रमा, कुनै असामान्य गतिविधि देख्नुभयो भने कृपया तुरुन्तै हाम्रा स्थानीय कर्मचारीहरूलाई सम्पर्क गरिदिनुहोला। तपाईंको सहयोग र समयमै उपलब्ध गराइएको जानकारीले हामीलाई परिस्थितिलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न र हाम्रो सञ्चालनको सुरक्षा र निरन्तरता सुनिश्चित गर्न अमूल्य योगदान पुर्याउँछ।
सम्पर्क:
१. कर्साङ शेर्पा, थामे तेङ्ग - ९७४६३४८६५८
२. निमा ओङ्छु शेर्पा - ९८६२९५९५७२
३. मिङ्मा नुरु शेर्पा, थामे - ९८६२९५९६६०
४. किशोर योगी, हुंगो - ९८४१००३७०४
ग्राहक सेवा - ९८०५४०११२